YouVersion लोगो
खोज आइकन

मत्ती 17:9-13

मत्ती 17:9-13 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

जब उहाँहरू पहाड़बाट ओर्लंदैहुनुहुन्‍थ्‍यो, येशूले तिनीहरूलाई आज्ञा गर्नुभयो, “जबसम्‍म मानिसको पुत्र मृतकबाट जीवित भई उठ्‌दैन, तबसम्‍म तिमीहरूले यो दर्शनको कुरा कसैलाई नभन्‍नू।” अनि चेलाहरूले उहाँलाई यसो भनेर सोधे, “तब किन शास्‍त्रीहरूले पहिले एलिया आउनुपर्छ भनी भन्‍छन्‌?” उहाँले तिनीहरूलाई भन्‍नुभयो, “एलिया साँच्‍ची नै आउँछन्, र तिनले सबै कुरा फेरि सच्‍याउनेछन्‌। तर म तिमीहरूलाई भन्‍दछु, ‘एलिया अघि नै आएका छन्, अनि मानिसहरूले तिनलाई चिनेनन्, तर तिनलाई तिनीहरूले मनमानी गरे। त्‍यसरी नै मानिसको पुत्रले पनि तिनीहरूका हातबाट कष्‍ट भोग्‍नुपर्नेछ।” तब उहाँले बप्‍तिस्‍मा-दिने यूहन्‍नाको विषयमा तिनीहरूलाई भन्‍नुभएको हो भनी चेलाहरूले बुझे।

शेयर गर्नुहोस्
मत्ती 17 पढ्नुहोस्

मत्ती 17:9-13 नेपाली समकालीन संस्करण (NCV)

उहाँहरू जब पर्वतबाट ओर्लँदैहुनुहुन्थ्यो, येशूले यस्तो आदेश दिनुभयो, “मानिसका पुत्र मृत्युबाट जीवित भई नउठेसम्म तिमीहरूले जे देख्यौ, त्यो कसैलाई नभन्‍नू।” चेलाहरूले उहाँलाई सोधे, “त्यसो भए किन व्यवस्थाका शिक्षकहरू एलिया पहिला आउनुपर्छ भनी भन्छन्?” येशूले उत्तर दिनुभयो, “एलिया साँच्‍चै नै आउँछन्, अनि सबै कुरा पुनर्स्थापन गर्नेछन्। तर म तिमीहरूलाई भन्दछु, एलिया आइसकेका छन्, अनि तिनीहरूले तिनलाई चिन्‍न सकेनन्, तर तिनलाई तिनीहरूले मनपरी व्यवहार गरे। यस्तै किसिमले मानिसका पुत्रले तिनीहरूका हातबाट कष्‍ट भोग्नेछन्।” तब उहाँले बप्‍तिस्मा दिने यूहन्‍नाको विषयमा तिनीहरूलाई भन्‍नुभएको भनी चेलाहरूले बुझे।

शेयर गर्नुहोस्
मत्ती 17 पढ्नुहोस्

मत्ती 17:9-13 पवित्र बाइबल (NERV)

येशू र उहाँका चेलाहरू पहाडबाट ओर्लंदै थिए। उहाँले चेलाहरूलाई आज्ञा दिनुभयो, “पहाडमा तिमीहरूले देखेको त्यस घट्नाहरूको बारे मानिसको पुत्र मृत्युबाट बौरी नउठे सम्म कसैलाई केही नभन्नु। त्यसपछिमात्र तिमीहरूले देखेका कुराहरू मानिसहरूलाई भन्नू।” चेलाहरूले येशूलाई प्रश्न गरे, “किन व्यवस्थाका शास्त्रीहरूले ख्रीष्ट आउनुभन्दा पहिले एलिया आउनु पर्छ भनेका हुन्?” येशूले भन्नुभयो, “एलिया आँउदैछन् भनेर तिनीहरूले ठीकै भनेका हुन्। अनि यो साँच्चो हो कि एलिया आउनेछन् र सबै कुराको ठीकसित व्यवस्था गर्नेछन्। तर म तिमीहरूलाई भन्दछु, एलिया अघिनै आइसकेका छन् तर तिनीहरू उनलाई चिन्दैनन्। उनलाई तिनीहरूले आफूले जे चाहे त्यही गरे। त्यसरी नै मानिसका पुत्रले पनि तिनीहरूका हातबाट यातना पाउने छन्।” तब चेलाहरूले तिनीहरूलाई बप्तिस्मा दिने यूहन्नाको बारेमा भन्नुभएको रहेछ भनी बुझे।

शेयर गर्नुहोस्
मत्ती 17 पढ्नुहोस्

मत्ती 17:9-13 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

पहाडबाट ओरालो झर्दै गर्दा येशूले तिनीहरूलाई भन्‍नुभयो, “हेर, म मानव पुत्र मरेकोबाट नबिउँतिएसम्‍म तिमीहरूले देखेका यो दर्शनको कुरा कसैलाई पनि नभन्‍नू।” चेलाहरूले येशूलाई सोधे, “धर्म-गुरुहरूले किन एलिया नै पहिले आउनुपर्छ भन्‍छन्?” येशूले जवाफ दिनुभयो, “हो, साँच्‍चै सबै कुरा सच्‍याउन एलिया आउनु नै पर्छ। हेर, म तिमीहरूलाई भन्‍छु, एलिया त आइसकेका छन्। तर मानिसहरूले उनलाई चिनेनन् र तिनीहरूले उनलाई जे मन लाग्‍यो, त्‍यही गरे अनि म मानव पुत्रलाई पनि तिनीहरूले त्‍यस्‍तै गरी मार्नेछन्।” तब येशूले बप्‍तिस्‍मा दिने यूहन्‍नाको बारेमा कुरा गर्नुभएको रहेछ भनेर चेलाहरूले बुझे।

शेयर गर्नुहोस्
मत्ती 17 पढ्नुहोस्