मत्ती 26:55-75
मत्ती 26:55-75 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
त्यसै बेला येशूले भीड़लाई भन्नुभयो, “डाँकूको विरुद्धमा आएझैँ मलाई पक्रन तरवार र लाठाहरू लिएर तिमीहरू किन आयौ? म दिनहुँ मन्दिरमा शिक्षा दिँदै बस्थें, र तिमीहरूले मलाई पक्रेनौ। तर अगमवक्ताहरूका धर्मशास्त्रहरू पूरा होऊन् भनी यी सबै हुन आएका हुन्।” तब सबै चेलाहरू उहाँलाई छोड़ेर भागे। येशूलाई पक्रनेहरूले उहाँलाई प्रधान पूजाहारी कैयाफाकहाँ लगे। त्यहाँ शास्त्रीहरू र धर्म-गुरुहरू भेला भएका थिए। तर पत्रुस टाढ़ैबाट प्रधान पूजाहारीका भवनको आँगनसम्मै उहाँको पछिपछि लागे, र अन्त्यमा के हुने हो, सो हेर्नलाई भित्र पसेर पालेहरूसँग बसे। अब मुख्य पूजाहारी र जम्मै महासभाले येशूलाई मृत्युदण्ड दिनलाई उहाँको विरुद्धमा झूटो गवाही खोज्न लागे। धेरै झूटो गवाही दिनेहरू आए, तर तिनीहरूले कुनै प्रमाण पाएनन्। आखिरमा दुई जना अगि आए, र भने, “यस मानिसले ‘म परमेश्वरको मन्दिर भत्काएर तीन दिनमा यसलाई निर्माण गर्न सक्छु’ भन्यो।” तब प्रधान पूजाहारीले उठेर उहाँलाई भने, “के तँ केही जवाफ दिँदैनस्? यी मानिसहरूले तेरो विरुद्धमा दिएको गवाही के हो?” तर येशू चूप रहनुभयो। प्रधान पूजाहारीले उहाँलाई भने, “जीवित परमेश्वरको शपथ खाएर भन्दछु, हामीलाई बता, के तँ परमेश्वरको पुत्र ख्रीष्ट होस्?” येशूले तिनलाई भन्नुभयो, “तपाईंले नै भनिहाल्नुभयो। तापनि म तपाईंहरूलाई भन्दछु, अब उप्रान्त तपाईंहरूले मानिसको पुत्रलाई सर्वशक्तिमान्को दाहिने हातपट्टि बसेको, र आकाशको बादलमा आइरहेको देख्नुहुनेछ।” तब प्रधान पूजाहारीले आफ्ना वस्त्र च्याते र भने, “यसले त ईश्वर-निन्दा बोल्यो। हामीलाई अब अरू साक्षीहरूको के दरकार पर्यो र? तपाईंहरूले अहिले यसले बोलेको ईश्वर-निन्दा सुनिहाल्नुभयो। तपाईंहरूको के राय छ?” तिनीहरूले जवाफ दिए, “यो प्राणदण्डको योग्य छ।” तब तिनीहरूले उहाँको मुखमा थुकेर उहाँलाई मुक्का लगाए, र कसै-कसैले यसो भन्दै थप्पड़ लाए, “हे ख्रीष्ट, लौ, अगमवाणी भन्! तँलाई हिर्काउने को हो?” पत्रुस बाहिर आँगनमा बसिरहेका थिए। एउटी नोकर्नीले तिनीकहाँ आएर भनी, “तिमी पनि गालील-निवासी येशूसँग थियौ?” तर तिनले उनीहरू सबैका सामुन्ने इन्कार गरेर भने, “तैंले के भन्दैछस्, म जान्दिनँ।” तिनी बाहिर दलानमा निस्केपछि अर्कीले तिनलाई देखी, र त्यहाँ भएकाहरूलाई भनी, “यो मानिस पनि येशू नासरीसँगै थियो।” तिनले फेरि शपथ खाएर इन्कार गरे, “म ती मानिसलाई चिन्दिनँ।” अलि बेरपछि त्यहाँ भएकाहरूले पनि नजिक आएर पत्रुसलाई भने, “साँच्चै, तिमी पनि तिनीहरूमध्येका एक हौ, किनकि तिम्रो बोलीले नै तिमीलाई जाहेर गर्दछ।” तब पत्रुसले आफैलाई सराप्दै शपथ खान लागे “म ती मानिसलाई चिन्दैचिन्दिनँ।” अनि तुरुन्तै भाले बास्यो। तब पत्रुसलाई येशूले भन्नुभएको यो कुरा याद भयो, “भाले बास्न अघि तिमीले मलाई तीन पल्ट इन्कार गर्नेछौ।” तब तिनी बाहिर गएर धुरुधुरु रोए।

मत्ती 26:55-75 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
त्यस बेला येशूले त्यस भीडलाई भन्नुभयो, “के म एउटा राजद्रोहको अगुवाइ गरिरहेको छु र? अनि तपाईंहरू मलाई पक्रन तरवार र लाठाहरू लिएर आउनुभयो? म त दिनहुँ मन्दिरको चोकमा सिकाउँदै बस्थेँ, र तपाईंहरूले मलाई पक्रनुभएन। तर अगमवक्ताहरूले लेखेका कुराहरू पूरा हुनलाई नै यी सबै भएका हुन्।” तब सबै चेलाहरू उहाँलाई छोडेर भागे। येशूलाई पक्रनेहरूले उहाँलाई प्रधान पुजारी कैयाफाकहाँ लगे, जहाँ व्यवस्थाका शिक्षकहरू र प्रधानहरू भेला भएका थिए। तर पत्रुसचाहिँ उहाँलाई टाढैबाट पछ्याउँदै प्रधान पुजारीको चोकसम्मै गए। तिनी भित्र पसेर के हुँदोरहेछ भनी हेर्नलाई सिपाहीहरूसित बसे। मुख्य पुजारीहरू र सम्पूर्ण महासभाले येशूलाई मार्नका लागि उहाँको विरुद्धमा झूटा प्रमाणहरू खोजिरहेका थिए। तर धेरै झूटा साक्षीहरू अगि सरेर आए, तापनि तिनीहरूले कुनै प्रमाण पाएनन्। आखिरमा दुई जनाले अगि सरेर घोषणा गरे, “यस मानिसले भन्यो, ‘म परमेश्वरको मन्दिरलाई भत्काएर यसलाई तीन दिनमा फेरि बनाउन सक्छु।’ ” तब प्रधान पुजारी उठेर येशूलाई भने, “के तँ जवाफ दिँदैनस्? यी मानिसहरूले तेरो विरुद्धमा दिएको साक्षी के हो?” तर येशू चुप रहनुभयो। प्रधान पुजारीले उहाँलाई भने, “म जीवित परमेश्वरको नाममा भन्दछु: तँ परमेश्वरको पुत्र ख्रीष्ट होस् भने हामीलाई भन्।” येशूले जवाफ दिनुभयो, “हो, तपाईं आफैँले भन्नुभयो, तर म तपाईंहरू सबैलाई भन्दछु: भविष्यमा तपाईंहरूले मानिसको पुत्रलाई सर्वशक्तिमान्को दाहिने हातपट्टि बसिरहेको, र आकाशका बादलहरूमा आइरहेको देख्नुहुनेछ।” तब प्रधान पुजारीले आफ्नो वस्त्रहरू च्यातेर भने, “यसले ईश्वरनिन्दा गरेको छ! अब हामीलाई अरू बढ्ता साक्षी किन चाहियो? हेर्नुहोस्, अहिले तपाईंहरूले ईश्वरनिन्दा सुनिहाल्नुभयो। तपाईंहरू के विचार गर्नुहुन्छ?” तब तिनीहरूले जवाफ दिए, “यो मृत्युदण्डको योग्य छ।” तब तिनीहरूले उहाँको अनुहारमा थुके, मुक्का लगाए। अरूले थप्पड लगाएर भने, “हे ख्रीष्ट, हामीलाई अगमवाणी गरेर भन्, तँलाई हिर्काउने को हो?” अब पत्रुस बाहिर चोकमा बसिरहेका थिए। अनि एउटी सेविका तिनी भएको ठाउँमा आई, र भनी, “गालीलका येशूसित तिमी पनि थियौ।” तर तिनले सबैको सामु यो कुरा इन्कार गरे। तिनले भने, “तिमी के कुरा गरिरहेकी छौ, म केही जान्दिनँ।” तब तिनी ढोकाबाहिर गए, जहाँ तिनलाई अर्की सेविकाले देखी र त्यसले त्यहाँ भएका मानिसहरूलाई भनी, “यो मानिस पनि नासरतको येशूसित थियो।” तिनले शपथ खाएर फेरि इन्कार गरे, “म यस मानिसलाई चिन्दिनँ।” केही बेरपछि त्यहाँ उभिनेहरूले पत्रुसकहाँ गएर भने, “निश्चय नै तिमी तिनीहरूमध्येका एक हौ, किनकि तिम्रो बोलीचालीले त्यही भन्छ।” तब तिनले आफूलाई धिक्कार्दै शपथ खाएर तिनीहरूलाई भने, “म यस मानिसलाई चिन्दै चिन्दिनँ।” तब तत्कालै भाले बास्यो। अनि पत्रुसले तिनलाई येशूले यसो भन्नुभएको यो वचन सम्झे, “भाले बास्नुभन्दा अगि तिमीले मलाई तीन पल्ट इन्कार गर्नेछौ।” तब तिनी बाहिर गएर धुरुधुरु रोए।
मत्ती 26:55-75 पवित्र बाइबल (NERV)
तब येशूले सबै मानिसहरूलाई भन्नुभयो, “तिमीहरू मकहाँ तरवार र भालाहरू लिएर आयौ, मानौं म एक अपराधी हूँ। म प्रत्येक दिन मन्दिरमा बसेर सिकाइरहेको हुन्थे। अनि तिमीहरूले मलाई त्यहाँ पक्रेनौ। तर यी सबै कुराहरू अगमवक्ताहरूले लेखेअनुसार पूरा होऊन् भनेर यस्तो भयो।” त्यसपछि येशूको सबै चेलाहरू उहाँलाई एक्लो छोडेर भागे। येशूलाई पक्रनेहरूले उहाँलाई प्रमुख पुजाहारी कैयाफाको घरमा पुर्याए। शास्त्रीहरू र बूडा यहूदी अग्रजहरू त्यहाँ भेला भएका थिए। पत्रुसले परमेश्वरबाट येशूलाई पछ्याए। जब येशूलाई प्रघान पूजाहारी कहाँ लगिंदै थियो पत्रुस प्रधान पूजाहारीको घरको आँगनसम्म आए। उनी त्यहाँ गएर पालेहरूको नजिकै बसे। अब के हुने हो भनी पत्रुस हेर्न चाहन्थे। प्रघान पूजाहारीहरू र यहूदी नेताहरूको सम्पूर्ण महासभाले येशूको विरुद्धमा कुनै न कुनै झूटो खोट देखाउने कोशिस गरे जसद्वारा तिनीहरू येशूलाई मार्न सक्थे। धेरै मानिसहरू आए र येशूको विरुद्ध झूटा अभियोगहरू लगाए। तर महासभाले येशूलाई मार्नसकिने त्यस्तो कुनै अभियोग पाउन सकेन। तब दुइजना मानिस आएर भन्न लागे, “यो मानिसले ‘म परमेश्वरको मन्दिर भत्काउन सक्छु अनि तीन दिनभित्र फेरि म यसलाई बनाइदिन सक्छु भनेको छ।’” अनि प्रधान पूजाहरीले उठेर येशूलाई भन्नलागे, “यी मानिसहरूले तपाईंको विरुद्धमा अभियोग लगाएका छन्। के आफूमाथि लगाइएका आरोपहरूप्रति तपाईंको केही जवाफ छैन? के तिनीहरूले ठीकै भनेका हुन्?” येशूले केही भन्नु भएन। तब प्रधान पूजाहरीले येशूलाई भने, “अहिले जीवित परमेश्वरको नाउँमा शपथ लिएर तपाईंले भन्नुहोस्, जीवित परमेश्वरको नाउँमा हामीलाई सत्य कुरा भन्नु होस् भनी म तपाईंलाई आदेश गर्छु। हामीलाई भन्नुहोस् के तपाईं नै ख्रीष्ट, परमेश्वरको पुत्र हुनुहुन्छ?” येशूले भन्नुभयो, “हो, म नै हुँ। तर म भन्दछु भविष्यमा तपाईंले मानिसको पुत्रलाई परमेश्वरको दाहिनेपट्टि बसिरहेको र स्वर्गको बादलमा आउँदै गरेको देख्नु हुनेछ।” प्रधान पूजाहारीले जब यो कुरा सुने उनी खुबै क्रोधित भए। आफ्नै वस्त्र च्यात्दै उनले भन्न लागे, “यो मानिसले परमेश्वरको निन्दा गरेको हो! हामीलाई अरू धेरै प्रमाणको के खाँचो छ? तिमीहरू सबैले यिनले परमेश्वरको विरुद्धमा निन्दा गरेका सुन्यौ। तिमीहरूको के राय छ?” यहूदीहरूले जवाफ दिए, “उनी दोषी छन् उनी मृत्यु दण्डको योग्यछन्।” त्यसपछि मानिसहरूले येशूको मुखमा थुकिदिए। तिनीहरूले उहाँलाई मुक्काले हिर्काए। कसै-कसैले येशूलाई झापट दिए। तिनीहरूले भने, “तँ अगमवक्ता ख्रीष्ट हो भन्ने प्रमाण देखाऊ! तँलाई पिट्ने को हो?” त्यसबेला, पत्रुस आँगन बाहिर बसिरहेका थिए। एउटी नोकर्नीले आएर भनी, “तिमी पनि गालील निवासी येशूसँग थियौ।” तर पत्रुसले त्यहाँ उपस्थित भएका सबै मानिसहरूको अघाडी यो कुरालाई अस्वीकार गरे। उनले भने, “तिमीहरू के कुरा गरिरहेको छौ मैले केही बुझिन?” त्यसपछि पत्रुसले त्यो ठाउँ छोडे। ढोकामा अर्को स्त्रीले तिनीलाई देखी। त्यसले त्यहाँ भएका मानिसहरूलाई भनि, “यो मानिस पनि नासरतको येशूसँग थियो।” पत्रुसले फेरि अस्वीकार गरे। उनले भने, “परमेश्वरको नाउँमा शपथ खाएर भन्दछु यो मानिस को हो म चिन्दिन!” केहीसमयपछि केही उभिरहेका मानिसहरू पत्रुसकहाँ गए र भने, “हामी जान्दछौ एक येशूको चेलाहरू मध्ये तिमी पनि हौ। तिम्रो कुरा गराईले त्यो प्रमाण दिन्छ।” तब पत्रुसले धिक्कार्न लागे। दृढ भएर उनले भने, “म परमेश्वरको नाउँमा शपथ खाएर भन्दछु कि यो मानिसको हो म चिन्दिनँ।” पत्रुसले यसो भन्ने बित्तिकै भाले बास्यो। तब पत्रुसलाई येशूले भनेका कुराहरूको सम्झना भयो “भाले बास्न अघिनै मलाई तिमीले तीनपल्ट अस्वीकार गर्नेछौ।” त्यसपछि पत्रुस बाहिर गएर धुरूधुरू रोए।
मत्ती 26:55-75 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
त्यसपछि येशूले आफूलाई पक्रन आएका मानिसहरूलाई भन्नुभयो, “के म डाकु हुँ र तिमीहरू लाठो र तरवार लिएर मलाई पक्रन आयौ? मैले दिनहुँ मन्दिरमा बसेर शिक्षा दिँदा त खै मलाई पक्रने आँट नै गरेनौ! तैपनि अगमवक्ताहरूले धर्मशास्त्रमा लेखेका कुरा पूरा होऊन् भनेर नै यो सबै हुन आएको हो।” त्यति नै खेर चेलाहरू जति सबै येशूलाई छोडेर भागे। तिनीहरूले येशूलाई प्रधान पूजाहारी कैयाफाको घरमा लगे। त्यहाँ धर्म-गुरु र अरू अगुवाहरू जम्मा भएका थिए। पत्रुसचाहिँ येशूलाई परपरैबाट पछ्याउँदै प्रधान पूजाहारीको घरको आँगनमा पुगे। अनि त्यहाँ के हुने हो भनी हेर्न उनी गएर पालेहरूसँग बसे। मुख्य पूजाहारी र सभाका अरू सबै सदस्यहरूले येशूलाई ज्यान सजाय दिनु नै पर्छ भनेर झूटो गवाही खोज्न लागे। धेरै झूटो गवाही दिनेहरू आएर उहाँलाई दोष लगाए, तर एउटै प्रमाण पनि फेला पारेनन्। आखिरमा दुई जना मानिसले अघि सरेर भने, “यस मानिसले त ‘म परमेश्वरको मन्दिर भत्काएर तीन दिनमा नै फेरि बनाउन सक्छु’ भन्थ्यो।” अनि प्रधान पूजाहारीले उठेर येशूलाई सोधे, “ए, किन जवाफ दिँदैनस्? तेरो विरोधमा यिनीहरूले दिएको साक्षीको बारेमा तँलाई केही भन्नु छैन?” तर येशू चुपै लाग्नुभयो। फेरि प्रधान पूजाहारीले भने, “जिउँदो परमेश्वरको नाउँमा शपथ हालेर भन्, के तँ परमेश्वरको पुत्र ख्रीष्ट होस् त?” येशूले जवाफ दिएर भन्नुभयो, “त्यो त तपाईं आफैंले नै भन्दै हुनुहुन्छ अनि म तपाईंहरूलाई भन्छु, अबदेखि उसो तपाईंहरूले मानव पुत्रलाई सर्वशक्तिमान् परमेश्वरको दाहिनेपट्टि सिंहासनमा बसिरहेको अनि स्वर्गबाट बादलमा आउँदैगरेको देख्नुहुनेछ।” यो सुनेर प्रधान पूजाहारीले विरक्त भएर आफ्नो लुगा च्यात्दै भने, “लौ हेर, यसले परमेश्वरको निन्दा गरेको तिमीहरूले सुनिहाल्यौ, अब हामीलाई अरू के प्रमाण चाहियो र? लौ भन, तिमीहरूको के विचार छ?” “यो अपराधी हो, यसले ज्यान सजाय पाउनैपर्छ,” भन्दै तिनीहरूले येशूको मुखमा थुके, चुटे अनि कति जनाले उहाँलाई थप्पड लाउँदै भने, “लौ भन् त, तँ मुक्ति दिने राजा ख्रीष्ट र अगमवक्तालाई कसले पिट्यो?” त्यस बेलासम्म पत्रुस बाहिर आँगनमा नै बसिरहेका थिए। एउटी नोकर्नी आएर तिनलाई भनी, “तिमी पनि त गालीलका येशूसँगै थियौ नि, होइन र?” तर पत्रुसले सबैको अगाडि, “होइन, तिमीले गरेको यो कुरा मैले बुझिनँ!” भनेर आँगनको ढोकातिर गए। ढोकानेर अर्की एउटी नोकर्नीले त्यहाँ भएका मानिसहरूलाई भनी, “यी मानिस पनि त नासरतका येशूसँगै थिए नि!” फेरि पत्रुसले शपथ हालेर भने, “म त त्यस मानिसलाई चिन्दै चिन्दिनँ!” केही बेरपछि त्यहाँका मानिसहरूले पत्रुसकहाँ आएर भने, “साँच्चै तिमी पनि ऊसँगै थियौ, तिम्रो बोलीले नै यो कुरा थाहा हुन्छ नि!” अनि फेरि पनि पत्रुसले शपथ हालेर भने, “मैले ढाँटेको हो भने परमेश्वरको दण्ड ममाथि नै परोस्, म त त्यस मानिसलाई चिन्दै चिन्दिनँ!” त्यसो भन्नेबित्तिकै भाले बासिहाल्यो र “भाले बास्नुभन्दा अघि मलाई तीनपल्टसम्म चिन्दै चिन्दिनँ भनेर इन्कार गर्नेछौ,” भनी येशूले भन्नुभएको कुरा पत्रुसले सम्झे। उनी बाहिर गएर धुरुधरु रोए।