YouVersion लोगो
खोज आइकन

मत्ती 7:15-20

मत्ती 7:15-20 NNRV

“झूटा अगमवक्ताहरूदेखि होशियार बस, जो तिमीहरूकहाँ भेड़ाको भेषमा आउँछन्, तर भित्रपट्टि चाहिँ डरलाग्‍दा ब्‍वाँसाहरूजस्‍ता हुन्‍छन्‌। तिनीहरूका फलबाट तिमीहरूले तिनीहरूलाई चिन्‍नेछौ। के काँढ़ाका बोटबाट अंगूर अथवा सिउँड़ीबाट अञ्‍जीर टिपिन्‍छ र? त्‍यसै गरी हरेक असल रूखले असल फल फलाउँछ। तर खराब रूखले खराब फल फलाउँछ। असल रूखले खराब फल फलाउन सक्‍दैन, न त खराब रूखले असल फल फलाउन सक्‍तछ। असल फल नफलाउने हरेक रूख काटी ढालिन्‍छ, र आगोमा फालिन्‍छ। यसरी ती अगमवक्ताहरूलाई तिनीहरूका फलबाट चिन्‍नेछौ।

मत्ती 7:15-20 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति