YouVersion लोगो
खोज आइकन

मत्ती 24:6-14

मत्ती 24:6-14 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

तिमीहरूले युद्धहरू र युद्धहरूका हल्‍ला सुन्‍नेछौ। नघबराओ, किनकि यी हुनु आवश्‍यक नै छन्, तर अन्‍त्‍य त त्‍यत्ति नै बेला हुँदैन। किनभने जातिको विरुद्धमा जाति, र राज्‍यको विरुद्धमा राज्‍य उठ्‌नेछ, र ठाउँ-ठाउँमा अनिकाल र भूकम्‍प हुनेछन्‌। तर यी सब त प्रसववेदनाको सुरु मात्र हो। “तब तिनीहरूले तिमीहरूलाई सङ्कष्‍टको लागि सुम्‍पिदिनेछन्, र तिमीहरूलाई मार्नेछन्, र मेरो नाउँको खातिर सबै जातिहरूले तिमीहरूलाई घृणा गर्नेछन्‌। तब धेरै जना भड्‌केर जानेछन्, र ठेस खानेछन्, र एउटाले अर्कालाई विश्‍वासघात गरेर सुम्‍पिदिनेछ र घृणा गर्नेछ। धेरै झूटा अगमवक्ताहरू खड़ा हुनेछन्, र धेरैलाई बहकाउनेछन्‌। दुष्‍टता बढ़ेको हुनाले धेरैको प्रेम सेलाएर जानेछ। तर आखिरसम्‍म स्‍थिर रहनेचाहिँ बचाइनेछ। अनि राज्‍यको यो सुसमाचार सारा संसारमा सबै जातिहरूका लागि गवाहीको निम्‍ति प्रचार गरिनेछ, त्‍यसपछि अन्‍त्‍य आउनेछ।

शेयर गर्नुहोस्
मत्ती 24 पढ्नुहोस्

मत्ती 24:6-14 नेपाली समकालीन संस्करण (NCV)

तिमीहरूले लडाइँहरू र लडाइँका हल्‍लाहरू सुन्‍नेछौ, तर तिमीहरू नडराउनू। यस्ता कुराहरू त हुनैपर्छ, तर अन्त्य आउन अझै बाँकी नै छ। जातिको विरुद्धमा जाति र राज्यको विरुद्धमा राज्य उठ्नेछ। धेरै ठाउँहरूमा अनिकाल र भुँइचालाहरू जानेछन्। तर यी सबै त प्रसववेदनाको सुरुआतजस्तै मात्र हुन्। “तब तिमीहरू सताइनको लागि र मारिनको लागि सुम्पिइनेछौ, अनि तिमीहरू मेरो निम्ति सबै राष्ट्रहरूद्वारा घृणित हुनेछौ। त्यस बेला धेरैजना विश्‍वासबाट पछि हट्नेछन्, अनि एक-आपसमा धोकाबाजी र घृणा गर्नेछन्। अनि धेरै झूटा अगमवक्‍ताहरू देखा परेर धेरैलाई भ्रममा पार्नेछन्। दुष्‍टता बढेकोले, धेरैको प्रेम सेलाउनेछ, तर जो अन्त्यसम्म स्थिर रहन्छ, त्यो नै बचाइनेछ। अनि राज्यको सुसमाचार सबै राष्ट्रहरूमा साक्षीको रूपमा विश्‍वभरि प्रचार गरिनेछ, त्यसपछि अन्त्य आउनेछ।

शेयर गर्नुहोस्
मत्ती 24 पढ्नुहोस्

मत्ती 24:6-14 पवित्र बाइबल (NERV)

तिमीहरूले लँडाईका बारेमा सुन्नेछौ। अनितिमीहरूले अब हुने लँडाईका बारेमा पनि समाचार सुन्नेछौ। तर डराउनु पर्दैन। यी सब घट्नाहरू हुनैपर्छ। तर अन्त्य अझ आइहाल्ने छैन। किनभने एक जातिले अर्को जातिको विरोध गर्नेछ अनि राज्य राजयको विरोधमा युद्ध हुनेछ। अनि धेरै ठाउँमा अनिकाल लाग्नेछ अनि भूँईचालो जानेछ। यी सबै थोक सुत्केरी व्याथा लागे झैं आइलाग्ने छन्। “त्यसपछि तिमीहरूलाई मानिसहरूले नराम्रो व्यवहार गर्नेछन्। मानिसहरूले तिमीहरूलाई शासकहरूको हातमा सुम्पने र सताउनेछन् र मार्नेछन्। तिमीहरूले ममाथि विश्वास गरेकै कारण मानिसहरूद्वारा तिमीहरू घृणित हुनेछौ। त्यसबेला धेरै विश्वासीहरूले आफ्नो विश्वास हराउनेछन्। तिनीहरूले एका-अर्कालाई विरोध गर्नेछन् र एक-अर्कालाई घृणा गर्नेछन्। अनेकौं झूटा अगमवक्ताहरू निस्कनेछन्। तिनीहरूले मानिसहरूलाई झूटो कुराहरूमा विश्वास गराउने कोशिश गर्नेछन्। संसारैभरि थुप्रै दुष्टहरूदेखा पर्नेछन्। अनि एकदमै विश्वासीहरूले प्रेम देखाउने छैनन्। तर अन्त्यसम्मै जो दृढ रहन्छ उही नै सुरक्षित हुनेछ। संसारैभरि परमेश्वरको राज्यको बारेमा सुसमाचारहरू प्रचार गरिनेछ। प्रत्येक राष्ट्रलाई नै यी कुराहरू भनिनेछ। त्यसपछि अन्त्य आउने छ।

शेयर गर्नुहोस्
मत्ती 24 पढ्नुहोस्

मत्ती 24:6-14 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

तिमीहरूले लडाइँ भयो भन्‍ने र लडाइँ हुने हल्‍लाहरू सुन्‍नेछौ। तर त्‍यस बेला तिमीहरू नडराउनू। ती सबै कुराहरू त हुनु नै पर्छ, तर त्‍यति नै खेर त संसारको अन्‍त हुँदैन। जाति-जातिको बीचमा लडाइँ चल्‍नेछ। अनि एउटा राज्‍यले अर्को राज्‍यमाथि हमला गर्नेछ। जताततै अनिकालपर्नेछ र भूइँचालो जानेछ। यी कुराहरू त दु:खको सुरु मात्रै हो। “त्‍यस बेला मानिसहरूले तिमीहरूलाई पक्रनेछन् र सजाय दिन लैजानेछन्, अझै मार्ने पनि छन्। मेरो कारणले गर्दा सबै जातिका मानिसहरूले तिमीहरूलाई घृणा गर्नेछन्। त्‍यस बेला धेरैले आफ्‍नो विश्‍वासलाई त्‍याग्‍नेछन्, एकले अर्कालाई धोखाबाजी गर्नेछन्, घृणा गर्नेछन्। धेरै झूटा अगमवक्ताहरू निस्‍केर धेरै मानिसहरूलाई छकाउनेछन्। जताततै दुष्‍टता बढ्‍ने हुनाले धेरै मानिसहरूको प्रेम पनि सेलाएर जानेछ। तर आखिरसम्‍मै स्‍थिर रहनेहरूचाहिँ बचाइनेछ। सबै जातिका मानिसहरूलाई साक्षी होस् भनेर पहिले परमेश्‍वरको राज्‍यको सुसमाचार संसारभरि सुनाइनेछ। त्‍यसपछि संसारको अन्‍त हुनेछ।

शेयर गर्नुहोस्
मत्ती 24 पढ्नुहोस्