मत्ती 14:23-25
मत्ती 14:23-25 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
भीड़लाई बिदा गरिसक्नुभएपछि उहाँ एकलै प्रार्थना गर्न डाँड़ामा उक्लनुभयो। साँझ पर्दा उहाँ एकलै त्यहाँ हुनुहुन्थ्यो। तर डुङ्गा त्यति बेलासम्म किनारदेखि समुद्रमा धेरै टाढ़ा पुगिसकेको थियो। अनि हावा उल्टो बहेको हुनाले डुङ्गा छालको चपेटमा परेको थियो। बिहान तीन बजेतिर उहाँ समुद्रमाथि हिँड्दै तिनीहरूकहाँ आउनुभयो।
मत्ती 14:23-25 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
उहाँले भीडलाई बिदा गरिसक्नुभएपछि उहाँ एकलै प्रार्थना गर्न एउटा पहाडमा जानुभयो। रात पर्दा उहाँ त्यहाँ एकलै हुनुहुन्थ्यो, तर डुङ्गा जमिनदेखि धेरै टाढा पुगिसकेको थियो, बतास उल्टो बहेकाले छालहरूले त्यसलाई हुत्याउँदैथियो। बिहान तीन बजेतिर येशू समुद्रमाथि हिँड्दै तिनीहरूतिर जानुभयो।
मत्ती 14:23-25 पवित्र बाइबल (NERV)
मानिहरूलाई बिदा गरिसकेपछि, येशू एक्लै प्रार्थना गर्नलाई डाँडामा चढनुभयो। अबेर सम्म उहाँ एक्लै त्यहाँ बस्नुभयो। यसबेलासम्म डुङ्गा धेरै टाढा पुगिसकेको थियो। हावा विपरित दिशाबाट चलेको कारणले छालहरूले गर्दा डुङ्गालाई कठीन परिरहेथ्यो। बिहानको पहिलो प्रहारतिर, येशूका चेलाहरू डुङ्गामा नै थिए। येशू पानीमाथि हिँड्दै तिनीहरू भएतिर जानुभयो।
मत्ती 14:23-25 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तिनीहरूलाई बिदा गरिसकेपछि उहाँ एक्लै प्रार्थना गर्न माथि डाँडामा जानुभयो। रात पर्यो र येशू एक्लै डाँडामा हुनुहुन्थ्यो। त्यति बेलासम्म नाउचाहिँ किनारबाट तालमा निकै पर पुगेको थियो। तर अगाडिबाट बतास चलेर छालले नाउलाई यताउति हल्लाइरहेको हुनाले चेलाहरू अगाडि बढ्नै सकेनन्। बिहानै झिसमिसे उज्यालोमा येशू पानीमाथि हिँडेर चेलाहरूकहाँ आउनुभयो।