तिमीहरूले लडाइँ भयो भन्ने र लडाइँ हुने हल्लाहरू सुन्नेछौ। तर त्यस बेला तिमीहरू नडराउनू। ती सबै कुराहरू त हुनु नै पर्छ, तर त्यति नै खेर त संसारको अन्त हुँदैन। जाति-जातिको बीचमा लडाइँ चल्नेछ। अनि एउटा राज्यले अर्को राज्यमाथि हमला गर्नेछ। जताततै अनिकालपर्नेछ र भूइँचालो जानेछ। यी कुराहरू त दु:खको सुरु मात्रै हो। “त्यस बेला मानिसहरूले तिमीहरूलाई पक्रनेछन् र सजाय दिन लैजानेछन्, अझै मार्ने पनि छन्। मेरो कारणले गर्दा सबै जातिका मानिसहरूले तिमीहरूलाई घृणा गर्नेछन्। त्यस बेला धेरैले आफ्नो विश्वासलाई त्याग्नेछन्, एकले अर्कालाई धोखाबाजी गर्नेछन्, घृणा गर्नेछन्। धेरै झूटा अगमवक्ताहरू निस्केर धेरै मानिसहरूलाई छकाउनेछन्। जताततै दुष्टता बढ्ने हुनाले धेरै मानिसहरूको प्रेम पनि सेलाएर जानेछ। तर आखिरसम्मै स्थिर रहनेहरूचाहिँ बचाइनेछ। सबै जातिका मानिसहरूलाई साक्षी होस् भनेर पहिले परमेश्वरको राज्यको सुसमाचार संसारभरि सुनाइनेछ। त्यसपछि संसारको अन्त हुनेछ।
मत्ती 24 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मत्ती 24:6-14
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू