YouVersion लोगो
खोज आइकन

मर्कूस 6:19-21

मर्कूस 6:19-21 नेपाली समकालीन संस्करण (NCV)

यसकारण हेरोदियासले यूहन्‍नाको विरुद्धमा एउटा ईख राखेकी थिइन्, अनि तिनलाई मार्न चाहन्थिन्, तर तिनले सकेकी थिइनन्, हेरोद यूहन्‍नादेखि डराउँथे, र तिनलाई सुरक्षित राखेका थिए; किनकि तिनी एक धार्मिक र पवित्र मानिस हुन् भनेर तिनले जान्दथे। जब हेरोदले यूहन्‍नाका कुरा सुन्थे, तिनी साह्रै विचलित हुन्थे, तर पनि तिनको कुरा सुन्‍न मन पराउँथे। आखिरमा अनुकूल समय आयो। आफ्नो जन्मदिनमा हेरोदले आफ्ना उच्‍च पदाधिकारीहरू, सेनाका कप्‍तानहरू अनि गालील प्रदेशका प्रमुख व्यक्‍तिहरूका निम्ति एउटा ठूलो भोजको आयोजना गरे।

शेयर गर्नुहोस्
मर्कूस 6 पढ्नुहोस्

मर्कूस 6:19-21 पवित्र बाइबल (NERV)

यसैकारणले गर्दा हेरोदियासले यूहन्नालाई घृणा गर्न थालेकी थिईन्। अनि हेरोदियास उसलाई मार्न चाहन्थिन्। तर हेरोदियासले यूहन्नालाई मार्न सकेकी थिईनन्। किन भने हेरोद यूहन्नालाई मार्न भयभीत थिए। हेरोदलाई थाहा थियो कि यूहन्नालाई मानिसहरूले एक धार्मिक र पवित्र मानिस हुन् भनेर मान्दथे। वा उपदेश सुन्न हेरोदलाई आनन्द लाग्थ्यो, तर यूहन्नाका उपदेशले हेरोदलाई खुबै बाधा पनि भयो। अब हेरोदियासले यूहन्नालाई मार्ने सही समय पाइन। यो घट्ना हेरोदको जन्मदिनमा भयो। हेरोदले आफ्ना प्रमुख सरकारी अधिकारीहरू सेनाका कप्तानहरू, अनि गालीलका सबै प्रमुख मानिसहरलाई आफ्नो जन्म उत्सवमा बेलुकीको भोज व्यवस्था गरे।

शेयर गर्नुहोस्
मर्कूस 6 पढ्नुहोस्

मर्कूस 6:19-21 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

त्‍यसो हुँदा हेरोदियासलाई यूहन्‍नासँग रिस उठेको थियो। तिनी यूहन्‍नालाई मार्न चाहन्‍थिन्, तर राजा हेरोद नमानेकाले तिनले केही गर्न सकिनन् किनभने यूहन्‍ना धर्मात्‍मा र पवित्र मानिस हुन् भन्‍ने कुरा हेरोदलाई थाहा थियो। यसकारण उनले यूहन्‍नालाई बचाइराखे। हेरोदले यूहन्‍नाको कुरा सुन्‍दा हेरोदको मन खल्बलिए पनि उनले तिनका कुरा सुन्‍न मन पराउँथे। आखिरमा हेरोदियासलाई बदला लिने मौका मिल्‍यो। हेरोदले आफ्‍नो जन्‍मदिनमा ठूलो भोज लगाएका थिए। त्‍यस भोजमा उनले आफ्‍ना भारदार, फौजी कप्‍तान र गालीलका अरू ठूला-ठूला मानिसहरूलाई निम्‍त्‍याएका थिए।

शेयर गर्नुहोस्
मर्कूस 6 पढ्नुहोस्