YouVersion लोगो
खोज आइकन

मर्कूस 6:1-56

मर्कूस 6:1-56 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

त्‍यहाँबाट निस्‍केर उहाँ आफ्‍नै नगरमा फर्कनुभयो। उहाँका चेलाहरू उहाँको पछि लागे। शबाथ-दिनमा उहाँले सभाघरमा शिक्षा दिन लाग्‍नुभयो। धेरै जना सुन्‍नेहरूले छक्‍क परेर भने, “यस मानिसले यी सब कहाँबाट पायो? यिनलाई दिइएको यो ज्ञान कस्‍तो हो? यिनका हातबाट भएका कार्यहरू कति शक्तिशाली? के यिनी त्‍यही सिकर्मी होइनन्‌ र? के यिनी त मरियमका छोरा तथा याकूब, योसेफ, यहूदा र सिमोनका दाजु होइनन्‌ र? के यिनका बहिनीहरू पनि हामीसँगै छैनन्‌ र?” अनि तिनीहरू उहाँसँग चिढ़िए। तब येशूले तिनीहरूलाई भन्‍नुभयो, “अगमवक्तालाई आफ्‍नो देश र आफ्‍नो नातादारहरूका बीचमा र आफ्‍नै घरमा बाहेक अन्‍त कहीँ अनादर हुँदैन।” र उहाँले त्‍यहाँ कुनै-कुनै रोगीहरूमाथि आफ्‍ना हात राखेर तिनीहरूलाई निको पार्ने कामबाहेक अरू कुनै शक्तिशाली काम गर्न सक्‍नुभएन। तिनीहरूको अविश्‍वास देखेर उहाँ छक्‍क पर्नुभयो। अनि उहाँ गाउँ-गाउँमा शिक्षा दिँदैजानुभयो। उहाँले बाह्र जनालाई आफूकहाँ बोलाउनुभयो, र तिनीहरूलाई दुई-दुई गरी पठाउनुभयो। तिनीहरूलाई अशुद्ध आत्‍माहरूमाथि अधिकार पनि दिनुभयो। तिनीहरूलाई उहाँले यस्‍तो आज्ञा दिनुभयो: “यात्राको निम्‍ति साथमा केही नबोक्‍नू, न त रोटी, न झोला, न खल्‍तीमा पैसा, तर एउटा लट्ठी मात्र बोक्‍नू। जुत्ता लाउनू, तर अरू बढ़ी दौरा नबोक्‍नू।” उहाँले तिनीहरूलाई भन्‍नुभयो, “जब कुनै घरमा पसौला, जबसम्‍म त्‍यस गाउँबाट निस्‍कँदैनौ तबसम्‍म त्‍यहीँ नै बस। यदि कुनै ठाउँमा तिमीहरूको स्‍वागत भएन भने, र मानिसहरूले तिमीहरूको वचन सुन्‍न इन्‍कार गरे भने, त्‍यस ठाउँबाट तिमीहरू निस्‍कँदा तिनीहरूका विरुद्धमा गवाहीको लागि आफ्‍नो पैतालाको धुलो टकटक्‍याइदिनू।” तब तिनीहरू निस्‍केर गई मानिसहरूले पश्‍चात्ताप गरून्‌ भनी प्रचार गरे। तिनीहरूले धेरै भूतहरूलाई निकाले, र धेरै रोगीहरूलाई तेलले अभिषेक गरेर निको पारे। हेरोद राजाले येशूको कीर्ति सुने, किनकि उहाँको नाउँ प्रचलित भएको थियो। कतिले भन्‍थे, “बप्‍तिस्‍मा-दिने यूहन्‍ना मरेकाबाट जीवित भएछन्, यसैले त तिनीद्वारा यस्‍ता शक्तिका काम भइरहेछन्‌।” तर अरूहरूले भने, “यिनी एलिया हुन्‌।” र अझै अरूहरूले भने, “यिनी त प्राचीन समयका अगमवक्ताहरूजस्‍तै एक अगमवक्ता हुन्‌।” तर जब हेरोदले यो सुने तब उनले भने, “यूहन्‍ना, जसको शिर मैले काट्‌न लगाएँ, त्‍यही बौरिउठेछ।” किनभने हेरोदले आफ्‍नो भाइ फिलिपकी पत्‍नी हेरोदियासको खातिर यूहन्‍नालाई पक्रन लाएर तिनलाई बाँधी झ्‍यालखानमा हालेका थिए, किनभने उनले हेरोदियासलाई विवाह गरेका थिए। किनकि यूहन्‍नाले हेरोदलाई यसो भनेका थिए, “आफ्‍नो भाइकी श्रीमती राख्‍नु तपाईंलाई न्‍यायसङ्गत छैन।” यसैले हेरोदियासले तिनीमाथि ईख राखेकी थिइन्, र तिनलाई मार्न चाहन्‍थिन्, तर सकेकी थिइनन्‌। किनकि यूहन्‍नालाई एक धर्मात्‍मा र पवित्र मानिस भनी ठानेर हेरोद तिनीसँग डराउँथे, र तिनलाई सुरक्षित राखेका थिए। यूहन्‍नाको शिक्षा सुन्‍दा उनी साह्रै विचलित हुन्‍थे, तापनि खुसीसित सुन्‍थे। तर अनुकूल मौका त्‍यस बेला आयो, जब हेरोदले आफ्‍नो जन्‍मोत्‍सवमा आफ्‍ना उच्‍च पदाधिकारीहरू, अधिकृतहरू र गालीलका मुख्‍य-मुख्‍य मानिसहरूलाई ठूलो भोज दिए। किनकि जब हेरोदियासकी आफ्‍नै छोरी भित्र आएर नाची, तब तिनले हेरोद र उनका अतिथिहरूलाई खुसी तुल्‍याई। अनि राजाले त्‍यस केटीलाई भने, “तिमीलाई जे इच्‍छा लाग्‍छ सो माग, र म तिमीलाई दिनेछु।” तिनले शपथ खाएर त्‍यसलाई भने, “तिमी मसँग जे माग्‍छ्यौ म मेरो आधा राज्‍यसम्‍म पनि तिमीलाई दिनेछु।” अनि त्‍यसले बाहिर निस्‍केर आफ्‍नी आमालाई सोधी, “म के मागूँ?” तिनले भनिन्, “बप्‍तिस्‍मा-दिने यूहन्‍नाको शिर।” त्‍यो झट्टै आतुरीसाथ भित्र राजाकहाँ गई, र यसो भनेर मागी, “हजूरले अहिले मलाई बप्‍तिस्‍मा-दिने यूहन्‍नाको शिर थालमा दिनुहोस्‌ भन्‍ने म इच्‍छा गर्दछु।” राजा अत्‍यन्‍तै दुःखित भए, तर उनले आफ्‍नो शपथ र भोजमा बस्‍ने अतिथिहरूका खातिर त्‍यस केटीलाई दिएको वचन तोड्‌न चाहेनन्‌। राजाले तुरुन्‍तै गारदको एक जना सिपाहीलाई पठाएर यूहन्‍नाको शिर ल्‍याउने हुकुम दिए। अनि त्‍यसले झ्‍यालखानमा गएर यूहन्‍नाको शिर काट्यो, र तिनको शिर थालमा ल्‍याएर केटीलाई दियो, र केटीले त्‍यो त्‍यसकी आमालाई दिई। यूहन्‍नाका चेलाहरूले जब यो कुरा सुने तब तिनीहरू आएर तिनको लाश उठाएर चिहानमा लगेर राखे। अनि प्रेरितहरू येशूकहाँ भेला भए, र तिनीहरूले जे-जे गरेका थिए र सिकाएका थिए, ती सबै उहाँलाई बयान गरे। उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू आफै पनि मसँग एकान्‍त ठाउँमा आओ, र केही थकाइ मार।” किनकि त्‍यहाँ आउनेजानेहरू धेरै थिए, र उहाँहरूलाई खानसम्‍म पनि फुर्सद थिएन। अनि उहाँहरू डुङ्गामा सुटुक्‍क एउटा एकान्‍त ठाउँमा जानुभयो। धेरै मानिसहरूले उहाँहरू गइरहनुभएको देखे, र धेरैले चिने, अनि सबै सहरहरूबाट पैदलै दौड़ेर त्‍यता गए, र उहाँहरूलाई उछिनेर अगाडि पुगे। जब उहाँ किनारमा उत्रनुभयो तब उहाँले एउटा ठूलो भीड देख्‍नुभयो, र उहाँले तिनीहरूलाई टिठ्याउनुभयो। किनकि तिनीहरू गोठालो नभएका भेड़ाहरूजस्‍ता थिए। र उहाँले तिनीहरूलाई धेरै कुरा सिकाउन लाग्‍नुभयो। अनि जब दिन धेरै ढल्‍क्‍यो तब उहाँका चेलाहरूले उहाँकहाँ आएर भने, “यो एकान्‍त ठाउँ छ, र अब दिन धेरै ढल्‍किसक्‍यो। मानिसहरूलाई बिदा दिनुहोस्, र तिनीहरूले वरपरका बस्‍ती र गाउँहरूमा गएर आफ्‍ना लागि केही खानेकुरा किनून्‌।” तर उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले नै तिनीहरूलाई केही खान देओ।” तर तिनीहरूले उहाँलाई भने, “के हामीले गएर दुई सय दिनारको रोटी किनेर तिनीहरूलाई खान दिने र?” उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूसँग कति वटा रोटी छन्? गएर हेर।” अनि पत्ता लाएपछि तिनीहरूले भने, “पाँच रोटी र दुई वटा माछा।” अनि उहाँले मानिसहरूलाई हरियो चउरमा दल बाँधेर बस्‍ने हुकुम गर्नुभयो। तिनीहरू सय-सय र पचास-पचासका ताँती लागेर बसे। उहाँले ती पाँच रोटी र दुई वटा माछा लिएर स्‍वर्गतिर हेरी आशीर्वाद दिनुभयो, र ती रोटीहरू भाँच्‍नुभयो अनि मानिसहरूका अगाडि राखिदेऊन्‌ भनेर चेलाहरूलाई दिनुभयो, र ती दुई माछा पनि उहाँले सबैलाई बाँड़िदिनुभयो। अनि सबैले खाए, र तृप्‍त भए। पछिबाट चेलाहरूले रोटी र माछाका उब्रेका टुक्राहरू बाह्र डालाभरि उठाए। रोटी खाने पुरुषहरू पाँच हजार थिए। अनि उहाँले तुरुन्‍तै आफ्‍ना चेलाहरूलाई डुङ्गामा चढ़ेर पारि बेथसेदामा उहाँभन्‍दा अघि जान अह्राउनुभयो, र त्‍यतिञ्‍जेल उहाँले चाहिँ भीड़लाई बिदा दिनुभयो। तिनीहरूसँग बिदा भएपछि उहाँचाहिँ डाँड़ामा प्रार्थना गर्न जानुभयो। साँझ पर्दा डुङ्गा समुद्रको बीचमा थियो, र उहाँचाहिँ एकलै पाखामा हुनुहुन्‍थ्‍यो। चेलाहरूलाई डुङ्गा ख्‍याउन कष्‍ट भइरहेको उहाँले देख्‍नुभयो, किनभने बतास तिनीहरूका विपरीत थियो। तीन बजे बिहानतिर उहाँ तिनीहरूकहाँ समुद्रमाथि हिँड्‌दैआउनुभयो, र तिनीहरूलाई उछिनेर जान लाग्‍नुहुँदा तिनीहरूले उहाँलाई समुद्रमाथि हिँड़िरहनुभएको देखेर प्रेत हो भन्‍ठाने, र तिनीहरू चिच्‍च्‍याए। किनकि उहाँलाई देखेर सबै डराएका थिए। तर झट्टै उहाँले तिनीहरूलाई भन्‍नुभयो, “ढाड़स गर, म हुँ, नडराओ।” अनि उहाँ तिनीहरूकहाँ डुङ्गाभित्र चढ्‌नुभयो, र बतास थामिहाल्‍यो। अनि तिनीहरू अत्‍यन्‍त अचम्‍मित भए, किनकि तिनीहरूले रोटीका विषयको कुरा बुझेकै थिएनन्, तर तिनीहरूको हृदय कठोर भएको थियो। समुद्र पार भएपछि उहाँहरू गनेसरेतको मुलुकमा आइपुग्‍नुभयो, र तिनीहरूले डुङ्गा किनारमा लगाए। जब उहाँहरू डुङ्गाबाट निस्‍कनुभयो तब उत्तिखेरै मानिसहरूले येशूलाई चिनिहाले, र छेउछाउका समस्‍त गाउँ हुँदो तिनीहरू दगुरिगए, र जहाँ येशू हुनुहुन्‍छ भनी सुने त्‍यहाँ बिरामीहरूलाई बिछ्याउनामा राखेर ल्‍याउन लागे। अनि गाउँहरूमा वा सहरहरूमा वा बस्‍तीहरूमा जहाँ-जहाँ उहाँ पस्‍नुभयो, मानिसहरूले रोगीहरूलाई बजार-बजारमा राखिदिए, र उहाँका वस्‍त्रको छेउ मात्र पनि छुन पाऔं भनी तिनीहरूले उहाँलाई बिन्‍ती गरे, र जतिले छोए तिनीहरू सबै निको भए।

शेयर गर्नुहोस्
मर्कूस 6 पढ्नुहोस्

मर्कूस 6:1-56 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

येशू त्यहाँबाट निस्केर आफ्ना चेलाहरूसित आफू हुर्केको सहरमा जानुभयो। शब्बाथ आएपछि उहाँले सभाघरमा सिकाउन लाग्नुभयो; अनि उहाँलाई सुन्‍नेहरू धेरै जना छक्‍क परे। तिनीहरूले सोधे, “यस मानिसले यी कुराहरू कहाँबाट पाए? यसलाई दिइएको यो कस्तो बुद्धि हो? यसले गरेका यी अचम्मका कामहरू उल्‍लेखनीय छन्? के यो सिकर्मी होइन? के यो मरियमको छोरा, र याकोब, योसेफ, यहूदा र सिमोनको दाजु होइन? के यसका बहिनीहरू यहाँ हामीसित छैनन्?” अनि तिनीहरू उहाँसित चिढिए। तब येशूले तिनीहरूलाई भन्‍नुभयो, “आफ्नै सहरमा, आफ्नै नातेदारहरूको बीचमा र आफ्नै घरमा बाहेक अरू कहीँ पनि अगमवक्तालाई अनादर गरिँदैन” उहाँले त्यहाँ केही बिरामीहरूमाथि हात राखेर तिनीहरूलाई निको पार्ने कामबाहेक अरू कुनै अचम्मका कामहरू गर्न सक्नुभएन। उहाँ तिनीहरूका अविश्‍वास देखेर छक्‍क पर्नुभयो। त्यसपछि येशू चारैतिर सिकाउँदै एउटा गाउँदेखि अर्को गाउँमा जानुभयो। तब उहाँले बाह्र जनालाई आफूकहाँ बोलाउनुभयो, र तिनीहरूलाई दुई-दुई जना गरेर पठाउनुभयो; अनि तिनीहरूलाई अशुद्ध आत्माहरू धपाउने अधिकार दिनुभयो। उहाँका आदेशहरू यस्ता थिए: “यात्राका लागि एउटा लहुरोबाहेक केही पनि नलिनू; न रोटी, न थैली, न पटुकामा पैसा। जुत्ता लगाउनू, तर दुईसरो लुगा नबोक्नू। जब तिमीहरू कुनै घरमा पस्छौ, तिमीहरूले त्यो सहरलाई नछोडेसम्म त्यहीँ अतिथीको रूपमा बस। अनि यदि कुनै ठाउँमा तिमीहरूलाई स्वागत हुँदैन वा तिमीहरूका कुरा सुनिँदैन भने तिमीहरू त्यो ठाउँ छोडेर जाँदा तिनीहरूका विरुद्धमा गवाहीको निम्ति आफ्ना पैतालाको धुलोसमेत टक्टक्याइदेओ।” तिनीहरू गए, र मानिसहरूले पश्‍चात्ताप गर्नुपर्छ भनी प्रचार गरे। तिनीहरूले धेरै भूतहरू धपाए, र धेरै रोगीहरूलाई तेलले अभिषेक गरेर निको पारे। राजा हेरोदले येशूको विषयमा सुने; किनकि उहाँको नाम चारैतिर प्रचलित भएको थियो। कतिले भन्दैथिए, “बप्‍तिस्मा दिने यूहन्‍ना मरेकाहरूबाट जीवित भएछन्, त्यसकारण तिनीद्वारा शक्तिशाली कामहरू भइरहेका छन्।” अनि अरूले भने, “तिनी एलिया हुन्।” अनि अझै अरूले यसो भनी दाबी गरे, “तिनी उहिलेका अगमवक्ताहरूमध्ये एक जना अगमवक्ता हुन्।” जब हेरोदले यो सुने, तिनले भने, “मैले शिर कटाएको मानिस यूहन्‍ना मरेकोबाट जीवित भएको छ।” किनकि हेरोद आफैँले यूहन्‍नालाई पक्रन र बाँधेर झ्यालखानामा हाल्ने आदेश दिएका थिए; किनभने तिनले आफ्नै भाइ फिलिपकी पत्नी हेरोदियासको कारणले यसो गरेका थिए; जसलाई तिनले विवाह गरेका थिए। किनकि यूहन्‍नाले हेरोदलाई यसो भनेका थिए, “आफ्नै भाइकी पत्नी राख्नु तपाईंलाई उचित छैन।” यसकारण हेरोदियासले यूहन्‍नामाथि इबी पालिराखेकी थिइन्; अनि तिनलाई मार्न चाहन्थिन्, तर तिनले सकेकी थिइनन्। हेरोद यूहन्‍नादेखि डराउँथे, र तिनलाई सुरक्षित राखेका थिए; किनकि तिनी एक धर्मी र पवित्र मानिस हुन् भनेर तिनले जान्दथे। जब हेरोदले यूहन्‍नाका कुरा सुन्थे, तब तिनी साह्रै विचलित हुन्थे, तर पनि तिनको कुरा सुन्‍न मन पराउँथे। आखिरमा अनुकूल समय आयो। आफ्नो जन्मदिनमा हेरोदले आफ्ना उच्‍च पदाधिकारीहरू, सेनाका सेनापतिहरू र गालील प्रदेशका प्रमुख व्यक्तिहरूका निम्ति एउटा ठूलो भोजको आयोजना गरे। तब हेरोदियासकी छोरी भित्र आएर नाची; अनि उसले हेरोद र तिनका भोजमा आएका पाहुनाहरूलाई खुशी पारी। राजाले त्यस केटीलाई भने, “तिमी जे चाहन्छ्यौ, सो मसित माग, म तिमीलाई दिनेछु।” अनि तिनले शपथ खाएर उसलाई वचन दिए, “तिमीले जे माग्छ्यौ, सो म तिमीलाई दिनेछु, मेरो आधा राज्यसम्म पनि दिनेछु।” त्यसले गएर आफ्नी आमालाई सोधी, “म के मागूँ?” तिनले जवाफ दिइन्, “बप्‍तिस्मा दिने यूहन्‍नाको शिर।” त्यो केटी तुरुन्तै हतारिँदै भित्र राजाकहाँ गएर यो बिन्ती चढाई: “तपाईंले अहिल्यै बप्‍तिस्मा दिने यूहन्‍नाको शिर मलाई यस थालमा दिनुहोस् भन्‍ने म चाहन्छु।” राजा अत्यन्तै दुःखित भए; तर आफ्नो शपथ र भोजमा बसेका पाहुनाहरूका निम्ति उसलाई इन्कार गर्ने इच्छा गरेनन्। यसकारण तिनले तुरुन्तै जल्‍लादलाई यूहन्‍नाको शिर ल्याउनू भनेर आज्ञा दिई पठाए। त्यो मानिस गयो, र झ्यालखानामा यूहन्‍नाको शिर काट्यो, अनि तिनको शिर एउटा थालमा ल्यायो। तिनले त्यो त्यस केटीलाई दिए; अनि उसले त्यो आफ्नी आमालाई दिई। यो सुनेर यूहन्‍नाका चेलाहरू आए; र तिनको लास लगेर चिहानमा राखे। प्रेरितहरू येशूको वरिपरि भेला भए, र आफूले गरेका र आफूले सिकाएका सबै कुराहरू बताए। मानिसहरू आवतजावत गरेका कारण उहाँहरूले खानसमेत मौका पाउनुभएको थिएन। तब उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू मसित एकान्त ठाउँमा हिँड, र केही बेर विश्राम गर।” यसकारण उहाँहरू अलग्गै एउटा डुङ्गामा चढेर पर एउटा एकान्त ठाउँमा जानुभयो। तर धेरैले उहाँहरूलाई जाँदै गर्नुभएको देखेर उहाँहरूलाई चिनिहाले; अनि सबै सहरहरूबाट आएकाहरू पैदलै दौडेर उहाँहरूभन्दा अगि नै त्यस ठाउँमा पुगे। जब येशू ओर्लनुभयो, तब उहाँले एउटा ठूलो भीडलाई देख्नुभयो। उहाँले तिनीहरूलाई देखेर टिठ्याउनुभयो; किनकि तिनीहरू गोठाला नभएका भेडाहरूझैँ थिए। यसकारण उहाँले तिनीहरूलाई धेरै कुराहरू सिकाउन थाल्नुभयो। त्यस बेला दिन ढल्किसकेको थियो। त्यसकारण उहाँका चेलाहरूले उहाँकहाँ आएर भने, “यो एउटा सुनसान ठाउँ हो, र समय धेरै ढिलो भइसकेको छ। यी मानिसहरूलाई पठाइदिनुहोस्, ताकि तिनीहरू छेउछाउका गाउँ र बस्तीहरूतिर गएर आफ्ना लागि केही खानेकुराहरू किनून्।” तर उहाँले भन्‍नुभयो, “तिमीहरूले नै तिनीहरूलाई केही खान देओ।” तिनीहरूले उहाँलाई भने, “त्यसका लागि छ महिनाभन्दा बढीको ज्याला चाहिन्छ! के हामी गएर रोटीको लागि यति धेरै खर्च गरेर तिनीहरूलाई खान दिएको तपाईं चाहनुहुन्छ र?” उहाँले सोध्नुभयो, “तिमीहरूसित कति वटा रोटी छन्? जाओ, गएर हेर।” तिनीहरूले पत्ता लगाएर भने, “पाँच वटा रोटी र दुई वटा माछा रहेछन्।” तब येशूले सबै मानिसलाई झुण्ड-झुण्ड बनाएर हरियो चउरमा बसून् भनी आज्ञा दिनुभयो। यसकारण तिनीहरू सय-सय र पचास-पचासको झुण्ड बनाएर बसे। ती पाँच वटा रोटी र दुई वटा माछा लिएर स्वर्गतिर हेर्दै उहाँले धन्यवाद दिनुभयो, र रोटी भाँच्नुभयो। तब उहाँले ती कुराहरू मानिसहरूमा बाँडिदिनको लागि चेलाहरूलाई दिनुभयो। उहाँले ती दुई माछाहरू पनि तिनीहरूलाई बाँडिदिनुभयो। तिनीहरू सबैले पेटभरि खाए। अनि चेलाहरूले उब्रेका टुक्राहरू जम्मा पार्दा रोटी र माछाले बाह्र डालाभरि उठाए। ती खानेहरूमा पुरुषहरू मात्रै पाँच हजार थिए। तुरुन्तै येशूले आफ्ना चेलाहरूलाई डुङ्गामा चढाएर उहाँभन्दा पहिल्यै बेथसेदामा जान लगाउनुभयो। अनि आफूले चाहिँ भीडलाई बिदा दिनुभयो। तिनीहरूबाट बिदा भएपछि उहाँ प्रार्थना गर्नलाई एउटा पहाडमा जानुभयो। त्यस बेला रात परिसकेको थियो। डुङ्गा तालको माझमा थियो, र उहाँचाहिँ एकलै किनारमा हुनुहुन्थ्यो। उहाँले चेलाहरूलाई डुङ्गा खियाउनका लागि खूबै परिश्रम गरिरहेका देख्नुभयो; किनकि बतास तिनीहरूको विपरीतबाट चलिरहेको थियो। अनि बिहान तीन बजेतिर उहाँ समुद्रमाथि हिँड्दै तिनीहरूतिर जानुभयो। उहाँले तिनीहरूलाई उछिनेर जान लाग्नुहुँदा, जब तिनीहरूले उहाँलाई तालमाथि हिँडिरहनुभएको देखे, तब तिनीहरूले उहाँलाई भूत हो भनी ठानेर जोडले चिच्याए; किनकि तिनीहरू उहाँलाई देखेर भयभीत भए। तर तुरुन्तै उहाँले तिनीहरूलाई भन्‍नुभयो, “साहस गर! म नै हुँ; नडराओ।” तब उहाँ तिनीहरूसित डुङ्गामा चढ्नुभयो, र बतास थामियो। तिनीहरू अत्यन्तै छक्‍क परे; किनकि तिनीहरूले ती रोटीहरूको विषयमा अझै बुझेका थिएनन्; तिनीहरूका हृदय कठोर भएको थियो। उहाँहरू पारि तर्नुभएपछि गनेसरेतमा आइपुग्नुभयो, र डुङ्गा किनारमा लगाउनुभयो। उहाँहरू डुङ्गाबाट निस्कनसाथ येशूलाई मानिसहरूले चिनिहाले। तिनीहरू सारा प्रदेशभरि दगुरे, र उहाँ जहाँ-जहाँ हुनुहुन्छ भनी सुने, त्यहाँ-त्यहाँ रोगीहरूलाई ओछ्यानमा बोकेर लगे। अनि उहाँ जुनसुकै ठाउँ अर्थात् गाउँहरू, सहरहरू र बस्तीहरूमा जानुहुन्थ्यो, तिनीहरूले रोगीहरूलाई सार्वजनिक स्थलहरूमा राखिदिन्थे। तिनीहरूले उहाँको वस्त्रको किनार मात्र भए पनि छुन पाऊन् भनी उहाँलाई बिन्ती गरे; अनि जतिले उहाँलाई छोए, तिनीहरू सबै निको भए।

शेयर गर्नुहोस्
मर्कूस 6 पढ्नुहोस्

मर्कूस 6:1-56 पवित्र बाइबल (NERV)

येशूले त्यस ठाऊँ छोडनुभयो अनि उहाँ आफ्नो शहर र्फकनुभयो। उहाँका चेलाहरू उहाँसँगै गए। विश्रामको दिनमा येशूले सभाघरमा शिक्षा दिन शुरू गर्नुभयो। धेरै मानिसहरू उहाँको शिक्षा सुनेर छक्क परे, तिनीहरूले भने, “यो मानिसले यो शिक्षा कहाँबाट पायो? यो ज्ञान उहाँले कहाँबाट पाएका हुन्? कसले उहाँलाई यो दिएका हुन्? अनि यस्तो आश्चर्य-कर्महरू गर्ने शक्ति उहाँले कहाँबाट पाएका हुन्? के उहाँ त्यही सिकर्मी होईनन्? अनि के उहाँकी आमा मरियम अनि याकूब, योसेफ, यहूदा र सिमोन भाइहरू होइनन्? अनि के उहाँका बहिनीहरू यहाँ हामीसँग छैनन्?” ती मानिसहरूले येशूलाई स्वीकार गर्न सकेनन्। येशूले मानिसहरूलाई भन्नुभयो, “अरू मानिसहरूले अगमवक्तालाई आदर गर्दछन्। तर आफ्नै शहरमा आफ्नै आफन्तहरू अनि आफ्नै परिवार माझमा एक अगमवक्ताको आदर हुँदैन।” येशूले त्यस शहरमा त्यत्ति धेरै आशचर्य कर्महरू गर्नसक्नु भएन। उहाँले केही पीडित मानिसहरूलाई आफ्नो हात राखेर निको पार्नु वाहेक अरू केही सक्तिको काम गर्नु भएन। ती मानिसहरूमा विश्वास नदेखेर येशू अत्यन्तै अचम्मित हुनु भयो। त्यसपछि येशू त्यस इलाकाका गाउँहरूतिर जानुभयो र शिक्षा दिन लाग्नुभयो। येशूले बाह्रजना चेलाहरूलाई आफूकहाँ बोलाउनभयो। येशूले तिनीहरूलाई दुइ-दुइ जनाको दलमा पठाऊनु भयो। येशूले दुष्ट-आत्माहरूमाथि अधिकार जमाउने शक्ति तिनीहरूलाई दिनुभयो। येशूले चेलाहरूलाई भन्नुभयोः “यात्रामा जाँदा तिमीहरूले साथमा एउटा लौरो बाहेक केही नबोक्नु। रोटी नबोक, थैली नबोक अनि पटुकामा पैसाहरू पनि नबोक। जूत्ता लगाऊ, आफूले लागएको लुगाफाटाहरू मात्र बोक। जब तिमीहरू कुनै घरमा पस्छौ, तब त्यो शहर नछोडेसम्म त्यो घरपनि नछोड। यदि कुनै शहरले तिमीहरूलाई स्वागत गरेन वा तिमीहरूको कुरा सुनेन् भने त्यो शहर छोड, शहर छोड्दा तिम्रा पैतालाका धूलोहरू पनि टक्टकाइदेऊ। यही नै तिनीहरूलाई चेतावनी हुनेछ।” चेलाहरूले त्यो ठाऊँ छोडी अर्को ठाहरूमा गए। तिनीहरूले मानिसहरूलाई जीवन शैली परिवर्तन गर्नु भने, “तिमीहरूले आफ्नो हृदय र रहन सहन परिवर्तन गर्नुपर्छ।” चेलाहरूले मानिसहरूमा भएका धेरै दुष्ट-आत्माहरूलाई भगाईदिए, अनि तिनीहरूले रोगीहरूलाई भद्राक्षेको तेल घसे र निको पारिदिए। राजा हेरोदले येशूको बारेमा सुने, किनभने अहिलेसम्म येशूलाई सबैले चिनिसकेका थिए। कसै कसैले भने, “ऊ नै बप्तिस्मा दिने यूहन्ना हुन्। मृत्युबाट उहाँलाई बौराइको हो। यसैले उहाँले चमत्कारहरू गर्न सक्नुहुन्छ।” अरू कति मानिसहरूले भने, “उनी नै एलिया हुन्।” अरू मानिसहरूले भने, “येशू नै अगमवक्ता हुनुहुन्छ। उहाँ अगमवक्ताहरू जस्तै हुनुहुन्छ जो धेरै वर्ष अघि थिए।” हेरोदले येशूको बारेमा यी सब कुरा सुनिसकेका थिए, तिनेले भने, “मैले टाऊको काटेर यूहन्नालाई मारेको थिएँ। अहिले यूहन्नानै मृत्युबाट बौरी उठेको छ।” हेरोद आफैंले आफ्ना सिपाही हरूलाई यूहन्नालाई पक्रनु भनेर हुकूम दिएका थिए। अनि यूहन्नालाई झ्यालखानमा राखियो। हेरोदले यी सब काम आफ्नो भाइ फिलिपकी पत्नी हेरोदियासलाई ऋणी तुल्याउन गरेको थिए। तर हेरोदले हेरोदियासलाई विवाह गरेको थिए। यूहन्नाले हेरोदलाई भनेका थिए, “तिमीलाई तिम्रा भाइकी पत्नीसँग विवाह गर्ने अधिकार छैन।” यसैकारणले गर्दा हेरोदियासले यूहन्नालाई घृणा गर्न थालेकी थिईन्। अनि हेरोदियास उसलाई मार्न चाहन्थिन्। तर हेरोदियासले यूहन्नालाई मार्न सकेकी थिईनन्। किन भने हेरोद यूहन्नालाई मार्न भयभीत थिए। हेरोदलाई थाहा थियो कि यूहन्नालाई मानिसहरूले एक धार्मिक र पवित्र मानिस हुन् भनेर मान्दथे। वा उपदेश सुन्न हेरोदलाई आनन्द लाग्थ्यो, तर यूहन्नाका उपदेशले हेरोदलाई खुबै बाधा पनि भयो। अब हेरोदियासले यूहन्नालाई मार्ने सही समय पाइन। यो घट्ना हेरोदको जन्मदिनमा भयो। हेरोदले आफ्ना प्रमुख सरकारी अधिकारीहरू सेनाका कप्तानहरू, अनि गालीलका सबै प्रमुख मानिसहरलाई आफ्नो जन्म उत्सवमा बेलुकीको भोज व्यवस्था गरे। हरोदियासकी छोरी आएर नाची, अनि उसले हेरोद र तिनका अतिथिहरूलाई जो उसँग खाँदै थिए खुशी पारी। अनि राजा हेरोदले आफ्नी छोरीलाई भने, “तिमीले चाहेको केही पनि माग म तिमीलाई त्यो दिनेछु।” हेरोदले शपथ खाएर त्यसलाई भने, “तिमीले जे पनि माग्दछौ म त्यो दिनेछु तिमीलाई मेरो राज्यकै आधा हिस्सा समेत दिनेछु।” छोरी त्यहाँबाटा गई, अनि आफ्नो आमालाई सोधी, “राजा हेरोदसँग म के चीज माँगु?” उसकी आमाले जवाफ दिई, “बप्तिस्मा दिने यूहन्नाको शिर माग।” तत्कालै छोरी राजा भएकहाँ गई, अनि उसले राजालई भनी, “दया गरी मलाई बप्तिस्मा दिने यूहन्नाको शिरको दिनुहोस्। अहिलै नै एउटा थालमा मलाई त्यो ल्याइदिनुहोस्।” राजा हेरोद खूबै दुःखीत भए। तर छोरीले मागेको जे चीजपनि पूरा गर्न उसले शपथ खाएको थियो। अनि खाना खान बसेका मानिसहरूले उसले भनेका यी सबै कुरा सुनेका थिए। यसैले उसले मागेको कुरा अस्वीकार गर्न हेरोदले चाहेनन्। त्यसपछि हेरोदले एकजना सैनिकलाई यूहन्नाको शिर ल्याउनु भन्ने हुकुम गर्यो। त्यो सिपाही गयो, अनि यूहन्नाको शिर झ्यालखानमा काट्यो। केही बेरपछि उसले यूहन्नाको शिर एउटा थालमा लिएर आयो। त्यसले शिर त्यो केटीलाई दियो। अनि उसले त्यो आफ्नो आमालाई दिईन्। यूहन्नाको चेलाहरूले यो घट्ना भएको सबै सुने। अनि तिहरू आए र यूहन्नाको लाश लगे अनि त्यसलाई चिहानमा लगेर राखे। येशूले पठाउनु भएका प्रोरितहरू फर्केर उहाँ कहाँ आइपुगे। तिनीहरू उहाँको वरिपरि भेला भए, अनि तिनीहरूले गरेका र सिकाएका सबै कुरा उहाँलाई सुनाए। येशू र उहाँका चेलाहरू खुबै व्यस्त थिए। त्यहाँ धेरै मानिसहरू आउ-जाऊ गरिरहेकाथिए। येशू र उहाँका चेलाहरूलाई खानसम्म पनि समय थिएन। उहाँले चेलाहरूलाई भन्नुभयो, “मकहाँ आऊ, हामी सबै एकान्त ठाउँमा जाऊँ। त्यहाँ तिमीहरूलाई केही विश्राम मिल्नेछ।” यसकारण येशू र उहाँका चेलाहरू डुङ्गामा चढेर एकान्त ठाउँमा जानुभयो। तर धेरै मानिसहरूले उहाँहकलाई गएको देखे। तिनीहरूले थाहा पाए उहाँ येशू नै हुनुहुन्छ। अनि सबै शहरका मानिसहरू येशू भएकै तिर दगुरे। येशू पुग्नु भन्दा अघिनै मानिसहरू त्यहाँ पुगे। जब येशू किनारमा पुग्नुभयो, त्यहाँ अनेकौं मानिसहरू उहाँले देख्नु भयो। यो देखेर येशू तिनीहरूप्रति दयालू बन्नुभयो, किनभने तिनीहरू गोठालो बिनाको भेंड़ाहरू जस्तै थिए। अनि उहाँले ती मानिसहरूलाई धेरै कुराहरू सिकाउनु भयो। साँझको बेला थियो। येशूका चेलाहरू उहाँकहाँ आए। तिनीहरूले भने, “यो एउटा टाढाको स्थान हो, अनि अहिले अबेर पनि भइसक्यो। यसकारण यी मानिसहरूले, खानाका निम्ति केही किन्न छेउछाउका वस्ती र शहरमा जानलाई पठादिनु होस्।” तर येशूले भन्नुभयो, “तिमीहरूले नै तिनीहरूलाई केही खानदेओ।” चेलाहरूले येशूलाई भने, “के! यत्रो मानिसलाई खुवाउन रोटीहरू किन्न हामी जानु? त्यति धेरै रोटीहरू किन्ने पैसा कमाउनलाई हामीले एक महीना काम गर्नु पर्नेछ!” येशूले चेलाहरूलाई भन्नुभयो, “तिमीहरूसँग अहिले कतिवटा रोटी छन्? जाऊ अनि हेर।” चेलाहरूले तिनीहरूसित भएको रोटीहरू गन्ती गरे। तिनीहरू येशूकहाँ आए अनि भने, “हामीसँग पाँचवटा रोटी र दुइवटा माछाका टुक्रा छन्।” तब येशूले आफ्नो चेलाहरूलाई आज्ञा गर्नुभयो, “सबै मानिसहरूलाई झुण्ड-झुण्ड भएर हरियो घाँसमा बस्नु भन।” अनि सबै गए अनि झुणड-झुण्डमा चौरमा विभाजित भए प्रत्येक झुण्डमा प्रायः 50 जना वा 100 जना मानिस थिए। उहाँले पाँचवटा रोटी र दुइवटा माछाको टुक्रा लिनुभयो। उहाँले स्वर्गतिर हेर्नुभयो अनि रोटीको निम्ति परमेश्वरलाई धन्यवाद चढाउनु भयो। अनि उहाँले ती रोटीहरू टुक्रा पारेरे मानिसहरूलाई दिनु भनी आफ्ना चेलाहरूलाई दिनुभयो। उहाँले ती माछाहरूलाई टुक्रा पार्नु भयो अनि प्रत्येकलाई दिनुभयो। सबैले अघाउन्जेल खाए। मानिसहरूले प्रशस्त खाना खाए पछि चेलाहरूले बाह्रवटा टोकरीहरू उब्रिएका रोटी र माछाका टुक्राहरूले भरे। त्यहाँ पाँचहजार मानिसहरू थिए जसले खाना खाए। तब, येशूले आफ्ना चेलाहरूलाई डुङ्गामा चढेर बेत्सैदामा समुद्रको अर्कोतर्फ जान लगाउनु भयो। केहीसमय पछि उहाँ आउनेछु भनी उहाँले भन्नु भयो। उहाँ ती सबै मानिसहरूलाई आ-आफ्ना घर पठाउन चाहनु हुन्थ्यो। तिनीहरूलाई विदा गरेपछि, येशू एउटा पहाडतिर प्रार्थना गर्न जानुभयो। त्यस रात, डुङ्गा समुद्रको बीचमा थियो। अनि योशू चाँहि एकलै भूमिमा हुनुहुन्थ्यो। येशूले डुङ्गालाई समूद्रको धेरै टाढा पुगेको देख्नुभयो। उहाँले डुङ्गा खियाउनलाई चेलाहरूले कष्ट गरिरहेको देख्नुभयो। किनभने आँधी तिनीहरूको विरूद्ध चलिरहेको थियो। यो त्यस्तै तीन र छः बजे बिहान बिचको समय थियो। उहाँ डुङ्गा भएतिर जानुभयो। उहाँ पानीमा हिँड्नु भयो। उहाँले लगातार हिँडेर डुङ्गालाई समेत पार गर्ने इच्छा गर्नुभयो। यसैबेला चेलाहरूले येशूलाई पानीमा आँउदै गरेको देखे, तिनीहरूले सोचे त्यो भूत हो। चेलाहरू डरले चिच्याए। सबै चेलाहरू उहाँलाई देखेर भयभीत भए। तर उहाँले तिनीहरूलाई तुरन्तै भन्नुभयो, “साहस राख, म नै हुँ। डराउनु पर्दैन।” त्यसपछि उहाँ चेलाहरू सहित डुङ्गाभित्र जानुभयो। अनि आँधी शान्त भयो। चेलाहरू एकदमै छक्क परे। तिनीहरूले येशूले पाँचवटा रोटीलाई धेरै पारेका देखेका थिए। तर यसको अर्थ के हो भनेर तिनीहरू जान्दैन थिए। तिनीहरू यी सब बुझ्नलाई योग्य थिएनन्। येशूका चेलाहरूले ताल पार गरे। तिनीहरू गनेसरेतको किनारमा आईपुगे। तिनीहरूले डुङ्गालाई त्यहाँ बाँधेर राखे। जब तिनीहरूले डुङ्गाबाट बाहिरिए, मानिसहरूले येशूलाई देखे। तिनीहरूले उहाँलाई चिने। ती मानिसहरू त्यो क्षेत्रका वरिपरि दगुर्दै गएर मानिसहरूलाई येशू यहाँ हुनुहुन्छ भन्न लागे। उहाँ भएका ठाँउमा ती मानिसहरूले अनेकौं रोगीहरूलाई लिएर आए। येशू त्यस क्षेत्रको शहर, बस्ती र गाउँहरू सबै ठाउँमा जानुभयो। अनि जहाँ-जहाँ उहाँ जानुभयो मानिसहरूले रोगीहरूलाई बजारमा ल्याए। तिनीहरूले येशूलाई ती मानिसहरूलाई केवल उहाँका लुगाको छेउ छुन देनुहोस् भनी बिन्ती गरे, अनि सबै मानिसहरू जसले येशूलाई छोए निको पनि भए।

शेयर गर्नुहोस्
मर्कूस 6 पढ्नुहोस्

मर्कूस 6:1-56 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

त्‍यो ठाउँ छोडेर येशू आफू हुर्केको सहर नासरतमा जानुभयो। उहाँका चेलाहरू पनि उहाँसँगै गए। विश्रामको दिनमा येशूले सभाघरमा शिक्षा दिन लाग्‍नुभयो। उहाँका शिक्षा सुन्‍ने धेरै मानिसहरूले छक्‍क पर्दै आपसमा यसरी कुरा गर्न लागे, “यसले यी कुराहरू कहाँबाट सिक्‍यो हँ? कस्‍तो बुद्धि पाएछ! कसरी यस्‍ता अचम्‍मका कामहरू गर्न सक्‍छ? यो त्‍यही मरियमको छोरो सिकर्मी होइन र? के यो याकूब, योसेफ, यहूदा र सिमोनको दाजु होइन र? उसका बहिनीहरू पनि त यहीं नै छन्!” यसो भन्‍दै तिनीहरूले उहाँलाई पत्‍याएनन्। अनि येशूले तिनीहरूलाई भन्‍नुभयो, “अगमवक्ताको सबैतिर मान हुन्‍छ, तर आफ्‍ना गाउँ-घरका मानिसहरूले भने वास्‍तै गर्दैनन्।” त्‍यसैले येशूले थोरै बिरामीहरूमाथि हात राखेर निको पार्ने कामबाहेक अरू अचम्‍मका कामहरू गर्न सक्‍नुभएन। आफ्‍ना ठाउँका मानिसहरूले विश्‍वास नगरेको देख्‍दा उहाँलाई उदेक लाग्‍यो। येशू गाउँ-गाउँको बाटो भएर मानिसहरूलाई शिक्षा दिंदै जानुभयो। त्‍यति बेला उहाँले आफूले छान्‍नुभएका बाह्र जनालाई बोलाएर तिनीहरूलाई भूत निकाल्‍ने शक्ति र अधिकार दिनुभयो, अनि दुई-दुई जना गरेर गाउँ-सहरमा यसो भन्‍दै पठाउनुभयो, “टेक्‍ने लौरोबाहेक बाटोको लागि रोटी, झोला, पैसा वा अरू केही नबोक। जुत्ता लगाओ अनि दौराचाहिँ एउटै मात्र लगाएर जाओ।” उहाँले तिनीहरूलाई अझै भन्‍दैजानुभयो, “कुनै गाउँमा पुग्‍दा जुन घरमा पस्‍छौ, त्‍यो गाउँ नछोडुञ्‍जेलसम्‍म त्‍यही घरमा बस्‍नू। अनि कुनै ठाउँमा पुग्‍दा मानिसहरूले तिमीहरूलाई स्‍वागत गरेनन् र तिमीहरूका कुरा सुन्‍न मानेनन् भने ती मानिसहरूलाई परमेश्‍वरले गर्नुहुने न्‍यायको चेतावनी दिंदै पैतालाको धुलो त्‍यहीं टक्टक्‍याएर त्‍यो गाउँ छोडिदेओ।” त्‍यसपछि चेलाहरू गए अनि मानिसहरूलाई “पश्‍चात्ताप गर, पाप छोड,” भनेर प्रचार गर्न थाले। तिनीहरूले भूत लागेका धेरै मानिसहरूबाट भूत निकाले अनि तेलले अभिषेक गरेर धेरै बिरामीहरूलाई निको पारे। येशूको नाउँ चारैतिर फैलिएको हुनाले हेरोद राजाले पनि उहाँको बारेमा सुने। कसै-कसैले त यसो भन्‍दै थिए, “बप्‍तिस्‍मा दिने यूहन्‍ना मरेकोबाट बिउँतेछन्, त्‍यसैले त यिनले यस्‍ता शक्तिशाली कामहरू गर्दछन्!” कतिले चाहिँ “यी एलिया अगमवक्ता नै हुन्,” भन्‍थे अनि कतिले चाहिँ “उहिलेका अगमवक्ताहरूजस्तै एक जना अगमवक्ता निस्‍किएछन्,” भन्‍थे। यी कुरा सुनेपछि हेरोदले भने, “यो त यूहन्‍ना नै हो। उसलाई मैले मारेको थिएँ, अब ऊ मरेकोबाट बिउँतेछ!” त्यसको केही समय पहिले हेरोदले यूहन्‍नालाई पक्रन लगाई बाँधेर थुनामा राखेका थिए किनभने हेरोदले आफ्‍नै भाइ फिलिपकी स्‍वास्‍नी हेरोदियासलाई ल्‍याएर राखेका थिए। अनि बप्‍तिस्‍मा दिने यूहन्‍नाले “भाइकी स्‍वास्‍नी यसरी ल्‍याएर राख्‍नु ठीक हुँदैन,” भनेर उनलाई सम्‍झाइरहन्‍थे। त्‍यसो हुँदा हेरोदियासलाई यूहन्‍नासँग रिस उठेको थियो। तिनी यूहन्‍नालाई मार्न चाहन्‍थिन्, तर राजा हेरोद नमानेकाले तिनले केही गर्न सकिनन् किनभने यूहन्‍ना धर्मात्‍मा र पवित्र मानिस हुन् भन्‍ने कुरा हेरोदलाई थाहा थियो। यसकारण उनले यूहन्‍नालाई बचाइराखे। हेरोदले यूहन्‍नाको कुरा सुन्‍दा हेरोदको मन खल्बलिए पनि उनले तिनका कुरा सुन्‍न मन पराउँथे। आखिरमा हेरोदियासलाई बदला लिने मौका मिल्‍यो। हेरोदले आफ्‍नो जन्‍मदिनमा ठूलो भोज लगाएका थिए। त्‍यस भोजमा उनले आफ्‍ना भारदार, फौजी कप्‍तान र गालीलका अरू ठूला-ठूला मानिसहरूलाई निम्‍त्‍याएका थिए। त्‍यस भोजमा हेरोदियासकी छोरी आएर नाचिन्। उसको नाच देखेर राजा र उनका पाहुनाहरू सबै खुसी भए। अनि राजाले उसलाई भने, “म तिमीलाई के दिऊँ? जे मागे पनि म त्‍यही दिनेछु।” फेरि राजाले शपथ खाँदै भने, “आधा राज्‍य नै मागे पनि म तिमीलाई दिन्‍छु।” तब हेरोदियासकी छोरीले आमाकहाँ गएर सोधी, “आमा, म के मागूँ?” “बप्‍तिस्‍मा दिने यूहन्‍नाको टाउको माग!” आमाले भनिन्। त्‍यो केटी झट्टै राजाकहाँ गएर भनी, “मलाई अहिले नै बप्‍तिस्‍मा दिने यूहन्‍नाको टाउको थालमा राखेर दिनुहोस्।” यो सुनेर राजा ज्‍यादै चिन्‍तामा परे। तर त्‍यतिका पाहुनाहरूको अगाडि शपथ खाएर दिन्‍छु भनेको हुनाले फेरि दिन्‍न भन्‍न सकेनन्। त्‍यसकारण उनले ‘यूहन्‍नाको टाउको काटेर ल्‍याउनू’ भनेर आफ्‍नो सिपाहीलाई हुकुम दिए। सिपाहीले झ्‍यालखानमा गएर यूहन्‍नाको टाउको काट्यो र थालमा राखेर केटीकहाँ पुर्‍यायो। केटीले त्‍यो लगेर आफ्‍नी आमालाई दिई। यो कुरा सुनेर यूहन्‍नाका चेलाहरू आए अनि उनको लाश लगेर गाडिदिए। बाह्र जना चेलाहरू फर्केर येशूकहाँ जम्‍मा भई आफूले गरेका र सिकाएका सबै कुराहरू उहाँलाई सुनाए। अनि येशूले तिनीहरूलाई भन्‍नुभयो, “हामी एकान्‍त ठाउँमा गएर केही समय आराम गरौं।” किनभने त्‍यहाँ यति धेरै मानिसहरू आउने-जाने गर्थे कि येशू र उहाँका चेलाहरूलाई खानेसम्‍म पनि फुर्सद भएन। त्‍यसकारण उहाँहरू नाउमा चढेर एकान्‍त ठाउँमा जानुभयो। तर मानिसहरूले उहाँहरूलाई जाँदैगरेको देखे र धेरैले उहाँहरू जान लागेको ठाउँ थाहा पाए। अनि मानिसहरू सहरहरूबाट दगुर्दै उहाँहरूभन्दा पहिले नै त्‍यहाँ पुगे। येशू नाउबाट ओर्लनुहुँदा मानिसहरूको ठूलो घुइँचोले आफूलाई पर्खिरहेको देखेर येशूको हृदय मायाले भरियो किनभने तिनीहरू गोठाला नभएका भेडाजस्‍ता थिए। अनि उहाँले तिनीहरूलाई धेरै कुराको बारेमा शिक्षा दिन लाग्‍नुभयो। साँझ पर्न लागेको देखेर चेलाहरूले येशूलाई भने, “अब त साँझ पर्न आँटिसक्‍यो र एकान्‍त ठाउँ छ। यी मानिसहरूलाई बिदा गर्नुहोस्। तिनीहरू छेउछाउको गाउँमा गएर केही किनेर खाऊन्।” येशूले भन्‍नुभयो, “तिमीहरूले नै यिनीहरूलाई खान देओ।” चेलाहरूले भने, “के हामीलाई दुई सय चाँदीका सिक्‍का खर्च गरेर यिनीहरूलाई रोटी खान देओ भनी तपाईं भन्‍नुहुन्‍छ?” येशूले तिनीहरूलाई सोध्‍नुभयो, “तिमीहरूसँग कति वटा रोटी छन्? हेर त!” तिनीहरूले हेरे र उहाँलाई भने, “पाँच वटा रोटी र दुई वटा माछा रहेछन्!” त्‍यसपछि येशूले मानिसहरूलाई लहर-लहर बनाएर हरियो चउरमा बसून् भनेर अह्राउनुभयो। मानिसहरू सय-सय र पचास-पचास जनाको लहर बनाएर बसे। अनि येशूले पाँच वटा रोटी र दुई वटा माछा लिएर स्‍वर्गतिर हेर्दै परमेश्‍वरसँग आशीर्वाद माग्‍नुभयो र रोटी टुक्राटुक्रा पारेर चेलाहरूलाई बाँड्‍न लाउनुभयो। त्‍यसै गरी उहाँले ती दुई वटा माछा पनि बाँडिदिनुभयो। अनि सबैले अघाउञ्‍जेल खाए। चेलाहरूले उब्रिएका रोटी र माछाका टुक्रा बटुल्‍दा त बाह्र डाला जति भरिए। त्‍यहाँ खाने लोग्‍ने मानिसहरू मात्रै पाँच हजार थिए। झट्टै येशूले चेलाहरूलाई नाउमा चढाएर तालपारि बेथसेदा गाउँमा पठाउनुभयो। उहाँ आफूचाहिँ मानिसहरूलाई बिदा गर्न त्‍यहीं बस्‍नुभयो। तिनीहरूलाई बिदा गरिसक्‍नुभएपछि उहाँ प्रार्थना गर्न डाँडामा उक्‍लनुभयो। रात पर्‍यो। नाउ समुद्रको निकै पर पुगेको थियो। येशूचाहिँ एक्लै किनारमा हुनुहुन्‍थ्‍यो। बतास विपरीत दिशाबाट चलेको हुनाले आफ्‍ना चेलाहरूलाई नाउ चलाउन आपत् परेको येशूले देख्‍नुभयो। बिहानीपख झिसमिसेमा येशू पानीमाथि हिंडेर चेलाहरू भएको ठाउँमा आउनुभयो। उहाँ नाउलाई उछिनेर जान लाग्‍नुभएको थियो। उहाँलाई पानीमाथि नै हिंडिरहनुभएको देख्‍दा चेलाहरू “भूत आयो!” भनेर चिच्‍च्‍याउन थाले। तिनीहरू सबै उहाँलाई देखेर डराए। अनि तुरुन्‍तै येशूले भन्‍नुभयो, “नडराओ, मै हुँ, साहस गर!” त्‍यसपछि उहाँ नाउमा चढ्‍नुभयो र बतास पनि थामिहाल्‍यो। यो देखेर चेलाहरू झन् छक्‍कै परे। येशूले पाँच हजारलाई खुवाउनुभएको देखेर पनि तिनीहरूले त्‍यसको पूरा अर्थ बुझ्‍न सकेका थिएनन् किनभने तिनीहरूको मन साह्रै कठोर थियो। येशू चेलाहरूसँगै ताल तरेर पारि गनेसरेत भन्‍ने ठाउँमा पुगेपछि नाउ किनारमा लगाइयो। नाउबाट ओर्लिनासाथ मानिसहरूले येशू नै हुनुहुन्‍छ भनेर उहाँलाई चिनिहाले। त्‍यसकारण तिनीहरूले चारैतिर दगुर्दै गएर येशू आउनुभयो भन्‍ने खबर फैलाए। अनि मानिसहरूले बिरामीहरूलाई बोकेर येशूकहाँ ल्‍याउन थाले। गाउँ, सहर, बस्‍ती, जहाँ-जहाँ येशू जानुहुन्‍थ्‍यो, त्‍यहीं-त्‍यहीं मानिसहरूले बिरामीहरू बोकेर ल्‍याउँथे। तिनीहरूले “ती बिरामीहरूलाई आफ्‍नो लुगाको छेउमा मात्र भए पनि छुन दिनुहोस्,” भनेर बिन्‍ती गर्थे अनि उहाँको लुगा छुने जति सबै जना निको भइहाल्‍थे।

शेयर गर्नुहोस्
मर्कूस 6 पढ्नुहोस्