मत्ती 23:13-15
मत्ती 23:13-15 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“धिक्कार, तिमीहरूलाई, शास्त्री र फरिसी हो, ढोंगीहरू! किनकि तिमीहरू मानिसहरूका सामुन्ने स्वर्गका राज्यको ढोका बन्द गर्दछौ। तिमीहरू न त आफै पस्तछौ, न पस्न चाहनेहरूलाई पस्न दिन्छौ। [ “धिक्कार तिमीहरूलाई, शास्त्री र फरिसी हो, ढोंगीहरू! किनकि तिमीहरू विधवाहरूका घर खाइदिन्छौ, र लामो-लामो प्रार्थना गर्ने भान पार्दछौ। यसैले अरूले भन्दा तिमीहरूले ज्यादा दण्ड पाउनेछौ।] “धिक्कार तिमीहरूलाई, शास्त्री र फरिसी हो, ढोंगीहरू! किनकि तिमीहरू एक जनालाई आफ्नो मतमा ल्याउनलाई समुद्र र जमिन चहार्दछौ, र त्यो तिमीहरूको मतमा आएपछि त्यसलाई आफूभन्दा दोबर नरकको छोरो बनाउँछौ।
मत्ती 23:13-15 नेपाली समकालीन संस्करण (NCV)
“धिक्कार तिमी, व्यवस्थाका शिक्षकहरू र फरिसीहरू, तिमी कपटीहरू! तिमीहरू मानिसको सामुन्ने स्वर्गको राज्य बन्द गर्दछौ। तिमीहरू आफू पनि प्रवेश गर्दैनौ, न ता प्रवेश गर्न चाहनेहरूलाई नै प्रवेश गर्न दिन्छौ। धिक्कार तिमीहरूलाई, व्यवस्थाका शिक्षकहरू र फरिसीहरू हो, तिमी कपटीहरू! तिमीहरू विधवाहरूका घर निलिहाल्दछौ र देखाउनको लागि लामा-लामा प्रार्थना गर्दछौ। यसैले अरूले भन्दा तिमीहरूले धेरै दण्ड पाउनेछौ। “धिक्कार तिमीहरूलाई, व्यवस्थाका शिक्षकहरू र फरिसीहरू, तिमी कपटीहरू! तिमीहरू एकजनालाई आफ्नो धर्ममा ल्याउनलाई जमिन र समुद्र चहार्छौ, अनि ऊ तिमीहरूका धर्ममा आएपछि आफूभन्दा दुई गुणा नरकको छोरो बनाउँछौ।
मत्ती 23:13-15 पवित्र बाइबल (NERV)
“शास्त्रीहरू र फरिसीहरूका निम्ति यो अति नराम्रो हुनेछ। तिमीहरू कपटीहरू हौ। तिमीहरू स्वर्गको राज्यमा प्रेवश गर्न चाहने मानिसहरूको ढोका थुन्छौ। तिमीहरू आफैं पनि प्रवेश गर्दैनौ, अनि प्रवेश गर्न इच्छा गर्ने अरूहरूलाई पनि बाधा दिन्छौ। “तिमी शास्त्रीहरू र फरिसीहरूका निम्ति यो खराब हुनेछ। तिमीहरू कपटीहरू हौ। तिमीहरू एक मानिसलाई आफ्नो मतमा ल्याउनकालागि समुद्रहरू पार गर्दै विभिन्न देशहरू चाहार्छौ यस्तो कोही मानिसहरू भेट्टायो भने तिनीहरू त्यसलाई आफू भन्दा दोबर खराब तुल्याउँछौ। अनि तिमीहरू यति हुन्छौ कि तिमीहरू नरकको योग्य हुन्छौ।
मत्ती 23:13-15 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
“ए धर्म-गुरु र फरिसीहरू हो! तिमीहरूलाई धिक्कार छ! तिमीहरू त कपटी छौ। तिमीहरूले स्वर्गको राज्यको ढोकामा ताल्चा मारेका छौ। तिमीहरू आफैं पनि भित्र पस्दैनौ अनि भित्र पस्न खोज्नेहरूलाई पनि पस्न दिँदैनौ। [“ए धर्म-गुरु र फरिसीहरू हो! तिमीहरूलाई धिक्कार! तिमीहरू त कपटी छौ। तिमीहरूले विधवाहरूको घरबार खोस्छौ र अझै देखाउनलाई लामा-लामा प्रार्थना पो गर्छौ। यसैकारण तिमीहरूले भयङ्कर दण्ड पाउनेछौ।] “ए धर्म-गुरु र फरिसीहरू हो! तिमीहरूलाई धिक्कार! तिमीहरू त कपटी छौ। अरूलाई आफ्नो धर्ममा ल्याउन संसारभरि चहार्छौ र कसैलाई आफ्नो धर्ममा ल्याइहाल्यौ भने उसलाई आफूभन्दा दोब्बर नरकको लायक बनाउँछौ।