YouVersion लोगो
खोज आइकन

नहेम्याहको पुस्तक 7

7
1जब पर्खालको पुनःर्निर्माण भयो, अनि मैले ठीक ठाउँमा ढोकाहरू लगाएँ, द्वारपाल, गवैया अनि लेवीहरूलाई पूजाहरी नियुक्त गरें। 2तब मैले मेरो भाइ हनानीलाई किल्लाको सेना नायक हनन्याह सहित यरूशलेमको जिम्मा दिएँ किनभने हनानी एक ईमान्दार थिए अनि तिनले परमेश्वरलाई अन्य धेरै मानिसहरूले भन्दा अधिक सम्मान गर्थे। 3मैले तिनीहरूलाई भने, “यरूशलेमको द्वारहरू घाम पूर्णरूपले उदय नहुन्जेल खोल्नु हुँदैन, अनि घाम अस्ताउनु भन्दा अघि बन्द गर्नु पर्छ। यरूशलेमका बासिन्दाहरूलाई रक्षा गर्न कसैलाई तिनीहरूको खामातिर अनि कसैलाई आफ्नै घरको रक्षा गर्न नियुक्त गर।”
फर्केर आएका कैदिहरूको सूची
4यरूशलेम फराकिलो अनि ठूलो थियो, तर त्यस मित्र मानिसहरू कम थिए, अनि पुनःर्निर्माण घरहरू प्रशस्त थिएनन्। 5यसकारण परमेश्वरले मलाई मुख्य मानिसहरू, अधिकारीहरू अनि साधारण मानिसहरूलाई कुल अनुसार नाउँ लेख्नु भनि प्रेरणा दिनु भयो। मैले कैदबाट फर्की आउने कुलहरूको विवरण#7:5 एज्रा 2 अध्याएमा हेर्नुहोस्। पुस्तक पाँए। मैले त्यसमा यो लेखेको पाएँ।
6यी मानिसहरू त्यो प्रदेशका मानिसहरू हुन् जो कैदीबाट आएका हुन, जसलाई बाबेलका राजा नबूकदनेस्सरले कैद गरेर लगेका थिए। (तिनीहरू हरेक आ-आफ्ना शहर यरूशलेम अनि यहूदामा फर्के।) 7तिनीहरू यरूबाबेल, येशूअ, नहेम्याह, अजर्याह, राम्याह, नहमानी, मोर्दकै, बिल्शान, मिसपेरेत, बिग्बै, नहूम अनि बानाका साथ आए। इस्राएलका मानिसहरूको सूचीः
8परोशका कुलहरू 2,172
9शपत्याहका कुलहरू 372
10आरहका कुलहरू 652
11पहात-मोआबका कुलहरू अर्थात येशूअ अनि योआबका कुलहरू 2,818
12एलामका कुलहरू 1,254
13जत्तूका कुलहरू 845
14जक्कैका कुलहरू 760
15बिन्नूईका कुलहरू 648
16बेबैका कुलहरू 628
17अज्गादका कुलहरू 2,322
18अबोनीकामका कुलहरू 667
19बिग्बैका कुलहरू 2,067
20अदीनका कुलहरू 655
21आतेरका अर्थात हिज्याहका कुलहरू 98
22हशूमका कुलहरू 328
23बेसैका कुलहरू 324
24हारीमका कुलहरू 112
25गिबोनका कुलहरू 95
26बेतलेहेम अनि नेतोपात शहरहरूका मानिसहरू 188
27अनातोत शहरका मानिसहरू 128
28अज्मावेत शहरका मानिसहरू 42
29किर्यात्यारीम, कापीरा अनि बेरोत शहरहरूका मानिसहरू 743
30रामा अनि नेबा शहरहरूका मानिसहरू 621
31मिक्मास शहरका मानिसहरू 122
32बेतेल अनि ऐ शहरहरूका मानिसहरू 123
33अर्को नेबो शहरको मानिसहरू 52
34अर्को एलाम शहरको मानिसहरू 1,254
35हारीम शहरका मानिसहरू 320
36यरीहो शहरका मानिसहरू 345
37लोद, हादीद अनि ओनो शहरहरूका मानिसहरू 721
38सना शहरका मानिसहरू 3,930
39पूजाहारीहरूः
यदायाहका कुलहरू अर्थात 973
40इम्मेरका कुलहरू 1,052
41पशहूरका कुलहरू 1,247
42आरीमका कुलहरू 1,017
43लेवीहरूः
येशूअका कुलहरू अर्थात होदबाका परिवारका कदूमीएलका कुल 74
44गवैयाहरूः
आसापका कुलहरू 148
45द्वारपालहरूः
शल्लूम, आतेर, तल्मोन, अक्कूब, हतीता अनि शेबैका कुलहरू 138
46मन्दिरका सेवकहरूः
सीहा, हसूपा, तब्बाओत।
47केरोस, सीआ, पादोन।
48लबान, हगाबा, सल्मै।
49हानान, गिदूदेलका, गहर।
50रायाह, रसीन, नेकादा।
51गज्जाम, उज्जा, पसेह।
52बेसै, मुनीम, नापीश।
53बक्बुक, हकूपा, हर्हूर।
54बस्लीत, महीदा हर्शा।
55बर्कोस, सीसरा, तेमह।
56नसीह, अनि हतीम। यिनीहरू सबै मन्दिरका सेवकहरू हुन्।
57सुलेमानका सेवकहरूका कुलहरूः सोतैइ, सोपेरेत, परीदा
58याला, दर्कोन, गिददेल।
59शपत्याह, हत्तीलका, पोकेरेत, हसेबायीम अनि आमोन।
60शबै मन्दिरका सेवकहरू अनि सुलेमानका सेवकहरूका कुलहरू 392
61मानिसहरू यरूशलेममा तेल-मेलेह, तेल-हर्शा, हरूब, अद्दोन अनि इम्मेरबाट आएका थिए। तर आफ्ना कुलहरू इस्राएलका थिए भनी प्रमाण गर्न तिनीहरू सामर्थ भएनन्।
62दलायह, तोबियाह अनि नकोदाका कुलहरू 642
63पूजाहारीहरूमा होबायाह, हक्कोस अनि बर्जिलैका सन्तानहरू थिए।
(त्यो मानिसहरू जसले गिलादबाटको बर्जिलैकी छोरीहरूलाई विवाह गरे, जसलाई उसको नाउँद्वारा बोलायो।)
64तिनीहरूले आफ्नो कुलहरूका विवरण अधिकारिय सूचीमा खोजे तर पाएनन्, पूजाहारीहरूबाट तिनीहरू निम्ति अशुद्ध ठहरीए। 65प्रशासकले तिनीहरूलाई भने तिनीहरूले पवित्र भोजनबाट केही खानु हुँदैन जबसम्म एकजना पूजाहारी उठ्दैन, जसले ऊरीम अनि तुम्मीम उपयोग गर्न सक्छ।
66-67सबै समूहको एकत्रित संख्या 42,360 थियो। तिनीहरूका पुरूष अनि दासी-स्त्रीहरू बाहेक जसको संख्या 7,337 थियो। अनि तिनीहरूका 245 पुरूष अनि स्त्री गायकहरू पनि थिए। 68-69त्यहाँ 435 ऊँटहरू र 736 घोडाहरू थिए अनि 6,720 गधाहरू र 245 खच्चरहरू थिए।
70केही कुलहरूका प्रमुखहरूले निर्माण धन दान गरे। राज्यपालले खजानामा प्राय 19 पाउण्ड सुनदान गरे अनि पूजाहारीहरूका निम्ति 50 कचौरा अनि 530 वटा पहिरने कपडा दिए। 71केही कुलहरूका प्रमुखहरूले निर्माण कोषका कामको निम्ति प्रायः 375 पाउण्ड सुन प्रदान गरे। अनि प्रायः 1 1/3 टन चाँदी प्रदान गरे। 72अनि अन्य मानिसहरूले प्रायः 375 पाउण्ड सुन अनि प्रायः 1 1/4 टन चाँदी अनि पूजाहारीहरूका निम्ती 67 कपडाहरू दान गरे।
73जब सातौं महीना आयो अनि पूजाहारीहरू, लेवीहरू, द्वारपालहरू, गवैयाहरू मन्दिरका सेवकहरू अनि समस्त इस्राएलीहरू पनि आफ्ना शहरहरूमा बसे।

अहिले सेलेक्ट गरिएको:

नहेम्याहको पुस्तक 7: NERV

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्