मर्कूस 14:22-24
मर्कूस 14:22-24 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
जब उहाँहरू खाइरहनुभएको थियो, तब येशूले रोटी लिएर धन्यवाद दिनुभयो, भाँच्नुभयो र यसो भन्दै चेलाहरूलाई दिनुभयो, “लेओ, यो मेरो शरीर हो।” त्यसपछि उहाँले कचौरा लिनुभयो, र धन्यवाद दिनुभएपछि तिनीहरूलाई दिनुभयो; अनि तिनीहरू सबैले त्यसबाट पिए। तब उहाँले तिनीहरूलाई भन्नुभयो, “यो करारको मेरो रगत हो, जो धेरैका लागि बहाइन्छ।
मर्कूस 14:22-24 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
खाइरहेको बेलामा येशूले रोटी लिएर परमेश्वरसँग आशीर्वाद मागी टुक्र्याउनुभयो अनि चेलाहरूलाई बाँडिदिंदै भन्नुभयो, “यो लेओ, यो मेरो शरीर हो।” त्यसपछि उहाँले कचौरा पनि लिनुभयो, परमेश्वरलाई धन्यवाद चढाएर चेलाहरूलाई दिनुभयो र तिनीहरू सबैले त्यसबाट पिए। अनि येशूले भन्नुभयो, “यो नयाँ करारको मेरो रगत हो, जो धेरै मानिसहरूका लागि बगाइनेछ।
मर्कूस 14:22-24 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अनि खाइरहनुहुँदा येशूले रोटी लिनुभयो, आशीर्वाद दिनुभयो र भाँच्नुभयो र तिनीहरूलाई दिँदै भन्नुभयो, “लेओ, यो मेरो शरीर हो।” अनि कचौरा लिएर धन्यवाद दिनुभएपछि उहाँले तिनीहरूलाई दिनुभयो, र तिनीहरू सबैले त्यसबाट पिए। अनि उहाँले तिनीहरूलाई भन्नुभयो, “यो नयाँ करारको मेरो रगत हो, जो धेरैका निम्ति बगाइन्छ।
मर्कूस 14:22-24 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
जब उहाँहरू खाइरहनुभएको थियो, तब येशूले रोटी लिएर धन्यवाद दिनुभयो, भाँच्नुभयो र यसो भन्दै चेलाहरूलाई दिनुभयो, “लेओ, यो मेरो शरीर हो।” त्यसपछि उहाँले कचौरा लिनुभयो, र धन्यवाद दिनुभएपछि तिनीहरूलाई दिनुभयो; अनि तिनीहरू सबैले त्यसबाट पिए। तब उहाँले तिनीहरूलाई भन्नुभयो, “यो करारको मेरो रगत हो, जो धेरैका लागि बहाइन्छ।
मर्कूस 14:22-24 पवित्र बाइबल (NERV)
जब उनीहरू खाँदै थिए, येशूले केही रोटी लिनुभयो अनि त्यसको निम्ति परमेश्वरलाई धन्वाद दिनुभयो। तब उहाँले त्यसलाई टुक्रा-टुक्रा पार्नुभयो, अनि आफ्ना चेला हरूलाई दिनुभयो। उहाँले भन्नुभयो, “यो लेऊ यो मेरो शरीर हो।” त्यसपछि येशूले कचौरा लिनुभयो अनि यसको लागि परमेश्वरलाई धन्यवाद दिनुभयो। तब उहाँले त्यो आफ्ना चेलाहरूलाई दिनुभयो। तिनीहरूले कचौराबाट पिए। त्यसपछि येशूले भन्नुभयो, “यो नयाँ करारको मेरो रगत हो। यो रगत धेरै मानिसहरूका निम्ति पोख्याएको हो।