मर्कूस 1:12-15
मर्कूस 1:12-15 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
पवित्र आत्माले उहाँलाई तुरुन्तै उजाड-स्थानमा लैजानुभयो। शैतानबाट परीक्षित हुँदै उहाँ चालीस दिन उजाड-स्थानमा रहनुभयो। उहाँ जङ्गली जनावरहरूसँग रहनुभयो, र स्वर्गदूतहरूले उहाँको सेवा-टहल गरे। अब यूहन्ना पक्राउमा परेपछि परमेश्वरको सुसमाचार प्रचार गर्दै येशू गालीलमा आउनुभयो। उहाँले भन्नुभयो, “समय पूरा भएको छ, र परमेश्वरको राज्य नजिक आइपुगेको छ। पश्चात्ताप गर, र सुसमाचारमा विश्वास गर।”
मर्कूस 1:12-15 नेपाली समकालीन संस्करण (NCV)
पवित्र आत्माले उहाँलाई तुरुन्तै उजाडस्थानमा लैजानुभयो, अनि उहाँ उजाडस्थानमा शैतानद्वारा परीक्षित हुँदै चालीस दिनसम्म रहनुभयो। उहाँ जङ्गली जनावरहरूसित हुनुहुन्थ्यो, अनि स्वर्गदूतहरूले उहाँको सेवाटहल गरे। यूहन्ना झ्यालखानामा हालिएपछि येशू परमेश्वरको सुसमाचार घोषणा गर्दै गालील प्रदेशमा जानुभयो। उहाँले भन्नुभयो, “समय पूरा भइसकेको छ, परमेश्वरको राज्य नजिकै आइपुगेको छ। पश्चात्ताप गर अनि सुसमाचारमा विश्वास गर!”
मर्कूस 1:12-15 पवित्र बाइबल (NERV)
त्यसपछि पवित्र आत्माले येशूलाई मरूभूमितर्फ पठाऊनुभयो। चालीसदिनसम्म येशू त्यही मरूभूमिमा हुनुहुन्थ्यो। उहाँ त्यहाँ वन पशुहरूसँग हुनुहुन्थ्यो। जबसम्म येशू मरूभूमिमा हुनुहुन्थ्यो, उहाँ शैतानको परीक्षामा पर्नु भयो। स्वर्गदूतहरू आए अनि येशूलाई मद्दत गरे। त्यसपछि यूहन्नालाई कैदमा पारियो। येशू गालील जानुभयो अनि परमेश्वरको सुसमाचार प्रचार गर्नुभयो। येशूले भन्नुभयो, “यही नै उचित समय हो। परमेश्वरको राज्य नजीक आएको छ। तिमीहरूले आफ्नो रहन सहन र हृदय परिवर्तन गर, अनि सुसमाचारमा विश्वास गर।”
मर्कूस 1:12-15 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
त्यसपछि तुरुन्तै परमेश्वरको आत्माले येशूलाई उजाड-स्थानमा लैजानुभयो। त्यहाँ शैतानले उहाँलाई चालीस दिनसम्म पापमा फसाउन जाँच गर्यो। त्यहाँ जङ्गली जनावरहरू पनि थिए अनि स्वर्गदूतहरूले आएर उहाँको सेवा गरे। यूहन्ना थुनामा परेपछि येशूले गालीलमा गएर परमेश्वरको सुसमाचार सुनाउन लाग्नुभयो। उहाँले भन्नुभयो, “अब समय पूरा भएको छ, परमेश्वरको राज्य आइसक्न लागेको छ। अब पश्चाताप गरेर पाप छोड र सुसमाचारमा विश्वास गर।”