YouVersion लोगो
खोज आइकन

नहूम 1:3-7

नहूम 1:3-7 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

परमप्रभु रीस गर्नमा धैर्यवान्‌ हुनुहुन्‍छ र उहाँ अति शक्तिशाली हुनुहुन्‍छ। दोषीलाई परमप्रभुले दण्‍ड नदिई छोड्‌नुहुन्‍न। भुमरी र आँधीमा उहाँको बाटो छ, र बादलहरूचाहिँ उहाँका खुट्टाका धूला हुन्‌। उहाँले हप्‍काउनुहुँदा समुद्र सुकिहाल्‍छ। उहाँले सबै नदीहरू सुकाउनुहुन्‍छ। बाशान र कर्मेल ओइलाउँछन्, र लेबनानका फूलहरू ओइलाएर लोप हुन्‍छन्‌। उहाँको सामु पहाड़हरू कम्‍पायमान हुन्‍छन्, र पर्वतहरू पग्‍लन्‍छन्‌। उहाँको उपस्‍थितिमा संसार उजाड़ हुन्‍छ, जगत्‌ र त्‍यसमा भएका सबै कुरा थरथर काँप्‍छन्‌। उहाँका रीसको अगि को उभिन सक्‍छ? उहाँको भयङ्कर रीस कसले सहन सक्‍छ? उहाँको क्रोध आगोझैँ खन्‍याइन्‍छ, र उहाँको सामुन्‍ने चट्टानहरू टुक्रा-टुक्रा पारिन्‍छन्‌। परमप्रभु असल हुनुहुन्‍छ, दु:खको समयमा उहाँ नै शरणस्‍थान हुनुहुन्‍छ। उहाँमाथि भरोसा राख्‍नेहरूको उहाँले हेरविचार गर्नुहुन्‍छ।

शेयर गर्नुहोस्
नहूम 1 पढ्नुहोस्

नहूम 1:3-7 पवित्र बाइबल (NERV)

परमप्रभु धैर्यशील हुनुहुन्छ, तर उहाँ अत्यन्तै शक्तिशाली पनि हुनुहुन्छ, अनि उहाँले दोषीलाई दण्ड दिनुहुन्छ। उहाँले तिनीहरूलाई भाग्न दिनुहुँदैन। उहाँले आफ्नो शक्ति देखाउनको निम्ति भुवँरी, र आँधिहरू ल्याउनु हुनेँछ। मानिसहरू यो पृथ्वीमा माटोमाथि हिँड्छन् तर परमप्रभु बादलमाथि हिंड्नुहुन्छ। परमुप्रभु समुद्रहरूसित कर्कश शब्दमा बोल्नु हुन्छ अनि त्यो समुद्र सुक्दछ। सबै नदीहरू सुक्नेछन्। बाशनर कर्मेलको हरियाली सुख्खाले मार्नेछ। लबानेनको फूलहरू ओइलिनेछन्। परमप्रभुको आगमन हुनेछ अनि पहाडहरू डरले काम्नेछन्, अनि पहाडहरू पग्लेर बग्नेछन्। परप्रभुको आगमन हुनेछ र पृथ्वी डरले काम्नेछ। यो संसार अनि यसमा रहने सबै डरले काम्नेछन्। परमप्रभुको भयानक रिसको अघि कोही पनि उभिन सक्तैन। कसैले पनि परमप्रभुको भयानक रिस सहन सक्तैन। उहाँको क्रोध आगो झैं हुन्छ। जब उहाँ आउनुहुन्छ तब चट्टानहरू पनि टुक्रा-टुक्रा हुन्छन्। परमप्रभु असल हुनुहुन्छ! उहाँ कष्टको समयमा सुरक्षित स्थान हुनुहुन्छ। उहाँमाथि भरोसा गर्नेहरूको उहाँले हेरचाह गर्नु हुन्छ।

शेयर गर्नुहोस्
नहूम 1 पढ्नुहोस्

नहूम 1:3-7 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

परमप्रभु छिट्टै रिसाउनुहुन्‍न, तर उहाँ शक्तिशाली हुनुहुन्‍छ र अपराधीहरूलाई दण्‍ड नदिई छोड्‍नुहुन्‍न। परमप्रभु हिँड्‍ने बाटोमा आँधी चल्‍दछ, बादलहरूचाहिँ उहाँको खुट्टाले उडाएको धुला हुन्! उहाँले आज्ञा दिनुहुँदा समुद्र सुकिजाँदछ, उहाँले नदीहरू सुकाइदिनुहुँदछ। बाशानका मैदानहरू ओइलिजाँदछन्, कर्मेल डाँडा सुकेर पहेंलो हुँदछ र लेबनानका फूलहरू ओइलिजान्‍छन्। परमप्रभुको अघि पर्वतहरू काँप्‍दछन्, उहाँको अघि डाँडाहरू पग्‍लन्‍छन्। परमप्रभु देखा पर्नुहुँदा पृथ्‍वीमा भूइँचालो जान्‍छ, संसार र त्‍यहाँका सबै मानिसहरू थरथरी हुँदछन्, उहाँ रिसाउनुहुँदा को बाँच्‍न सक्‍छ र? उहाँको डरलाग्‍दो रिसअघि को टिक्‍न सक्‍छ? उहाँले आफ्‍नो बल्‍दो रिस खन्‍याउनुहुन्‍छ, उहाँको सामुन्‍ने चट्टानहरू चकनाचुर हुन्‍छन्। परमप्रभु भलो हुनुहुन्‍छ, कष्‍टको समयमा उहाँ आश्रय हुनुहुन्‍छ, उहाँमा शरण लिनेहरूको उहाँले वास्‍ता गर्नुहुन्‍छ।

शेयर गर्नुहोस्
नहूम 1 पढ्नुहोस्