मर्कूस 1:16-18
मर्कूस 1:16-18 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
गालील-समुद्रको किनार-किनारै जाँदैहुनुहुँदा उहाँले सिमोन र तिनका भाइ अन्द्रियासलाई समुद्रमा जाल हानिरहेका देख्नुभयो। किनकि तिनीहरू जालहारी थिए। येशूले तिनीहरूलाई भन्नुभयो, “मेरो पछि लाग, र म तिमीहरूलाई मानिसहरूका जालहारी बनाउनेछु।” तिनीहरूले तुरुन्तै आफ्ना जालहरू छोड़े, र उहाँको पछि लागे।
मर्कूस 1:16-18 नेपाली समकालीन संस्करण (NCV)
जब येशू गालील समुद्रको किनारमा हिँड्दैहुनुहुन्थ्यो, उहाँले सिमोन र तिनका भाइ अन्द्रियासलाई तालमा जाल हान्दै गरेका देख्नुभयो; किनकि तिनीहरू मछुवा थिए। येशूले तिनीहरूलाई भन्नुभयो, “आओ, मलाई पछ्याओ, अनि म तिमीहरूलाई मानिसहरूका मछुवा बनाउनेछु।” तुरुन्तै तिनीहरूले आफ्ना जालहरू छोडेर उहाँको पछि लागे।
मर्कूस 1:16-18 पवित्र बाइबल (NERV)
गालील तालको किनार भएर येशू हिँडिरहनु भएको थियो। येशूले शिमोन र उसको भाइ अन्द्रियासलाई देख्नुभयो। यी दुवैजना माछा पक्रनेहरू थिए अनि पोखरीमा माछा समात्न जाल हान्दै थिए। येशूले तिनीहरूलाई भन्नुभयो, “आओ अनि मसँग हिँड, म तिमीहरूलाई बेग्लै प्रकारको माछा पक्रनेहरू बनाउँछु। तिमीहरू मानिसहरू बटुल्ने काम गर्नेछौ माछाहरू होइन।” त्यसकारण शिमोन र अन्द्रियासले तिनीहरूको जाल फ्याँकिदिए अनि येशूलाई पछ्याए।
मर्कूस 1:16-18 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
गालील तालको किनारमा डुलिरहनुहुँदा येशूले सिमोन र उनका भाइ अन्द्रियासलाई जाल हानिरहेको देख्नुभयो। अनि येशूले तिनीहरूलाई भन्नुभयो, “मेरो पछि लाग, म तिमीहरूलाई मानिसहरूका जालहारी बनाउनेछु।” यो सुन्नेबित्तिकै तिनीहरूले आफ्ना जालहरू छोडेर येशूको पछि लागे।