YouVersion लोगो
खोज आइकन

मत्ती 17:17-20

मत्ती 17:17-20 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

तब येशूले भन्‍नुभयो, “ए अल्‍पविश्‍वासी र भ्रष्‍ट पुस्‍ता, कहिलेसम्‍म म तिमीहरूका साथमा रहनेछु? कहिलेसम्‍म मैले तिमीहरूलाई सहनु? त्‍यसलाई यहाँ मकहाँ ल्‍याओ।” येशूले त्‍यसलाई हकार्नुभयो, र भूतात्‍मा त्‍यसबाट निस्‍किगयो। त्‍यो केटो तुरुन्‍तै निको भयो। तब चेलाहरूले येशूकहाँ गुप्‍तमा आएर भने, “हामीहरूले त्‍यसलाई किन निकाल्‍न सकेनौं?” उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूका अल्‍पविश्‍वासको कारणले हो। साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, कि तिमीहरूमा एउटा रायोको दानाजति विश्‍वास भएदेखि यस डाँड़ालाई ‘यहाँबाट हटिजा’ भन्‍यौ भने त्‍यो हटिजानेछ। र तिमीहरूका निम्‍ति केही असम्‍भव हुनेछैन।

शेयर गर्नुहोस्
मत्ती 17 पढ्नुहोस्

मत्ती 17:17-20 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

येशूले जवाफ दिनुभयो, “ए अविश्‍वासी र भ्रष्‍ट पुस्ता, म कहिलेसम्म तिमीहरूका साथमा रहुँला? र तिमीहरूलाई सहुँला? त्यस केटोलाई यहाँ मकहाँ ल्याओ।” येशूले त्यस भूतआत्मालाई हप्काउनुभयो, र त्यो त्यस केटोबाट निस्क्यो; र त्यो केटो त्यसै घडीदेखि निको भयो। तब चेलाहरूले गुप्‍तमा येशूकहाँ आएर सोधे, “हामीले किन त्यसलाई निकाल्न सकेनौँ?” उहाँले जवाफ दिनुभयो, “किनकि तिमीहरूमा विश्‍वासको कमी छ। तिमीहरूलाई साँच्‍चै भन्दछु, यदि तिमीहरूमा सानो रायोको दानाजत्रो मात्रै पनि विश्‍वास छ भने तिमीहरूले यस पहाडलाई ‘यहाँबाट त्यहाँ हटिजा’ भन्‍न सक्छौ, र त्यो हटेर जानेछ। तिमीहरूका लागि कुनै कुरा पनि असम्भव हुनेछैन।

शेयर गर्नुहोस्
मत्ती 17 पढ्नुहोस्

मत्ती 17:17-20 पवित्र बाइबल (NERV)

येशूले जवाफ दिनूभयो, “तिमीहरूमा विश्वास छैन। तिमीहरूको जीवननै भ्रष्ट छ। तिमीहरूसँग म कहीलेसम्म बस्न सकुँला? तिमीहरूसँग कहिलेसम्म म धैर्य गरिबस्नु? त्यस केटोलाई यता ल्याऊ।” येशूले केटाभित्र भएको भूतलाई आज्ञागर्नु भयो। त्यो केटाबाट भूत बाहिर निस्क्यो, अनि त्यसबेला देखि केटो निको भयो। तब चेलाहरू येशूकहाँ एकान्तमा आए। तिनीहरूले भने, “हामीले केटाबाट भूत भगाउन पूरा प्रयास गरेका थियौं। तर हामीले त्यसलाई भगाउन सकेनौं। किन हामीहरूले भूत भगाउन सकेनौ?” येशूले जवाफ दिनुभयो, “तिमीहरूले भूत भगाउन सकेनौ, किनभने तिमीहरूमा विश्वास एकदमै कम्ती छ म तिमीहरूलाई साँच्चो भन्दछु। यदि तिमीहरूको विश्वास तोरीको दाना जत्रो हुँदो हो, त पर्वतलाई यहाँबाट हटिजा भनेर तिमीहरूले त्यस डाँडालाई आज्ञा दिन सक्ने थियौ। ‘अनि त्यो सर्ने थियो।’ सबै कुरा तिमीहरूको निम्ति सम्भव थियो।”

शेयर गर्नुहोस्
मत्ती 17 पढ्नुहोस्

मत्ती 17:17-20 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

येशूले भन्‍नुभयो, “कस्‍ता विश्‍वास नभएका र भ्रममा परेका मानिसहरू रहेछौ! तिमीहरूसँग म कति दिनसम्‍म बस्‍ने? मैले तिमीहरूलाई कतिन्‍जेलसम्‍म सहिरहने? खै त्‍यसलाई यता ल्‍याओ।” अनि येशूले त्‍यस भूतलाई हकारेर धपाउनुभयो र त्‍यो केटा तुरुन्‍तै निको भयो। पछि चेलाहरूले येशूलाई एकान्‍तमा सोधे, “हामीहरूले चाहिँ त्‍यस भूतलाई किन निकाल्‍न सकेनौं?” येशूले भन्‍नुभयो, “तिमीहरूको विश्‍वास कम भएकोले गर्दा हो। साँच्‍चै म तिमीहरूलाई भन्‍छु, तिमीहरूसँग रायोको एउटा दाना जतिको विश्‍वास छ भने यस पहाडलाई यहाँबाट हटिजाभन्दा यो जानेछ र तिमीहरू जे पनि गर्न सक्‍नेछौ।

शेयर गर्नुहोस्
मत्ती 17 पढ्नुहोस्