YouVersion लोगो
खोज आइकन

मर्कूस 4:14-20

मर्कूस 4:14-20 NCV

बीउ छर्नेले वचन छर्दछ। कति मानिसहरू बाटोतिर परेका बीउजस्तै हुन्, जहाँ वचन छरिन्छ; तिनीहरूले जब यसलाई सुन्छन्, शैतान आउँछ र तिनीहरूमा छरिएको त्यो वचन लैजान्छ। अरूचाहिँ ढुङ्गेनी ठाउँमा छरिएका बीउजस्तै हुन्, तिनीहरूले वचन सुन्‍ने बित्तिकै आनन्दसाथ त्यसलाई ग्रहण गर्छन्; तर तिनीहरूका जरा नभएकाले, ती थोरै समयको लागि मात्र रहन्छन्। जब वचनको कारण दुःख र सतावट आइपर्दछ, तब तिनीहरू झट्टै पछि हट्छन्। अझ अरूचाहिँ काँडाहरूमा छरिएका बीउजस्तै हुन्, जसले वचन सुन्छन्, तर यस जीवनको फिक्री र धनसम्पत्तिको छलले अनि अरू थोकहरूको मोह आउँछ र वचनलाई निसासिदिन्छन्, र त्यो नफल्ने हुन्छ। तर अरूचाहिँ असल माटोमा परेका बीउजस्तै हुन्, जसले वचन सुन्दछन्, त्यसलाई ग्रहण गर्दछन्, अनि तीस गुणा, साठी गुणा र सय गुणासम्म फल फलाउँछन्।”

मर्कूस 4 पढ्नुहोस्