YouVersion लोगो
खोज आइकन

मर्कूस 4:14-20

मर्कूस 4:14-20 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

बीउ छर्नेले वचन छर्दछ। कोही मानिसहरू बाटोतिर छरिएका बीउजस्‍तै छन्‌। जब तिनीहरूले वचन सुन्‍छन्, तब तुरुन्‍तै शैतान आउँछ, र तिनीहरूमा छरिएको वचन लगिहाल्‍छ। त्‍यसै गरी ढुङ्गेनी ठाउँमा छरिएकाहरू यी नै हुन्, जसले जब वचन सुन्‍छन्‌ तब खुसीसाथ तुरुन्‍तै त्‍यो ग्रहण गर्छन्‌। तर तिनीहरूको आफ्‍नो जरा नलागेकोले ती थोरै बेर मात्र टिक्‍छन्‌। तर जब वचनको कारण सङ्कष्‍ट वा सतावट आउँछ, तिनीहरू तुरुन्‍तै लड़िहाल्‍छन्‌। काँढ़ाहरूका बीचमा छरिएका ती नै हुन्, जसले वचन सुन्‍छन्, तर यस संसारको फिक्री र धनको मोह र अरू थोकको लालच आएर वचनलाई निसासिदिन्‍छन्‌। ती फलवन्‍त हुँदैनन्‌। तर असल जमिनमा छरिएकाहरू ती हुन्, जसले वचन सुन्‍छन्, र ग्रहण गर्छन्, र फल दिन्‍छन्‌ तीस गुणा, साठी गुणा र सय गुणा।”

शेयर गर्नुहोस्
मर्कूस 4 पढ्नुहोस्

मर्कूस 4:14-20 नेपाली समकालीन संस्करण (NCV)

बीउ छर्नेले वचन छर्दछ। कति मानिसहरू बाटोतिर परेका बीउजस्तै हुन्, जहाँ वचन छरिन्छ; तिनीहरूले जब यसलाई सुन्छन्, शैतान आउँछ र तिनीहरूमा छरिएको त्यो वचन लैजान्छ। अरूचाहिँ ढुङ्गेनी ठाउँमा छरिएका बीउजस्तै हुन्, तिनीहरूले वचन सुन्‍ने बित्तिकै आनन्दसाथ त्यसलाई ग्रहण गर्छन्; तर तिनीहरूका जरा नभएकाले, ती थोरै समयको लागि मात्र रहन्छन्। जब वचनको कारण दुःख र सतावट आइपर्दछ, तब तिनीहरू झट्टै पछि हट्छन्। अझ अरूचाहिँ काँडाहरूमा छरिएका बीउजस्तै हुन्, जसले वचन सुन्छन्, तर यस जीवनको फिक्री र धनसम्पत्तिको छलले अनि अरू थोकहरूको मोह आउँछ र वचनलाई निसासिदिन्छन्, र त्यो नफल्ने हुन्छ। तर अरूचाहिँ असल माटोमा परेका बीउजस्तै हुन्, जसले वचन सुन्दछन्, त्यसलाई ग्रहण गर्दछन्, अनि तीस गुणा, साठी गुणा र सय गुणासम्म फल फलाउँछन्।”

शेयर गर्नुहोस्
मर्कूस 4 पढ्नुहोस्

मर्कूस 4:14-20 पवित्र बाइबल (NERV)

यो किसान त्यस्तै एक जना मानिस जस्तै हो जसले परमेश्वरको वचनलाई छर्दछ। कहिलेकाहीं ती वचनहरू बाटोतिर छरिन्छन। यी सब ती मानिसहरू जस्तै हुन् जसले परमेश्वरको वचन सुन्दछ, अनि शैतान आउँछ अनि तिनीहरूमा रोपिएका वचनलाई लगेर जान्छ। “अरूहरू चट्टान भएको माटोमा छरिएका बीऊहरू जस्तै हुन तिनीहरू वचन सुन्दछन् अनि तत्कालै आनन्दसाथ स्वीकार गर्दछन्। तर तिनीहरूले आफ्नो जीवनमा गहिरो रूपमा ती वचनहरू ग्रहण गर्दैनन्। तिनीहरूले क्षणिक रूपमा मात्र यसलाई ग्रहण गर्दछन्। र जब वचनको कारणले तिनीहरू संकट अनि खेदोमा पर्छन् झट्टै तिनीहरूले विश्वास छोडिदिन्छन्। “अरू मानिसहरू काँढाघारीमा परेको बीऊहरू जस्तै हुन्, तिनीहरू वचनहरू सुन्छन्। अनि यी कुराहरू तिनीहरूका जीवनमा आइपर्छ जीवनको चिन्ता, रूपियाँ पैसाको लालच, अनि अरू त्यस्तै थोकहरूको चाहना। यस्ता कुराहरूको कारणले वचनहरूको विकास हुन सक्तैन। अनि वचनहरू तिनीहरूका जीवनमा फलदायी पनि हुँदैनन्। “अरू मानिसहरू मलिलो माटामा रोपिएका बीऊहरू झैं हुन्छन्। तिमीहरू वचन सुन्छन् ग्रहण गर्छन् अनि वचनहरू तिनीहरूमा बढ्छन् र फल दिने योग्य हुन्छन् केहिले तीस गुणा, केहिले साठी गुणा, अनि केहिले सय गुणा सम्म।”

शेयर गर्नुहोस्
मर्कूस 4 पढ्नुहोस्

मर्कूस 4:14-20 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

बीउ छर्नेले परमेश्‍वरको शिक्षालाई फैलाउँछन्। कति जनाको मनमा यो शिक्षा बाटोमा परेको बीउजस्‍तो हुन्‍छ। शिक्षा सुन्‍नासाथ शैतान झट्टै आएर यसलाई टिपी लैजान्‍छ। अनि कति जनाको मनमा चाहिँ यो शिक्षा ढुङ्गेनी जमिनमा परेको बीउजस्‍तो हुन्‍छ। परमेश्‍वरका शिक्षा सुन्‍नासाथ तिनीहरूले खुसी भएर मनमा लिन्‍छन्। तर त्‍यो शिक्षाले तिनीहरूको भित्रसम्‍म जरा हाल्‍न नपाउनाले तिनीहरूले थोरै दिनसम्‍म मात्र विश्‍वास गर्छन्। यो शिक्षामा विश्‍वास गरेकोले दु:ख र खेदो आइपर्नेबित्तिकै तिनीहरूले त्‍यसलाई छोडिहाल्‍छन्। फेरि कति जनाको मनमा चाहिँ यो शिक्षा काँडाको झ्‍याङमा परेको बीउजस्‍तो हुन्‍छ। तिनीहरूले परमेश्‍वरको शिक्षा सुन्‍न त सुन्‍छन्, तर यस संसारको चिन्‍ता, धन-सम्‍पत्तिको माया र त्‍यस्‍तै तिर्सनाहरूले गर्दा त्‍यो शिक्षा हराएर जान्‍छ र कुनै पनि फल फलाउँदैनन्। तर कति जनाको मनमा भने यो शिक्षा मलिलो माटोमा परेको बीउजस्‍तो हुन्‍छ। तिनीहरूले परमेश्‍वरको शिक्षा सुनेर मान्‍छन् अनि तीस गुणा, साठी गुणा र सय गुणा फल फलाउँछन्।”

शेयर गर्नुहोस्
मर्कूस 4 पढ्नुहोस्