नहेम्याह 7:1-73
नहेम्याह 7:1-73 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
पर्खालको निर्माण भइसकेपछि, र मैले ढोकाहरू तिनको ठाउँ-ठाउँमा लगाइसकेपछि, तब द्वारपालहरू, गवैयाहरू र लेवीहरू नियुक्त गरिए। मैले मेरा भाइ हनानीलाई, किल्लाका सेनापति हनन्याहको साथमा यरूशलेमको जिम्मा दिएँ। किनभने अरू मानिसहरूभन्दा हनानीचाहिँ ज्यादै विश्वासी र परमेश्वरसँग डराउने मानिस थिए। मैले तिनीहरूलाई भनें, “यरूशलेमका मूल ढोकाहरू घाम निकै लागेपछि मात्र खोल्नू। द्वारपालहरू पहरामा बस्दा मूल ढोकाहरू बन्द गरेर आग्लाहरू लाउन लगाउनू। कसैलाई पहरा बस्न र कसैलाई चाहिँ आफ्नै घरको सामुन्ने रक्षा गर्न यरूशलेमकै बासिन्दाहरूबाट रक्षकहरूलाई नियुक्त गर।” सहर ठूलो र विस्तृत थियो, तर त्यसमा मानिसहरू थोरै थिए, र अझसम्म कुनै घरको पुनर्निर्माण भएको थिएन। यसैले भारदारहरू, अधिकृतहरू र मानिसहरूलाई परिवार-परिवार गरी नाउँ लेखाउन भनी भेला गराउन परमेश्वरले मलाई प्रेरणा दिनुभयो। मैले सबैभन्दा पहिले फर्कनेहरूको वंशावलीको पुस्तक भेट्टाएँ। त्यसमा लेखिएको कुरो मैले यही पाएँ: बेबिलोनका राजा नबूकदनेसरले कैदमा लगेकाहरूमध्येका यरूशलेम र यहूदामा हरेक आ-आफ्नो सहरमा फर्केर आएका प्रदेशका मानिसहरू यिनै हुन्। तिनीहरू यरुबाबेल, येशूअ, नहेम्याह, अजर्याह, राम्याह, नहमानी, मोर्दकै, बिल्शान, मिसपेरेत, बिग्वै, नेहूम र बानाहका साथमा आएका थिए। इस्राएलका मानिसहरूको नामावली यही हो: परोशका परिवारका २,१७२ शपत्याहका परिवारका ३७२ आराका परिवारका ६५२ येशूअ र योआबका घरानाबाट पहत-मोआबका परिवारका २,८१८ एलामका परिवारका १,२५४ जत्तूका परिवारका ८४५ जक्कैका परिवारका ७६० बिन्नूईका परिवारका ६४८ बेबैका परिवारका ६२८ अज्गादका परिवारका २,३२२ अदोनीकामका परिवारका ६६७ बिग्वैका परिवारका २,०६७ आदीनका परिवारका ६५५ हिजकियाबाट आतेरका परिवारका ९८ हाशूमका परिवारका ३२८ बेजैका परिवारका ३२४ हारीपका परिवारका ११२ गिबोनका परिवारका ९५ बेथलेहेम र नतोपाका मानिसहरू १८८ अनातोतका मानिसहरू १२८ बेथ-अज्मावेतका मानिसहरू ४२ किर्यत-यारीम, कपीरा र बेरोतका मानिसहरू ७४३ रामा र गेबाका मानिसहरू ६२१ मिकमाशका मानिसहरू १२२ बेथेल र ऐका मानिसहरू १२३ अर्को नेबोका मानिसहरू ५२ अर्को एलामका मानिसहरू १,२५४ हारीमका मानिसहरू ३२० यरीहोका मानिसहरू ३४५ लोद, हादीद र ओनोका मानिसहरू ७२१ सेनाहका मानिसहरू ३,९३० पूजाहारीहरू: येशूअको वंशबाट यदायाहका परिवारका ९७३ इम्मेरका परिवारका १,०५२ पशहूरका परिवारका १,२४७ हारीमका परिवारका १,०१७ लेवीहरू: होदबिया र कादमीएलका वंशबाट येशूअका परिवारका ७४ गवैयाहरू: आसापका परिवारका १४८ द्वारपालहरू: शल्लूम, आतेर, तल्मोन, अक्कूब, हतीता, शोबैका परिवारहरूका जम्मा १३८ मन्दिरका सेवकहरू: सीहा, हसूपा, तब्बाओत, कोरेस, सीआ, पादोन, लेबाना, हगाबा, शल्मै, हानान, गिद्देल, गहर, रायाह, रसीन, नकोदा, गज्जाम, उज्जा, पसेह, बेजै, मोनिम, नेपुसीम, बक्बूक, हकूपा, हर्हुर, बस्लूत, महीदा, हर्शा, बर्कोस, सीसरा, तेमह, नसीह, र हतीपाका परिवारहरू सोलोमनका सेवकहरूका सन्तान: सोतै, सोपेरेत, पारीद, याला, दर्कोन, गिद्देल, शपत्याह, हत्तील, पोकेरेतहसेबायीम, र अमोनका परिवारहरू। मन्दिरका सेवकहरू र सोलोमनका सेवकहरूका सन्तानको संख्या जम्मा ३९२ तेल-मेलह, तेल-हर्शा, केरूब, आदोन र इम्मेर सहरबाट आएकाहरूले आफ्ना परिवारहरू इस्राएलको वंशबाट आएका हुन् भनी बताउन सकेनन्। यी हुन्: दलायाह, तोबिया, र नकोदाका परिवारहरूका जम्मा ६४२ पूजाहारीहरूबाट: होबायाहका परिवार, हक्कोसका परिवार, र गिलादी बर्जिल्लैकी एउटी छोरीलाई विवाह गरेर तिनकै नाउँ राख्ने बर्जिल्लैका परिवार। वंशावलीहरूमा लेखिएका नाउँहरूमा यिनीहरूका नाउँ पनि खोजिए तर पाइएनन्। यसैले तिनीहरू पूजाहारीगिरीको निम्ति अशुद्ध झैँ अयोग्य ठहराइए। “ऊरीम” र “तुम्मीम” ले सेवा गर्ने कुनै एक जना पूजाहारी नहोउञ्जेल राज्यपालले तिनीहरूलाई कुनै पनि महापवित्र थोक खानलाई मनाही गरे। सम्पूर्ण जनसमुदायको संख्या ४२,३६० थियो। यीबाहेक तिनीहरूका कमारा-कमारीहरू ७,३३७ जना थिए, र तिनीहरूका २४५ जना पुरुष र स्त्री गवैयाहरू थिए। तिनीहरूका घोड़ाहरूको संख्या ७३६, खच्चर २४५, ऊँट ४३५ र गधा ६,७२० थिए। परिवारका कोही मुखियाहरूले कामको निम्ति दान दिए। राज्यपालले भण्डारमा १,००० सुनका सिक्का, ५० कचौरा र पूजाहारीहरूले लाउने ५३० पोशाकहरू दिए। परिवारका कुनै-कुनै मुखियाहरूले कामको निम्ति भण्डारमा २०,००० सुनका सिक्का र २,२०० चाँदीका सिक्का दिए। बाँकी मानिसहरूले चाहिँ जम्मा २०,००० सुनका सिक्का, २,००० चाँदीका सिक्का र पूजाहारीहरूले लाउने ६७ पोशाकहरू दिए। पूजाहारीहरू, लेवीहरू, द्वारपालहरू, गवैयाहरू, मन्दिरका सेवकहरू, साथै कुनै-कुनै मानिसहरू र अरू बाँकी इस्राएलीहरू आ-आफ्ना सहरहरूमा बसोबास गरे।
नहेम्याह 7:1-73 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
पर्खालको पुनर्निर्माण भइसकेपछि, मैले ढोकाहरू तिनको ठिक ठाउँमा लगाइसकेँ; र द्वारपालहरू, सङ्गीतकारहरू र लेवीहरू नियुक्त गरेँ। मैले आफ्नो भाइ हनानीलाई किल्लाको सेनापति हनन्याहसित यरूशलेमको अधिकारी नियुक्त गरेँ; किनकि हनन्याह एक विश्वासयोग्य, इमानदार र अरू मानिसहरूले भन्दा परमेश्वरको भय धेरै मान्ने गर्थे। मैले तिनीहरूलाई भनेँ, “घाम निकै चर्को नलागेसम्म यरूशलेमका मूलढोकाहरू नखोल्नू। द्वारपालहरू काममा रहेकै बेला तिनीहरूलाई ढोकाहरू बन्द गरेर आग्ला लगाउनलाई भन्नू। अनि यरूशलेमका बासिन्दाहरू केहीलाई तिनीहरूका अड्डामा र केहीलाई तिनीहरूका आफ्नै घर छेउमा पहरेदार पनि नियुक्त गर्नू।” अब सहर ठूलो र फराकिलो थियो, तर त्यस सहरमा मानिसहरू थोरै थिए; अनि घरहरूको पुनर्निर्माण अझसम्म भएको थिएन। यसकारण मेरा परमेश्वरले मेरो हृदयमा अगुवा मानिसहरू, अधिकृतहरू र साधारण मानिसहरूलाई परिवार-परिवार गरी भेला गरी नाम लेख्नलाई विचार हालिदिनुभयो। मैले पहिलो पटक फर्कनेहरूका वंशावलीको सूची भेट्टाएँ; अनि मैले त्यहाँ यसरी लेखिएको पाएँ: बेबिलोनका राजा नबूकदनेसरले कैदमा लगेकाहरूमध्येका कैदबाट फर्केर आउने प्रान्तका मानिसहरू यिनै हुन्ः तिनीहरू हरेक आफ्नै सहर यरूशलेम र यहूदामा फर्के। तिनीहरूसँगै यरुबाबेल, येशूआ, नहेम्याह, अजर्याह, रामियाह, नहामानी, मोर्दकै, बिल्शान, मिसपेरेत, बिग्वै, नहूम र बानाह फर्के। इस्राएलीहरूका पुरुषहरूको सूची: परोशका सन्तानहरू 2,172 जना; शपत्याहका सन्तानहरू 372 जना; अराहका सन्तानहरू 652 जना। पहत-मोआबका सन्तानहरू (येशूआ र योआबको वंशबाट) 2,818 जना; एलामका सन्तान 1,254 जना; जत्तूका सन्तान 845 जना; जक्कैका सन्तान 760 जना; बिन्नूईका सन्तान 648 जना; बेबैका सन्तान 628 जना; अज्गादका सन्तान 2,322 जना; अदोनीकामका सन्तान 667 जना; बिग्वैका सन्तान 2,067 जना; आदीनका सन्तान 655 जना; आतेरका सन्तान (हिजकियाबाट) 98 जना; हाशूमका सन्तान 328 जना; बेजैका सन्तान 324 जना; हारीपका सन्तान 112 जना; गिबोनका सन्तान 95 जना। बेथलेहेमका र नतोपाका मानिसहरू 188 जना; अनातोतका मानिसहरू 128 जना; बेथ-अज्मावेतका मानिसहरू 42 जना; किर्यत-यारीम, कपीरा र बेरोतका मानिसहरू 743 जना; रामा र गेबाका मानिसहरू 621 जना; मिकमाशका मानिसहरू 122 जना; बेथेल र ऐका मानिसहरू 123 जना; अर्को नेबोका मानिसहरू 52 जना; अर्को एलामका मानिसहरू 1,254 जना; हारीमका मानिसहरू 320 जना; यरीहोका मानिसहरू 345 जना; लोद, हादीद र ओनोका मानिसहरू 721 जना; सेनाहका मानिसहरू 3,930 जना। पुजारीहरू: यदायाहका सन्तानहरू (येशूआको परिवारबाट) 973 जना; इम्मेरको परिवारबाट 1,052 जना; पशहूरको परिवारबाट 1,247 जना; हारीमको परिवारबाट 1,017 जना। लेवीहरू: येशूआका सन्तानहरू (होदवियाहको वंश, कदमिएलबाट) 74 जना। गायकहरू: आसापका सन्तानहरू 148 जना। मन्दिरका द्वारपालहरू: शल्लूम, आतेर, तल्मोन, अक्कूब, हतीता र शोबैका सन्तानहरू 138 जना। मन्दिरका सेवकहरू: तिनीहरूका सन्तानहरू: सीहा, हसूपा, तब्बाओत, केरोस, सीआ, पादोन, लेबाना, हागाबा, शल्मै, हानान्, गिद्देल, गहर, रायाह, रसीन, नकोदा, गज्जाम, उज्जा, पसेह, बेसै, मोनीम, नेपुसीम, बक्बूक, हकूपा, हरहूर, बस्लूत, महीदा, हर्शा, बर्कोस, सीसरा, तेमह, नसीह र हतीपा। सोलोमनका सेवकहरूका सन्तानहरू: सोतै, सोपेरेत, परीदा, याला, दर्कोन, गिद्देल, शपत्याह, हत्तील, पोकेरेत-हसेबायीम र आमोनका सन्तानहरू। मन्दिरका सेवकहरू र सोलोमनका सेवकहरूका सन्तानको 392 जना। तेल-मेलह, तेल-हर्शा, करूब, आद्दान र इम्मेरका सहरहरूबाट आएकाहरू, जसले आफ्ना परिवारहरूलाई इस्राएलका सन्तानहरूबाट आएका हुन् भनी प्रमाण दिन सकेनन्। निम्न लिखित व्यक्तिहरू तिनीहरूका सन्तानहरू हुन्: दलायाह, तोबिया र नकोदाक सन्तानहरू 642 जना। पुजारीहरूमध्येबाट: होबायाह, हक्कोस र बर्जिल्लैका सन्तानहरू (जसले गिलादी बर्जिल्लैकी छोरी विवाह गरेका थिए, र त्यही नामले बोलाइएका थिए)। यिनीहरूले आफ्ना परिवारका विवरण सूचिहरू खोजे, तर भेट्टाएनन्। यसकारण तिनीहरू अशुद्ध ठहरिए, र पुजारी पदबाट निकालिए। यसकारण राज्यपालले ऊरीम र तुम्मीमसित सेवा गर्ने एक जना पुजारी नभएसम्म तिनीहरूलाई महा-पवित्र भोजनबाट केही नखाने हुकुम दिए। सम्पूर्ण जनसमूहको संख्या 42,360 थियो। यसबाहेक तिनीहरूका 7,337 जना सेवक-सेविकाहरू पनि थिए। तिनीहरूसित 245 गायक-गायिकाहरू पनि थिए। उनीहरूसित 736 घोडाहरू, 245 खच्चरहरू, 435 ऊँटहरू र 6,720 गधाहरू थिए। परिवारका कतिपय अगुवाहरूले कामको निम्ति भेटी दिए। राज्यपालले भण्डारमा सुनका 1,000 डारिक, 50 वटा कचौराहरू र पुजारीहरूले लगाउने 530 वटा पोशाकहरू दिए। परिवारहरूका कतिपय अगुवाहरूले कामको निम्ति भण्डारमा 20,000 डारिक सुन, र 2,200 मीना चाँदी दिए। बाँकी रहेका मानिसहरूले 20,000 डारिक सुन, 2,200 मीना चाँदी र पुजारीहरूले लगाउने 67 वटा पोशाकहरू दिए। पुजारीहरू, लेवीहरू, द्वारपालहरू, गायक-गायिकाहरू र मन्दिरका सेवकहरू र केही मानिसहरू साथै बाँकी रहेका इस्राएलीहरू आ-आफ्नै सहरहरूमा बसोबास गर्न थाले।
नहेम्याह 7:1-73 पवित्र बाइबल (NERV)
जब पर्खालको पुनःर्निर्माण भयो, अनि मैले ठीक ठाउँमा ढोकाहरू लगाएँ, द्वारपाल, गवैया अनि लेवीहरूलाई पूजाहरी नियुक्त गरें। तब मैले मेरो भाइ हनानीलाई किल्लाको सेना नायक हनन्याह सहित यरूशलेमको जिम्मा दिएँ किनभने हनानी एक ईमान्दार थिए अनि तिनले परमेश्वरलाई अन्य धेरै मानिसहरूले भन्दा अधिक सम्मान गर्थे। मैले तिनीहरूलाई भने, “यरूशलेमको द्वारहरू घाम पूर्णरूपले उदय नहुन्जेल खोल्नु हुँदैन, अनि घाम अस्ताउनु भन्दा अघि बन्द गर्नु पर्छ। यरूशलेमका बासिन्दाहरूलाई रक्षा गर्न कसैलाई तिनीहरूको खामातिर अनि कसैलाई आफ्नै घरको रक्षा गर्न नियुक्त गर।” यरूशलेम फराकिलो अनि ठूलो थियो, तर त्यस मित्र मानिसहरू कम थिए, अनि पुनःर्निर्माण घरहरू प्रशस्त थिएनन्। यसकारण परमेश्वरले मलाई मुख्य मानिसहरू, अधिकारीहरू अनि साधारण मानिसहरूलाई कुल अनुसार नाउँ लेख्नु भनि प्रेरणा दिनु भयो। मैले कैदबाट फर्की आउने कुलहरूको विवरण पुस्तक पाँए। मैले त्यसमा यो लेखेको पाएँ। यी मानिसहरू त्यो प्रदेशका मानिसहरू हुन् जो कैदीबाट आएका हुन, जसलाई बाबेलका राजा नबूकदनेस्सरले कैद गरेर लगेका थिए। (तिनीहरू हरेक आ-आफ्ना शहर यरूशलेम अनि यहूदामा फर्के।) तिनीहरू यरूबाबेल, येशूअ, नहेम्याह, अजर्याह, राम्याह, नहमानी, मोर्दकै, बिल्शान, मिसपेरेत, बिग्बै, नहूम अनि बानाका साथ आए। इस्राएलका मानिसहरूको सूचीः परोशका कुलहरू 2,172 शपत्याहका कुलहरू 372 आरहका कुलहरू 652 पहात-मोआबका कुलहरू अर्थात येशूअ अनि योआबका कुलहरू 2,818 एलामका कुलहरू 1,254 जत्तूका कुलहरू 845 जक्कैका कुलहरू 760 बिन्नूईका कुलहरू 648 बेबैका कुलहरू 628 अज्गादका कुलहरू 2,322 अबोनीकामका कुलहरू 667 बिग्बैका कुलहरू 2,067 अदीनका कुलहरू 655 आतेरका अर्थात हिज्याहका कुलहरू 98 हशूमका कुलहरू 328 बेसैका कुलहरू 324 हारीमका कुलहरू 112 गिबोनका कुलहरू 95 बेतलेहेम अनि नेतोपात शहरहरूका मानिसहरू 188 अनातोत शहरका मानिसहरू 128 अज्मावेत शहरका मानिसहरू 42 किर्यात्यारीम, कापीरा अनि बेरोत शहरहरूका मानिसहरू 743 रामा अनि नेबा शहरहरूका मानिसहरू 621 मिक्मास शहरका मानिसहरू 122 बेतेल अनि ऐ शहरहरूका मानिसहरू 123 अर्को नेबो शहरको मानिसहरू 52 अर्को एलाम शहरको मानिसहरू 1,254 हारीम शहरका मानिसहरू 320 यरीहो शहरका मानिसहरू 345 लोद, हादीद अनि ओनो शहरहरूका मानिसहरू 721 सना शहरका मानिसहरू 3,930 पूजाहारीहरूः यदायाहका कुलहरू अर्थात 973 इम्मेरका कुलहरू 1,052 पशहूरका कुलहरू 1,247 आरीमका कुलहरू 1,017 लेवीहरूः येशूअका कुलहरू अर्थात होदबाका परिवारका कदूमीएलका कुल 74 गवैयाहरूः आसापका कुलहरू 148 द्वारपालहरूः शल्लूम, आतेर, तल्मोन, अक्कूब, हतीता अनि शेबैका कुलहरू 138 मन्दिरका सेवकहरूः सीहा, हसूपा, तब्बाओत। केरोस, सीआ, पादोन। लबान, हगाबा, सल्मै। हानान, गिदूदेलका, गहर। रायाह, रसीन, नेकादा। गज्जाम, उज्जा, पसेह। बेसै, मुनीम, नापीश। बक्बुक, हकूपा, हर्हूर। बस्लीत, महीदा हर्शा। बर्कोस, सीसरा, तेमह। नसीह, अनि हतीम। यिनीहरू सबै मन्दिरका सेवकहरू हुन्। सुलेमानका सेवकहरूका कुलहरूः सोतैइ, सोपेरेत, परीदा याला, दर्कोन, गिददेल। शपत्याह, हत्तीलका, पोकेरेत, हसेबायीम अनि आमोन। शबै मन्दिरका सेवकहरू अनि सुलेमानका सेवकहरूका कुलहरू 392 मानिसहरू यरूशलेममा तेल-मेलेह, तेल-हर्शा, हरूब, अद्दोन अनि इम्मेरबाट आएका थिए। तर आफ्ना कुलहरू इस्राएलका थिए भनी प्रमाण गर्न तिनीहरू सामर्थ भएनन्। दलायह, तोबियाह अनि नकोदाका कुलहरू 642 पूजाहारीहरूमा होबायाह, हक्कोस अनि बर्जिलैका सन्तानहरू थिए। (त्यो मानिसहरू जसले गिलादबाटको बर्जिलैकी छोरीहरूलाई विवाह गरे, जसलाई उसको नाउँद्वारा बोलायो।) तिनीहरूले आफ्नो कुलहरूका विवरण अधिकारिय सूचीमा खोजे तर पाएनन्, पूजाहारीहरूबाट तिनीहरू निम्ति अशुद्ध ठहरीए। प्रशासकले तिनीहरूलाई भने तिनीहरूले पवित्र भोजनबाट केही खानु हुँदैन जबसम्म एकजना पूजाहारी उठ्दैन, जसले ऊरीम अनि तुम्मीम उपयोग गर्न सक्छ। सबै समूहको एकत्रित संख्या 42,360 थियो। तिनीहरूका पुरूष अनि दासी-स्त्रीहरू बाहेक जसको संख्या 7,337 थियो। अनि तिनीहरूका 245 पुरूष अनि स्त्री गायकहरू पनि थिए। त्यहाँ 435 ऊँटहरू र 736 घोडाहरू थिए अनि 6,720 गधाहरू र 245 खच्चरहरू थिए। केही कुलहरूका प्रमुखहरूले निर्माण धन दान गरे। राज्यपालले खजानामा प्राय 19 पाउण्ड सुनदान गरे अनि पूजाहारीहरूका निम्ति 50 कचौरा अनि 530 वटा पहिरने कपडा दिए। केही कुलहरूका प्रमुखहरूले निर्माण कोषका कामको निम्ति प्रायः 375 पाउण्ड सुन प्रदान गरे। अनि प्रायः 1 1/3 टन चाँदी प्रदान गरे। अनि अन्य मानिसहरूले प्रायः 375 पाउण्ड सुन अनि प्रायः 1 1/4 टन चाँदी अनि पूजाहारीहरूका निम्ती 67 कपडाहरू दान गरे। जब सातौं महीना आयो अनि पूजाहारीहरू, लेवीहरू, द्वारपालहरू, गवैयाहरू मन्दिरका सेवकहरू अनि समस्त इस्राएलीहरू पनि आफ्ना शहरहरूमा बसे।
नहेम्याह 7:1-73 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
अब पर्खाल बनिसकेको थियो। ढोकाहरू ठाउँ-ठाउँमा राखिएका थिए। मन्दिरका पहरादारहरू, पवित्र भजन गाउने गायक र लेवीहरू आफ्ना काम-काजमा खटाइएका थिए। यरूशलेम सहरमाथि शासन गर्न मैले दुई जना व्यक्ति खटाएँ। ती दुईमा मेरा भाइ हनानी र किल्लाका सेनापति हनन्याह थिए। हनन्याह भरपर्दा र परमेश्वरको भय मान्ने व्यक्ति थिए, उनीजस्तो अरू कोही थिएन। मैले तिनीहरूलाई यरूशलेमका ढोकाहरू बिहान घाम नझुल्कुञ्जेलसम्म नखोल्नू र बेलुका घाम अस्ताएपछि पहरादारहरू हुँदाहुँदै ढोकाहरू बन्द गरेर राम्ररी आग्लाहरू लगाउनू भनें। पहरादारहरू यरूशलेमकै बासिन्दाहरूबाट खटाउनू, तिनीहरूलाई विशेष-विशेष ठाउँमा पहरा दिन लाउनू र तीबाहेक अरू मानिसहरूलाई चाहिँ आ-आफ्ना घरका चारैपट्टि गस्ती लाउन आदेश दिएँ। यरूशलेम सहर ठूलो र फैलिएको थियो, तर त्यहाँ बास गर्ने मानिसहरू थोरै थिए। धेरै घर अझ बनिएको थिएन। मैले अगुवा, भारदार र मानिसहरू सबैलाई भेला गरी, तिनीहरूको वंशावली जाँच गर्ने प्रेरणा परमेश्वरबाट पाएँ। कैदबाट छुटेर सबैभन्दा पहिले फर्कनेहरूको वंश-सूची मैले फेला पारें र त्यहाँ यी कुराहरू भेट्टाएँ– धेरै कैदीहरू बेबिलोन प्रान्तदेखि फर्केर यरूशलेम र यहूदामा आएका थिए र आ-आफ्ना सहरमा गएका थिए। उनका परिवारहरू नबूकदनेसर राजाले कैद गरेर लगेपछि आफ्ना देशबाहिर बेबिलोनियामा बास गरिरहेका थिए। उनका अगुवाहरू यरुबाबेल, येशूअ, नहेम्याह, अजर्याह, राम्याह, नहमानी, मोर्दकै, बिल्शान, मिसपेरेत, बिग्वै, नेहूम र बानाह थिए। कैदबाट फर्कने इस्राएलीहरूका वंश-वंशको नाम र सङ्ख्या यस प्रकारको छ: परोश — २,१७२ शपत्याह — ३७२ आरा — ६५२ पहत-मोआब (येशूअ र योआबका सन्तान) — २,८१८ एलाम — १,२५४ जत्तू — ८४५ जक्कै — ७६० बिन्नूई — ६४८ बेबै — ६२८ अज्गाद — २,३२२ अदोनीकाम — ६६७ बिग्वै — २,०६७ आदीन — ६५५ आतेर (जसलाई हिजकिया पनि भनिन्छ) — ९८ हाशूम — ३२८ बेजै — ३२४ हारीप — ११२ गिबोन: ९५ आ-आफ्ना पुर्ख्यौली सहरमा मानिसहरू यसरी फर्कंदै थिए: बेथलेहेम र नतोपा — १८८ अनातोतमा — १२८ बेथ-अज्मावेतमा — ४२ किर्यत-यारीममा, कपीरा र बेरोतमा — ७४३ रामा र गेबामा — ६२१ मिकमाशमा — १२२ बेथेल र ऐमा — १२३ अर्को नेबोमा — ५२ अर्को एलाममा — १,२५४ हारीममा — ३२० यरीहोमा — ३४५ लोद, हादीद र ओनोमा — ७२१ सेनाहमा — ३,९३० कैदबाट फर्कने पूजाहारीहरूका वंश यस्तो थियो: यदायाहको (येशूअका सन्तान) — ९७३ इम्मेरको — १,०५२ पशहूरको — १,२४७ हारीमको — १,०१७ कैदबाट फर्कने लेवीहरूका वंश: येशूअ र कादमीएलको परिवार (होदबियाका सन्तान) — ७४ मन्दिरका गायकहरू (आसापका सन्तान) — १४८ मन्दिरका पहरादारहरू (शल्लूम, आतेर, तल्मोन, अक्कूब, हतीता र शोबैका सन्तान) — १३८। कैदबाट फर्कने मन्दिरका सेवकहरूका वंश: सीहा, हसूपा, तब्बाओत, कोरेस, सीआ, पादोन, लेबाना, हगाबा, शल्मै, हानान, गिद्देल, गहर, रायाह, रसीन, नकोदा, गज्जाम, उज्जा, पसेह, बेजै, मोनिम, नेपुसीम, बक्बूक, हकूपा, हर्हुर, बस्लूत, महीदा, हर्शा, बर्कोस, सीसरा, तेमह, नसीह र हतीपा। कैदबाट फर्कने सोलोमनका चाकरहरूका वंश: सोतै, सोपेरेत, पारीद, याला, दर्कोन, गिद्देल, शपत्याह, हत्तील, पोकेरेत-हसेबायीम र आमोन। कैदबाट फर्केका मन्दिरका सेवक र सोलोमनका चाकरहरूको जम्मा सङ्ख्या ३९२ थियो। दलायाह, तोबिया र नकोदा वंशका ६४२ जना मानिसहरू तेल-मेलह, तेल-हर्शा, करूब, आदोन र इम्मेर भनिने सहरहरूबाट फर्किआएका थिए तर तिनीहरूले हामी इस्राएलका सन्तान हौं भनी प्रमाण दिन सकेनन्। पुरोहित वंशका होबायाह, हक्कोस र बर्जिल्लै परिवारले वंशावलीमा आफ्नो पुर्खाको नाम पाउन सकेनन् (पुरोहित वंश बर्जिल्लैका एक जना पुरुषले गिलादी बर्जिल्लैकी एउटी कन्या विवाह गरेर ससुराली नाम बर्जिल्लै चलाएर ल्याएको थियो)। तिनीहरूले आफ्ना पिता-पुर्खाको बारेमा प्रमाण दिन नसकेको कारणले तिनीहरूलाई पुरोहित भनी ग्रहण गरिएन। तिनीहरूले परमेश्वरलाई चढाएको भोजन खान सक्दैनन् तर ऊरीम र तुम्मीम (परमेश्वरको इच्छा चिन्नलाई प्रयोग गरिने वस्तुहरू) चलाउन सक्ने कुनै पूजाहारी पाइएपछि भने तिनीहरूले सो भोजन खान सक्छन् भन्ने उर्दी यहूदी बडा-हाकिमले दिए। फर्किएका कैदीहरूको जम्मा सङ्ख्या ४२,३६० थियो। तिनीहरूका चाकर र चाकर्नीहरू ७,३३७ पुरुष र स्त्री गवैयाहरू २४५ घोडा ७३६ खच्चर २४५ ऊँट ४३५ र गधा ६,७२० थिए। धेरै मानिसहरूले मन्दिर बनाउने खर्चमा धन दिएर सघाए: बडा-हाकिमले ८ किलो सुन, ५० वटा आराधनामा चलाउने बाटा, ५३० वटा पूजाहारीले लाउने पोशाक। वंश-वंशका अगुवाहरूले १६८ किलो सुन, १,२५० किलो चाँदी। बाँकी मानिसहरूले १६८ किलो सुन, १४० किलो चाँदी, ६७ वटा पूजाहारीले लाउने पोशाक। इस्राएलका सबै मानिसहरू: पूजाहारी, लेवी, मन्दिरका पहरादार, गवैया, अरू साधारण मानिस, मन्दिरमा काम गर्नेहरू यहूदाका सहर र गाउँहरूमा बसोबास गर्थे।