YouVersion लोगो
खोज आइकन

मर्कूस 6:30-34

मर्कूस 6:30-34 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

अनि प्रेरितहरू येशूकहाँ भेला भए, र तिनीहरूले जे-जे गरेका थिए र सिकाएका थिए, ती सबै उहाँलाई बयान गरे। उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू आफै पनि मसँग एकान्‍त ठाउँमा आओ, र केही थकाइ मार।” किनकि त्‍यहाँ आउनेजानेहरू धेरै थिए, र उहाँहरूलाई खानसम्‍म पनि फुर्सद थिएन। अनि उहाँहरू डुङ्गामा सुटुक्‍क एउटा एकान्‍त ठाउँमा जानुभयो। धेरै मानिसहरूले उहाँहरू गइरहनुभएको देखे, र धेरैले चिने, अनि सबै सहरहरूबाट पैदलै दौड़ेर त्‍यता गए, र उहाँहरूलाई उछिनेर अगाडि पुगे। जब उहाँ किनारमा उत्रनुभयो तब उहाँले एउटा ठूलो भीड देख्‍नुभयो, र उहाँले तिनीहरूलाई टिठ्याउनुभयो। किनकि तिनीहरू गोठालो नभएका भेड़ाहरूजस्‍ता थिए। र उहाँले तिनीहरूलाई धेरै कुरा सिकाउन लाग्‍नुभयो।

शेयर गर्नुहोस्
मर्कूस 6 पढ्नुहोस्

मर्कूस 6:30-34 नेपाली समकालीन संस्करण (NCV)

प्रेरितहरू येशूको वरिपरि भेला भए, अनि आफूले गरेका काम र सिकाएका सबै कुराहरू बताए। तब यति धेरै मानिसहरू आउँदैजाँदै गरेका थिए कि, उहाँहरूले खानसमेत मौका नपाउनुभएकोले उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू मात्र मसित एउटा एकान्त ठाउँमा आओ, अनि केही विश्राम लेओ।” यसकारण उहाँहरू अलग्गै एउटा डुङ्गामा चढेर पर एउटा एकान्त ठाउँमा जानुभयो। तर धेरैले उहाँहरू जाँदै गर्नुभएको देखेर उहाँहरूलाई चिनिहाले, अनि सबै शहरहरूबाट पैदलै दौडेर उहाँहरूभन्दा अघि त्यहाँ पुगे। जब येशू उत्रनुभयो, अनि उहाँले एउटा ठूलो भीडलाई देख्नुभयो, उहाँले तिनीहरूलाई टिठ्याउनुभयो; किनकि तिनीहरू गोठाला नभएका भेडाहरूझैं थिए। यसकारण उहाँले तिनीहरूलाई धेरै कुराहरू सिकाउन थाल्नुभयो।

शेयर गर्नुहोस्
मर्कूस 6 पढ्नुहोस्

मर्कूस 6:30-34 पवित्र बाइबल (NERV)

येशूले पठाउनु भएका प्रोरितहरू फर्केर उहाँ कहाँ आइपुगे। तिनीहरू उहाँको वरिपरि भेला भए, अनि तिनीहरूले गरेका र सिकाएका सबै कुरा उहाँलाई सुनाए। येशू र उहाँका चेलाहरू खुबै व्यस्त थिए। त्यहाँ धेरै मानिसहरू आउ-जाऊ गरिरहेकाथिए। येशू र उहाँका चेलाहरूलाई खानसम्म पनि समय थिएन। उहाँले चेलाहरूलाई भन्नुभयो, “मकहाँ आऊ, हामी सबै एकान्त ठाउँमा जाऊँ। त्यहाँ तिमीहरूलाई केही विश्राम मिल्नेछ।” यसकारण येशू र उहाँका चेलाहरू डुङ्गामा चढेर एकान्त ठाउँमा जानुभयो। तर धेरै मानिसहरूले उहाँहकलाई गएको देखे। तिनीहरूले थाहा पाए उहाँ येशू नै हुनुहुन्छ। अनि सबै शहरका मानिसहरू येशू भएकै तिर दगुरे। येशू पुग्नु भन्दा अघिनै मानिसहरू त्यहाँ पुगे। जब येशू किनारमा पुग्नुभयो, त्यहाँ अनेकौं मानिसहरू उहाँले देख्नु भयो। यो देखेर येशू तिनीहरूप्रति दयालू बन्नुभयो, किनभने तिनीहरू गोठालो बिनाको भेंड़ाहरू जस्तै थिए। अनि उहाँले ती मानिसहरूलाई धेरै कुराहरू सिकाउनु भयो।

शेयर गर्नुहोस्
मर्कूस 6 पढ्नुहोस्

मर्कूस 6:30-34 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

बाह्र जना चेलाहरू फर्केर येशूकहाँ जम्‍मा भई आफूले गरेका र सिकाएका सबै कुराहरू उहाँलाई सुनाए। अनि येशूले तिनीहरूलाई भन्‍नुभयो, “हामी एकान्‍त ठाउँमा गएर केही समय आराम गरौं।” किनभने त्‍यहाँ यति धेरै मानिसहरू आउने-जाने गर्थे कि येशू र उहाँका चेलाहरूलाई खानेसम्‍म पनि फुर्सद भएन। त्‍यसकारण उहाँहरू नाउमा चढेर एकान्‍त ठाउँमा जानुभयो। तर मानिसहरूले उहाँहरूलाई जाँदैगरेको देखे र धेरैले उहाँहरू जान लागेको ठाउँ थाहा पाए। अनि मानिसहरू सहरहरूबाट दगुर्दै उहाँहरूभन्दा पहिले नै त्‍यहाँ पुगे। येशू नाउबाट ओर्लनुहुँदा मानिसहरूको ठूलो घुइँचोले आफूलाई पर्खिरहेको देखेर येशूको हृदय मायाले भरियो किनभने तिनीहरू गोठाला नभएका भेडाजस्‍ता थिए। अनि उहाँले तिनीहरूलाई धेरै कुराको बारेमा शिक्षा दिन लाग्‍नुभयो।

शेयर गर्नुहोस्
मर्कूस 6 पढ्नुहोस्