YouVersion लोगो
खोज आइकन

मर्कूस 16:14-17

मर्कूस 16:14-17 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

पछिबाट उहाँ एघार चेलाहरूकहाँ तिनीहरू भोजनमा बसेको बेला देखा पर्नुभयो। अनि तिनीहरूको अविश्‍वास र हृदयका कठोरताको लागि उहाँले तिनीहरूलाई हप्‍काउनुभयो। किनभने उहाँ मृतकबाट जीवित भई उठ्‌नुभएपछि उहाँलाई देख्‍नेहरूका कुरा तिनीहरूले विश्‍वास गरेका थिएनन्‌। अनि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “सारा संसारमा गएर सारा सृष्‍टिलाई सुसमाचार प्रचार गर। विश्‍वास गर्ने र बप्‍तिस्‍मा लिनेले उद्धार पाउनेछ, तर विश्‍वास नगर्ने दोषी ठहरिनेछ। विश्‍वास गर्नेहरूसँग यी चिन्‍हहरू हुनेछन्‌— मेरो नाउँमा तिनीहरूले भूतहरू धपाउनेछन्, तिनीहरूले नयाँ भाषाहरूमा बोल्‍नेछन्

शेयर गर्नुहोस्
मर्कूस 16 पढ्नुहोस्

मर्कूस 16:14-17 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

त्यसपछि येशू एघार जनाले खाइरहेका बेला त्यहाँ देखा पर्नुभयो। उहाँले तिनीहरूका अविश्‍वास र हृदयको कठोरताले उहाँ जीवित भई उठ्नुभएपछि पनि उहाँलाई देख्नेहरूले विश्‍वास नगरेकोमा तिनीहरूलाई हप्काउनुभयो। उहाँले तिनीहरूलाई भन्‍नुभयो, “सारा संसारमा गएर सबै सृष्‍टिलाई यो सुसमाचार सुनाओ। जसले विश्‍वास गर्छ र बप्‍तिस्मा लिन्छ, त्यसले मुक्ति पाउनेछ; तर विश्‍वास नगर्ने दण्डित हुनेछ। अनि विश्‍वास गर्नेहरूसित यस्ता चिन्हहरू हुनेछन्: मेरो नाममा तिनीहरूले भूतहरू धपाउनेछन्, तिनीहरूले नयाँ-नयाँ भाषाहरूमा बोल्नेछन्

शेयर गर्नुहोस्
मर्कूस 16 पढ्नुहोस्

मर्कूस 16:14-17 पवित्र बाइबल (NERV)

त्यसपछि आफ्ना एघारजना चेलाहरूको अघि देखापर्नु भयो जब तिनीहरू खाँदैथिए। येशूले तिनीहरूमा विश्वास कम भएकोमा अनि जसले उहाँलाई बौरी उठेको देखेर दिएको समाचारमा विश्वास नगरेकोमा तिनीहरूलाई हप्काउनु भयो। येशूले चेलाहरूलाई भन्नुभयो, “सारा संसारको हरेक स्थानमा जाऊ र प्रत्येकलाई सुसमाचार प्रचार गर। जसले विश्वास गर्छ अनि बप्तिस्मा लिन्छ त्यो बाँच्ने छ। तर जसले विश्वास गर्दैन भने दोषी हुनेछ। अनि विश्वास गर्ने मानिसहरूले प्रमाणका निम्ति यी कुराहरू गर्नेछन्। तिनीहरूले भूतहरू मेरो नाउँमा भगाउने छन्। तिनीहरूले कहिल्यै नसिकेका भाषाहरू बोल्नेछन्।

शेयर गर्नुहोस्
मर्कूस 16 पढ्नुहोस्

मर्कूस 16:14-17 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

त्‍यसपछि एघारै जना चेलाहरू खान लागिरहेका बेलामा येशू तिनीहरूका बीचमा देखा पर्नुभयो। आ-आफ्‍ना मन कठोर पारेर उहाँलाई मरेकाबाट बिउँतेपछि देख्‍नेहरूका कुरा विश्‍वासै नगरेकोले उहाँले तिनीहरूलाई हप्‍काउनुभयो। त्‍यसपछि येशूले तिनीहरूलाई भन्‍नुभयो, “सारा संसारमा गएर सबै मानिसहरूलाई सुसमाचार सुनाओ! विश्‍वास गरेर बप्‍तिस्‍मा लिनेहरूले उद्धार पाउनेछन्। तर विश्‍वास नगर्नेहरूचाहिँ परमेश्‍वरको सामुन्‍ने दोषी ठहरिनेछन्। अनि विश्‍वास गर्नेहरूसँग यस्‍ता चिन्‍हहरू पाइनेछन्– उनीहरूले मेरो नाउँमा भूतहरू निकाल्‍नेछन् र नौला-नौला किसिमका भाषाहरूमा बोल्‍नेछन्।

शेयर गर्नुहोस्
मर्कूस 16 पढ्नुहोस्

मर्कूस 16:14-17

मर्कूस 16:14-17 NNRV
शेयर गर्नुहोस्
पुरै अध्याय पढ्नुहोस्