YouVersion लोगो
खोज आइकन

मत्ती 7:15-20

मत्ती 7:15-20 नेपाली समकालीन संस्करण (NCV)

“झूटा अगमवक्‍ताहरूदेखि होसियार बस। तिनीहरू तिमीहरूकहाँ भेडाको भेषमा आउँछन्, तर भित्रचाहिँ तिनीहरू डरलाग्दा ब्वाँसाहरू हुन्। तिनीहरूका फलद्वारा तिमीहरूले तिनीहरूलाई चिन्‍नेछौ। के मानिसहरूले काँडाका बोटहरूबाट अङ्गुर अनि सिउँडीको बोटबाट अञ्जीर टिप्छन्? यस्तै किसिमले असल रूखले असल फल फलाउँछ, तर खराब रूखले खराब फल फलाउँछ। असल रूखले खराब फल फलाउन सक्दैन, अनि एउटा खराब रूखले असल फल फलाउन सक्दैन। असल फल नफलाउने हरेक रूख काटेर ढालिनेछ, अनि आगोमा फालिनेछ। यसरी तिनीहरूका फलद्वारा तिमीहरूले तिनीहरूलाई चिन्‍नेछौ।

शेयर गर्नुहोस्
मत्ती 7 पढ्नुहोस्

मत्ती 7:15-20 पवित्र बाइबल (NERV)

“झूटा अगमवक्ताहरूबाट होशियार बस। तिनीहरू भेंडा़, का भेषमा तिमीहरूकहाँ आउँछन्। तर वास्तावमा तिनीहरू खतरनाक ब्वाँसाहरू झैं हुन्छन्। तिनीहरूले गरेका कामहरूबाट तिनीहरूलाई चिन्न सकिन्छ। जसरी मानिसले काँडाका बोटबाट अंगूर अथवा काँडादार पोथ्राबाट नेभारा पाउन सकिंदैन। त्यसरी नै नराम्रो मानिसहरूबाट राम्रा कामहरू हुँदैनन्। त्यसरी नै, प्रत्येक असल रूखले राम्रो फल दिन्छ। अनि नराम्रो रूखले नराम्रै फल दिन्छ। एउटा असल रूखले खराब फल फलाउँदैन अनि नराम्रो रूखले कहिल्यै असल फल फलाउँदैन।” असल फल दिन नसक्ने प्रत्येक रूख काटेर ढालिन्छ र आगोमा फालिन्छ। यसकारण तिनीहरूका कर्मबाट तिमीहरूले झूटा अगमवक्ताहरूलाई चिन्नेछौ।

शेयर गर्नुहोस्
मत्ती 7 पढ्नुहोस्

मत्ती 7:15-20 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

“नक्‍कली अगमवक्ताहरूदेखि होशियार होओ। तिनीहरू भेडाको जस्‍तै रूप लिएर आउँछन्, तर भित्र डरलाग्‍दा ब्‍वाँसाजस्‍ता हुन्‍छन्। तिमीहरूले तिनीहरूलाई उनीहरूका कामबाटै चिन्‍नेछौ। के काँडाको झ्‍याङमा अङ्‌गुर फल्‍छ र? नता सिउँडीको बोटमा नेभारा नै फल्‍छ। सप्रेको बोटमा त फल पनि सप्रेकै फल्‍छ। तर किक्रिक्‍क परेको बोटमा कसरी फल सप्रिन सक्‍छ र? नता सप्रेको रूखले नराम्रो फल फलाउँछ न रोगाएको रूखले राम्रो फल फलाउँछ। असल फल नफलाउने सबै रूखलाई ढालेर आगोमा फालिनेछ। त्‍यसरी नै तिमीहरूले नक्‍कली अगमवक्ताहरूलाई उनीहरूले गरेका कामबाटै चिन्‍नेछौ।

शेयर गर्नुहोस्
मत्ती 7 पढ्नुहोस्