YouVersion लोगो
खोज आइकन

नहेम्‍याह 11:22-36

नहेम्‍याह 11:22-36 NNRV

यरूशलेममा भएका लेवीहरूका प्रमुख अधिकृतचाहिँ उज्‍जी थिए, जो बानीका छोरा, जो हशब्‍याहका छोरा, जो मत्तन्‍याहका छोरा, जो मीयकाका छोरा थिए। उज्‍जीचाहिँ आसापका सन्‍तान थिए। ती आसापका सन्‍तानहरू परमेश्‍वरको भवनका सेवाको निम्‍ति गाउने जिम्‍मा लिएकाहरू थिए। ती गवैयाहरू राजाका हुकुममुनि थिए, जसले तिनीहरूको दैनिक कार्यको निर्देशन गर्दथ्‍यो। मानिसहरूका कारोबारको सम्‍बन्‍धमा राजाका सेवक पतहियाह थिए, जो यहूदाका छोरा जेरहका परिवारका मशेजेबेलका छोरा थिए। खेतबारी भएका गाउँहरूमा यहूदाका कोही मानिसहरू किर्यत-अर्बा र त्‍यसका बस्‍तीहरू, दीबोन र त्‍यसका बस्‍तीहरू, यकब्‍सेल र त्‍यसका गाउँहरू, येशूअ, मोलादा, बेथ-पालेत, हसरशूआल, बेर्शेबा र त्‍यसका बस्‍तीहरू, सिक्‍लग, मकोना र त्‍यसका बस्‍तीहरू, एन-रिम्‍मोन, सोरा, यर्मूत, जानोह, अदुल्‍लाम र त्‍यसका बस्‍तीहरू, लाकीश र त्‍यसका खेतहरू, र आजेका र त्‍यसका बस्‍तीहरूमा बस्‍थे। यसरी तिनीहरूले बेर्शेबादेखि हिन्‍नोमको बेँसीसम्‍मको देश ओगटे। बेन्‍यामीनका गेबाबाटका सन्‍तानहरूचाहिँ मिकमाश, अय्‍या, बेथेल र त्‍यसका बस्‍तीहरू, अनातोत, नोब र हननिया, हासोर, रामा, गित्तैम, हादीद, सबोयीम, नबलत, लोद, ओनो र कारीगरहरूको बेँसीमा बसे। यहूदामा भएका लेवीहरूका कुनै-कुनै भागचाहिँ बेन्‍यामीनमा बसोबास गरे।