मर्कूस 1:40-42
मर्कूस 1:40-42 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अनि एक जना कुष्ठरोगी उहाँकहाँ आएर घुँड़ा टेक्दै यसो भनेर बिन्ती गर्यो, “तपाईंले इच्छा गर्नुभयो भने मलाई निको पार्न सक्नुहुन्छ।” तब दयाले भरिएर उहाँले आफ्नो हात पसारी त्यसलाई छुनुभयो, र त्यसलाई भन्नुभयो, “म इच्छा गर्दछु, तिमी निको भइजाऊ।” त्यति नै बेला त्यसको कुष्ठरोग त्यसबाट हट्यो, र त्यो निको भइहाल्यो।
मर्कूस 1:40-42 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
एक जना कुष्ठरोग लागेको मानिस उहाँकहाँ आएर घुँडा टेक्दै उहाँसित बिन्ती गर्यो, “यदि तपाईंले इच्छा गर्नुभयो भने मलाई शुद्ध पार्न सक्नुहुन्छ।” दयाले भरिएर येशूले आफ्नो हात पसारेर त्यस मानिसलाई छुनुभयो र उहाँले भन्नुभयो, “म इच्छा गर्दछु, तिमी शुद्ध होइजाऊ!” तुरुन्तै कुष्ठरोगले त्यसलाई छोड्यो, र त्यो शुद्ध भयो।
मर्कूस 1:40-42 पवित्र बाइबल (NERV)
एकजना कुष्ठरोग लागेको मानिस येशूकहाँ आयो। त्यसले घुँडा टेकेर येशूलाई बिन्ती गर्न लाग्यो, “तपाईंमा त्यस्तो शक्ति छ, यदि तपाईंले चाहनु भयो भने म निको हुनसक्छु।” येशूलाई त्यस मानिसप्रति दया लाग्यो। उहाँले त्यस मानिसलाई छुनुभयो। उहाँले भन्नुभयो, “म तिमीलाई निको पार्न चाहन्छु। निको होऊ।” त्यसपछि त्यस मानिसको कुष्ठरोग हरायो, अनि त्यो निको भयो।
मर्कूस 1:40-42 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
एक जना कुष्ठरोग लागेको मानिस येशूकहाँ आयो र उहाँको पाउमा परेर भन्यो, “हजुरले चाहनुभयो भने मलाई शुद्ध पार्न सक्नुहुन्छ।” यो सुनेर येशूको हृदय मायाले भरियो र उहाँले उसमाथि हात राखेर भन्नुभयो, “म चाहन्छु तिमी शुद्ध होऊ।” त्यति नै बेला उसको त्यो रोग निको भइहाल्यो र ऊ शुद्ध भयो।