मत्ती 13:1-3
मत्ती 13:1-3 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
त्यही दिन येशू घरबाट निस्केर समुद्रको किनारमा बस्नुभयो। अनि यति ठूलो भीड उहाँको नजिक भेला भयो, कि उहाँ डुङ्गामा चढ़ेर बस्नुभयो, अनि सबै मानिसहरू किनारमा खड़ा भए। उहाँले तिनीहरूलाई दृष्टान्तमा धेरै कुरा भन्नुभयो। उहाँले भन्नुभयो, “एक जना बीउ छर्ने बीउ छर्न निस्क्यो।
मत्ती 13:1-3 नेपाली समकालीन संस्करण (NCV)
येशू त्यही दिन त्यस घरबाट निस्केर तालको छेउमा बस्नुभयो। उहाँको चारैतिर यति ठूला भीडहरू जम्मा भए कि उहाँ एउटा डुङ्गामा चढेर बस्नुभयो, अरू सबै मानिसहरूचाहिँ किनारमा उभिए। तब उहाँले यसो भन्दै तिनीहरूलाई दृष्टान्तबाट धेरै कुराहरू भन्नुभयो: “एकजना किसान बीउ छर्नलाई निस्क्यो।
मत्ती 13:1-3 पवित्र बाइबल (NERV)
ठीक त्यही दिन येशू बाहिर गएर झीलको छेउमा बस्नु भयो। उहाँलाई अनेकौं मानिसहरूले घेरेका थिए। यसकारण उहाँ एउटा डुङ्गामा चढ्नु भयो। सबै मानिसहरू चाँहि किनारमा बसेका थिए। उखानहरूको उपयोग गरेर उहाँले मानिसहरूलाई धेरै शिक्षा दिनुभयो। येशूले बताउनुभयो: “कोही किसान बीऊ छर्नलाई निस्क्यो।
मत्ती 13:1-3 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
त्यसै दिन येशू त्यस घरबाट निस्कनुभयो र तालको छेउमा गएर शिक्षा दिन बस्नुभयो। धेरै मानिसहरू ओइरिएर आए र उहाँको वरिपरि ठूलो घुइँचो लाग्यो। त्यसैले उहाँ एउटा नाउमा चढेर बस्नुभयो। मानिसहरूको घुइँचोचाहिँ तालको किनारामा नै उभिरह्यो। येशूले ती मानिसहरूलाई धेरै कुराहरू दृष्टान्तको रूपमा यस्तो कथा भन्नुभयो। यसरी सिकाउँदै उहाँले भन्नुभयो, “एक जना मानिस बारीमा बिउ छर्न गयो।