मर्कूस 15:16-33
मर्कूस 15:16-33 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
सिपाहीहरूले उहाँलाई प्रेटोरियन, अर्थात् महलभित्र लगे, र जम्मै पल्टनलाई भेला गराए। अनि तिनीहरूले उहाँलाई बैजनी रङ्गको वस्त्र लगाइदिए, र काँढ़ाहरूको मुकुट गाँथेर उहाँको शिरमा लगाइदिए, अनि “यहूदीहरूका राजाको जय” भन्दै तिनीहरूले उहाँलाई सलाम गर्न लागे। अनि तिनीहरूले उहाँको शिरमा निगालोले हिर्काउँदै उहाँलाई थुके, र घुँड़ा टेकेर उहाँलाई दण्डवत् गरे। अनि येशूको गिल्ला गरिसकेपछि तिनीहरूले बैजनी वस्त्र फुकालिदिए, र उहाँका आफ्नै लुगा लगाइदिए। त्यसपछि तिनीहरूले उहाँलाई क्रूसमा टाँग्नलाई बाहिर लगे। अनि अलेक्जेन्डर र रूफसका बुबा, कुरेनी बासिन्दा सिमोनलाई गाउँबाट आइरहेका तिनीहरूले भेटे, र येशूको क्रूस बोकेर लैजान तिनलाई कर लगाए। त्यसपछि तिनीहरूले येशूलाई गलगथा भन्ने ठाउँमा ल्याए— गलगथाको अर्थ खोपड़ीको स्थान हो। अनि तिनीहरूले उहाँलाई मूर्र मिसाएको दाखमद्य दिए। तर उहाँले त्यो ग्रहण गर्नुभएन। तिनीहरूले उहाँलाई क्रूसमा टाँगे। अनि कसले कुन भाग पाउने सो निश्चय गर्न चिट्ठा हालेर तिनीहरूले उहाँका लुगाहरू आपसमा बाँड़े। तिनीहरूले उहाँलाई क्रूसमा टाँग्दा बिहानको नौ बजेको थियो। उहाँको दोष-पत्रमा “यहूदीहरूका राजा” भन्ने लेखिएको थियो। तिनीहरूले उहाँसँग दुई जना डाँकूहरू क्रूसमा टाँगे— एउटालाई उहाँको दाहिनेपट्टि, र अर्कालाई उहाँको देब्रेपट्टि। [धर्मशास्त्रको वचन यसरी पूरा भयो, “उहाँ अपराधीहरूसँग गनिनुभयो।”] त्यहाँबाट जाने मानिसहरूले आफ्नो मुन्टो हल्लाउँदै यसो भनेर उहाँलाई गिल्ला गरे, “वाह! तँ मन्दिर भत्काएर तीन दिनमा बनाउने, क्रूसबाट ओर्लेर आइज, र आफूलाई बचा।” त्यसै गरी मुख्य पूजाहारीहरूले पनि शास्त्रीहरूसँग यसो भन्दै आपसमा उहाँको ठट्टा गरे, “यसले अरूलाई बचायो, तर आफूलाई चाहिँ बचाउन सक्दैन। यो इस्राएलका राजा, ख्रीष्ट अब क्रूसबाट ओर्लेर आओस्, र हामी त्यो देख्नेछौं र विश्वास गर्नेछौं।” उहाँसँग क्रूसमा टाँगेकाहरूले पनि उहाँको निन्दा गरे। बाह्र बजेदेखि तीन बजेसम्म सारा देशलाई अन्धकारले छोप्यो।
मर्कूस 15:16-33 पवित्र बाइबल (NERV)
पिलातसका सिपाहीहरूले येशूलाई महल भित्र (जसलाई प्रेटोरियम भनिन्छ) ल्याए। तिनीहरूले सबै रक्षकहरूलाई एकत्रित गरे। सिपाहीहरूले येशूलाई बैजनी रंगको लुगा लगाईदिए। अनि तिनीहरूले उहाँलाई लगाईदिनका निम्ति काँढाको मुकुट बनाए। त्यसपछि तिनीहरूले येशूलाई भने, “यहूदीहरूका राजा हामी तपाईंलाई सलाम गर्छौ!” तिनीहरूले उहाँलाई शिरमा कैयौं पटक लट्ठीले हिर्काए। तिनीहरूले उहाँमाथि थुके, अनि घुँडा टेकेर उनलाई दण्डवत् गरे। उहाँमाथि गिल्ला गरिसकेपछि तिनीहरूले उहाँको बैजनी लुगाफाटा उतारिदिए, अनि उहाँको आफ्नै लुगाफाटा लगाइदिए। तब तिनीहरूले येशूलाई क्रूसमा झुण्डयाउनलाई बाहिर ल्याए। कुरेनीका एकजना मानिस शहरतिर जाँदै थिए। उनी आलेक्जेण्डर र रूफसको बाबु शिमोन थिए। शिमोन आफ्नो खेतबाट फर्किरहेथ्यो। सिपाहीहरूले शिमोनलाई येशूको क्रूस बोक्न जबरजस्ती गरे। तिनीहरूले येशूलाई गलगथा भन्ने ठाउँमा पुर्याए। (गलगथाको अर्थ हुन्छः “खोपडीको स्थान”) गलगथामा सिपाहीहरूले येशूलाई दाखरस पिउन वाध्य गरे। यो दाखरस मूर्र मिसाइएको थियो। तर येशूले पिउनु भएन। तिनीहरूले उहाँलाई क्रूसमा काँटी ठोकेर टाँगि दिए। तब तिनीहरूले येशूका वस्त्रहरू भाग पारे तिनीहरू मध्ये कसले के पाउने हो भनी चिट्ठा गरे। तिनीहरूले येशूलाई क्रूसमा टाँग्दा बिहानी पखको नौ बजेको थियो। येशूको विरूद्धमा लगाइएको आरोपहरूको लिखित सुचना क्रूसमा थियो। सुचना पत्रमा भनिएको थियोः “यहूदीहरूका राजा।” तिनीहरूले दुइजना डाँकूहरूलाई पनि क्रूसमा टाँगेका थिए। तिनीहरू एकजना येशूको दाहिनेपट्टी र अर्को देब्रेपट्टि थिए। ओहोर-दोहोर गर्ने मानसहरू येशूलाई खिशी गर्थे। तिनीहरू टाउको हल्लाउँदै भन्दथे, “तपाई त्यही मानिस होइनौ जसले मन्दिर भत्काएर तीन दिन भित्रै बनाईदिन्छु भन्ने? अब क्रूसबाट तल ओर्लनुहोस् अनि आफैंलाई बचाउनु होस्।” यस्तै प्रकारले मुख्य पूजाहारीहरू र शास्त्रीहरूले येशूलाई गिज्याए। तिनीहरू एक अर्कामा भनिरहेका थिए, “उसले अरू मानिसहरूलाई बचायो। तर आफैंलाई बचाउँन सकेन। यदि ऊ ख्रीष्ट, इस्राएलको राजा हो भने, ऊ क्रूसबाट तल झरेर आओस् जसद्वारा हामी यसलाई देख्न सकौं अनि उसमा विश्वास गरौं।” ती जसलाई उहाँसँगै क्रुसमा झुण्ड्याईयो तिनीहरूले पनि उहाँको निन्दा गरे। मध्यान्हको बेला सारा देशमा अन्धकार भयो। अन्धाकार तीनबजे सम्म लगातार रहयो।

मर्कूस 15:16-33 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
सिपाहीहरूले येशूलाई महल भित्र (अर्थात्, प्रेटोरियम) लगे, र सिपाहीहरूका सबै पल्टनलाई बोलाए। तिनीहरूले उहाँलाई एउटा बैजनी रङ्गको वस्त्र लगाइदिए, र काँडाहरू बटारेर एउटा मुकुट बनाएर उहाँलाई लगाइदिए। अनि तिनीहरूले उहाँलाई “यहूदीहरूका राजाको जय!” भन्दै कराए। तिनीहरूले घरी-घरी उहाँको शिरमा निगालोले हिर्काउँदै उहाँलाई थुके। तिनीहरूले उहाँको उपहास गर्दै उहाँको सामु घुँडा टेकेर झुके। अनि उहाँको अपमान गरिसकेपछि तिनीहरूले त्यो बैजनी रङ्गको वस्त्र फुकालिदिए, र उहाँको आफ्नै वस्त्र लगाइदिए। त्यसपछि तिनीहरूले उहाँलाई क्रूसमा टाँग्न लगे। अलेक्जेन्डर र रूफसका बुबा, साइरिनीवासी सिमोन, जो गाउँबाट आइरहेका थिए, तिनीहरूले उनलाई क्रूस बोक्न कर लगाए। तिनीहरूले येशूलाई गलगथा अर्थात् खप्परे भनिने ठाउँमा ल्याए। तब तिनीहरूले उहाँलाई नशालु पदार्थ मूर्र मिसाइएको दाखमद्य दिए, तर उहाँले त्यो पिउन मान्नुभएन। अनि तिनीहरूले उहाँलाई क्रूसमा टाँगे। तिनीहरूले कसले के पाउँदोरहेछ भनेर उहाँका वस्त्रहरूका लागि चिट्ठा हालेर ती भाग गरे। तिनीहरूले उहाँलाई क्रूसमा टाँग्दा बिहानको नौ बजेको थियो। उहाँको विरुद्धको दोषपत्रमा यसरी लेखिएको थियो: यहूदीहरूको राजा। तिनीहरूले उहाँसित दुई डाँकुहरूलाई पनि क्रूसमा टाँगे—एउटा उहाँको दाहिनेपट्टि र अर्कोचाहिँ उहाँको देब्रेपट्टि। अनि धर्मशास्त्रको वचन यसरी पूरा भयो, “उहाँ अपराधीहरूसँग गनिनुभयो।” त्यस ठाउँबाट हिँड्नेहरूले आफ्ना टाउको हल्लाउँदै उहाँलाई अपमान गरेर यसो भने, “वाह! ए मन्दिर भत्काउने र त्यसलाई तीन दिनमा बनाउने! क्रूसबाट तल ओर्लेर आइज, र आफूलाई बचा!” यस्तै किसिमले मुख्य पुजारीहरू र व्यवस्थाका शिक्षकहरूले आपसमा उहाँको अपमान गरे। तिनीहरूले भने, “यसले अरूलाई त बचायो, तर आफैँलाई बचाउन सक्दैन। यो ख्रीष्ट, इस्राएलका राजा, अब क्रूसबाट तल ओर्लिआओस्, र यो देखेर हामी विश्वास गरौँ।” उहाँसित क्रूसमा टाँगिएकाहरूले पनि उहाँलाई घोर अपमान गरे। बाह्र बजेदेखि दिउँसो तीन बजेसम्म सम्पूर्ण देशभरि अन्धकार छायो।
मर्कूस 15:16-33 पवित्र बाइबल (NERV)
पिलातसका सिपाहीहरूले येशूलाई महल भित्र (जसलाई प्रेटोरियम भनिन्छ) ल्याए। तिनीहरूले सबै रक्षकहरूलाई एकत्रित गरे। सिपाहीहरूले येशूलाई बैजनी रंगको लुगा लगाईदिए। अनि तिनीहरूले उहाँलाई लगाईदिनका निम्ति काँढाको मुकुट बनाए। त्यसपछि तिनीहरूले येशूलाई भने, “यहूदीहरूका राजा हामी तपाईंलाई सलाम गर्छौ!” तिनीहरूले उहाँलाई शिरमा कैयौं पटक लट्ठीले हिर्काए। तिनीहरूले उहाँमाथि थुके, अनि घुँडा टेकेर उनलाई दण्डवत् गरे। उहाँमाथि गिल्ला गरिसकेपछि तिनीहरूले उहाँको बैजनी लुगाफाटा उतारिदिए, अनि उहाँको आफ्नै लुगाफाटा लगाइदिए। तब तिनीहरूले येशूलाई क्रूसमा झुण्डयाउनलाई बाहिर ल्याए। कुरेनीका एकजना मानिस शहरतिर जाँदै थिए। उनी आलेक्जेण्डर र रूफसको बाबु शिमोन थिए। शिमोन आफ्नो खेतबाट फर्किरहेथ्यो। सिपाहीहरूले शिमोनलाई येशूको क्रूस बोक्न जबरजस्ती गरे। तिनीहरूले येशूलाई गलगथा भन्ने ठाउँमा पुर्याए। (गलगथाको अर्थ हुन्छः “खोपडीको स्थान”) गलगथामा सिपाहीहरूले येशूलाई दाखरस पिउन वाध्य गरे। यो दाखरस मूर्र मिसाइएको थियो। तर येशूले पिउनु भएन। तिनीहरूले उहाँलाई क्रूसमा काँटी ठोकेर टाँगि दिए। तब तिनीहरूले येशूका वस्त्रहरू भाग पारे तिनीहरू मध्ये कसले के पाउने हो भनी चिट्ठा गरे। तिनीहरूले येशूलाई क्रूसमा टाँग्दा बिहानी पखको नौ बजेको थियो। येशूको विरूद्धमा लगाइएको आरोपहरूको लिखित सुचना क्रूसमा थियो। सुचना पत्रमा भनिएको थियोः “यहूदीहरूका राजा।” तिनीहरूले दुइजना डाँकूहरूलाई पनि क्रूसमा टाँगेका थिए। तिनीहरू एकजना येशूको दाहिनेपट्टी र अर्को देब्रेपट्टि थिए। ओहोर-दोहोर गर्ने मानसहरू येशूलाई खिशी गर्थे। तिनीहरू टाउको हल्लाउँदै भन्दथे, “तपाई त्यही मानिस होइनौ जसले मन्दिर भत्काएर तीन दिन भित्रै बनाईदिन्छु भन्ने? अब क्रूसबाट तल ओर्लनुहोस् अनि आफैंलाई बचाउनु होस्।” यस्तै प्रकारले मुख्य पूजाहारीहरू र शास्त्रीहरूले येशूलाई गिज्याए। तिनीहरू एक अर्कामा भनिरहेका थिए, “उसले अरू मानिसहरूलाई बचायो। तर आफैंलाई बचाउँन सकेन। यदि ऊ ख्रीष्ट, इस्राएलको राजा हो भने, ऊ क्रूसबाट तल झरेर आओस् जसद्वारा हामी यसलाई देख्न सकौं अनि उसमा विश्वास गरौं।” ती जसलाई उहाँसँगै क्रुसमा झुण्ड्याईयो तिनीहरूले पनि उहाँको निन्दा गरे। मध्यान्हको बेला सारा देशमा अन्धकार भयो। अन्धाकार तीनबजे सम्म लगातार रहयो।
मर्कूस 15:16-33 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
सिपाहीहरूले येशूलाई बडा-हाकिमको दरबारभित्र लगे र अरू सबै सिपाहीहरूलाई बोलाएर ल्याए। तिनीहरूले येशूलाई राजाको जस्तै बैजनी रङ्गको पोशाक पहिराइदिए अनि काँडाको मुकुट बनाएर शिरमा लगाइदिए। त्यसपछि तिनीहरूले उहाँलाई ‘यहूदीहरूका राजाको जय होस्!’ भन्दै अभिवादन ठोके। तिनीहरूले निगालोले उहाँको टाउकोमा हिर्काए, थुके अनि घुँडा टेकेर उहाँलाई ढोगे। यसरी गिल्ला गरिसकेपछि तिनीहरूले बैजनी रङ्गको पोशाक फुकालेर उहाँको आफ्नै लुगा लगाइदिए। त्यसपछि तिनीहरूले उहाँलाई क्रूसमा झुण्ड्याउन लगे। बाटोमा जाँदाजाँदै तिनीहरूले कुरेनी देशको सिमोनलाई गाउँबाट सहरतिर आइरहेको भेटे। उनी अलेक्जेन्डर र रूफसका बुबा थिए। सिपाहीहरूले उनलाई जबरजस्ती येशूको क्रूस बोक्न लगाए अनि तिनीहरूले येशूलाई गलगथा भन्ने ठाउँमा लगे। गलगथा भनेको चाहिँ ‘खप्परे ठाउँ’ हो। त्यहाँ पुगेर तिनीहरूले येशूलाई मूर्र मिसाएको दाखमद्य दिए। तर येशूले पिउनुभएन। त्यसपछि तिनीहरूले येशूलाई किला ठोकेर क्रूसमा झुण्ड्याए। उहाँको लुगाहरू कस-कसको भागमा पर्ने हो भनेर तिनीहरूले चिट्ठा हालेर बाँडे। येशूलाई क्रूसमा झुण्ड्याउँदा बिहानको नौ बजेको थियो। उहाँलाई दोष लाएको कुरा क्रूसमा यसरी लेखिएको थियो— ‘यहूदीहरूका राजा’। येशूलाई झुण्ड्याउँदा तिनीहरूले दुई जना डाकुहरूलाई पनि येशूको दाहिने र देब्रेपट्टि क्रूसमा झुण्ड्याए। [यसरी धर्मशास्त्रमा लेखिएको यो कुरा पूरा हुन आयो– उहाँ अपराधीहरूसँगै गनिनुभयो।] त्यो बाटो हिंड्नेहरूले मुण्टो हल्लाई-हल्लाई येशूको गिल्ला गर्दै भने, “लौ हेर! मन्दिर भत्काएर फेरि तीनै दिनमा बनाउन सक्नेलाई! ए आफैंलाई बचाएर क्रूसबाट ओर्लिएर आइज!” त्यसैगरी मुख्य पूजाहारी र धर्म-गुरुहरूले पनि येशूको गिल्ला गरे। तिनीहरूले आपसमा भने, “त्यसले अरूलाई त बचायो, तर आफैंलाई चाहिँ बचाउन सकेन। ए इस्राएलीहरूका मुक्ति दिने राजा ख्रीष्ट! क्रूसबाट ओर्लिएर आइज, हामी हेरौं! अनि पो विश्वास गरौंला!” उहाँसँगै क्रूसमा झुण्ड्याइएकाहरूले पनि उहाँको निन्दा गरे। दिउँसो बाह्र बजेदेखि तीन बजेसम्म देशभरि नै अँध्यारो भयो।