मर्कूसको सुसमाचार 14:22-24
मर्कूसको सुसमाचार 14:22-24 NERV
जब उनीहरू खाँदै थिए, येशूले केही रोटी लिनुभयो अनि त्यसको निम्ति परमेश्वरलाई धन्वाद दिनुभयो। तब उहाँले त्यसलाई टुक्रा-टुक्रा पार्नुभयो, अनि आफ्ना चेला हरूलाई दिनुभयो। उहाँले भन्नुभयो, “यो लेऊ यो मेरो शरीर हो।” त्यसपछि येशूले कचौरा लिनुभयो अनि यसको लागि परमेश्वरलाई धन्यवाद दिनुभयो। तब उहाँले त्यो आफ्ना चेलाहरूलाई दिनुभयो। तिनीहरूले कचौराबाट पिए। त्यसपछि येशूले भन्नुभयो, “यो नयाँ करारको मेरो रगत हो। यो रगत धेरै मानिसहरूका निम्ति पोख्याएको हो।



