YouVersion लोगो
खोज आइकन

नहेम्‍याह 11:22-36

नहेम्‍याह 11:22-36 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

यरूशलेममा भएका लेवीहरूका प्रमुख अधिकृतचाहिँ उज्‍जी थिए, जो बानीका छोरा, जो हशब्‍याहका छोरा, जो मत्तन्‍याहका छोरा, जो मीयकाका छोरा थिए। उज्‍जीचाहिँ आसापका सन्‍तान थिए। ती आसापका सन्‍तानहरू परमेश्‍वरको भवनका सेवाको निम्‍ति गाउने जिम्‍मा लिएकाहरू थिए। ती गवैयाहरू राजाका हुकुममुनि थिए, जसले तिनीहरूको दैनिक कार्यको निर्देशन गर्दथ्‍यो। मानिसहरूका कारोबारको सम्‍बन्‍धमा राजाका सेवक पतहियाह थिए, जो यहूदाका छोरा जेरहका परिवारका मशेजेबेलका छोरा थिए। खेतबारी भएका गाउँहरूमा यहूदाका कोही मानिसहरू किर्यत-अर्बा र त्‍यसका बस्‍तीहरू, दीबोन र त्‍यसका बस्‍तीहरू, यकब्‍सेल र त्‍यसका गाउँहरू, येशूअ, मोलादा, बेथ-पालेत, हसरशूआल, बेर्शेबा र त्‍यसका बस्‍तीहरू, सिक्‍लग, मकोना र त्‍यसका बस्‍तीहरू, एन-रिम्‍मोन, सोरा, यर्मूत, जानोह, अदुल्‍लाम र त्‍यसका बस्‍तीहरू, लाकीश र त्‍यसका खेतहरू, र आजेका र त्‍यसका बस्‍तीहरूमा बस्‍थे। यसरी तिनीहरूले बेर्शेबादेखि हिन्‍नोमको बेँसीसम्‍मको देश ओगटे। बेन्‍यामीनका गेबाबाटका सन्‍तानहरूचाहिँ मिकमाश, अय्‍या, बेथेल र त्‍यसका बस्‍तीहरू, अनातोत, नोब र हननिया, हासोर, रामा, गित्तैम, हादीद, सबोयीम, नबलत, लोद, ओनो र कारीगरहरूको बेँसीमा बसे। यहूदामा भएका लेवीहरूका कुनै-कुनै भागचाहिँ बेन्‍यामीनमा बसोबास गरे।

शेयर गर्नुहोस्
नहेम्‍याह 11 पढ्नुहोस्

नहेम्‍याह 11:22-36 पवित्र बाइबल (NERV)

यरूशलेममा मुख्य अधिकारी लेवीहरू उज्जीय बानीको छोरा, हशबियाहका छोरा, मतन्याहको मीकाका छोरा, आसापका सन्तानहरू, गवैयाहरू थिए जो परमेश्वरको मन्दिरको कामहरूका जिम्मामा थिए। किनभने तिनीहरूको सम्बन्धमा राजकीय आदेश थियो अनि प्रतिदिन गायकहरूको सेवाको आवश्यक्ता थियो। पतहियाह मशजबेलका छोरा, यहूदाका छोरा जेरहको कुल मानिसहरू सम्बन्धी सबै कुरामा राजाका सल्लाहकार थिए। गाउँहरूमा तिनीहरूमा खेतहरू सहितः यहूदाका केही मानिसहरू किर्यत-अर्बा र त्यसका वरिपरिका स-साना गाउँहरू, दीबोन अनि त्यसका वरिपरिका स-साना गाउँहरू अनि यकब्सेल अनि यसका वरिपरिका स-साना गाउँहरू येशूअमा, मोलादा, बेत्पलेत। हसर्शूआल, बेर्शेवा अनि त्यसका वरिपरिका स-साना गाउँहरू। सिकलगा, मकोना अनि त्यसका वरिपरिका स-साना गाउँहरू। एरिमोन, सोराह, यर्मूत, जानोह, अद्‌दूलाम अनि तिनीहरूका गाउँहरू लाकीश अनि त्यसका खेतहरू अजेका अनि त्यसका वरिपरिका स-साना गाउँहरू। यसरी तिनीहरू बेर्शेबा देखि लिएर हिन्नोमको बेंसीसम्म अधिकार गरेर बसे। बिन्यामीनका केही मानिसहरू गेबा, मिकमाश, अय्या, बेतेल अनि त्यसका वरिपरिका स-साना गाउँहरूमा बसे। अनातोत, नोब, अनन्याह, हासीर, रामा, गित्तैम, हादीद, सबोईम, नबलत, लोद र ओनो, गे-हाराशिम ओनोमा बसे, केही यहूदाय लेवी समूह बिन्यामीनलाई सुम्पियो।

शेयर गर्नुहोस्
नहेम्‍याह 11 पढ्नुहोस्

नहेम्‍याह 11:22-36 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

बानीका छोरा र हशब्‍याहका नाति उज्‍जीचाहिँ यरूशलेमवासी लेवीहरूका मुखिया थिए। उनका पुर्खाहरूमा मत्तन्‍याह र मीयका थिए, जो आसाप वंशका थिए। यो वंशको जिम्‍मामा मन्‍दिरको सङ्गीत कार्य थियो। तिनीहरूले मन्‍दिरका सङ्गीत कार्यक्रम दिनहुँ पालैपालो चलाउन राजाले नियम बनाइदिएका थिए। फारसी राजदरबारमा इस्राएलीहरूको प्रतिनिधि मशेजेबेलका छोरा पतहियाह खटाइएका थिए। उनी यहूदा वंशका जेरह परिवारको थिए। धेरै मानिसहरू यरूशलेममा बस्‍थे। सहरका छेउमा तिनीहरूको खेतबारी थियो। यहूदा कुलका मानिसहरू किर्यत-अर्बा, दीबोन, यकब्‍सेल सहरहरू र तिनका नजिकका गाउँहरूमा बस्‍थे। तिनीहरू येशूअ, मोलादा, बेथ-पालेत, हसर-शूआल र बेर्शेबा सहरहरू र तिनका चारैपट्टिका गाउँहरूमा, सिक्‍लग र मकोना सहरहरू र छेउछाउका गाउँहरूमा, एन-रिम्‍मोन, सोरा, यर्मूत, जानोह, अदुल्‍लाम सहरहरू र तिनका छेउछाउका गाउँहरूमा, लाकीश र त्‍यस छेउका खेतबारीमा, आजेका र त्‍यस छेउका गाउँ-बस्‍तीहरूमा पनि बस्‍थे अर्थात् यहूदा कुलका मानिसहरू दक्षिणमा बेर्शेबादेखि उत्तरमा हिन्‍नोमको बेसीसम्‍म बास गर्थे। बेन्‍यामीन कुलका मानिसहरू गेबादेखि उत्तरतर्फ, मिकमाश, अय्‍या, बेथेल र छेउ-छाउका गाउँहरूमा, अनातोत, नोब, हननिया, हासोर, रामा, गित्तैम, हादीद, सबोयीम, नबलत, लोद, ओनो र शिल्‍पीहरूका बेसीमा बस्‍थे। यहूदा कुलसँग पनि केही लेवीहरू बसेका थिए, तिनीहरूलाई बेन्‍यामीन कुलसँग बस्‍न खटाइएको थियो।

शेयर गर्नुहोस्
नहेम्‍याह 11 पढ्नुहोस्