मत्ती 12:28-31
मत्ती 12:28-31 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर यदि परमेश्वरका आत्माद्वारा म भूतहरू धपाउँछु भने परमेश्वरको राज्य तिमीहरूमा आइसकेको छ। “पहिले बलियो मानिसलाई नबाँधिकन, त्यसको घरभित्र पसेर कसले त्यसको धनमाल लिएर जान सक्छ? त्यस बलियो मानिसलाई बाँधेपछि मात्र त्यसको घर लुट्न सक्छ। “जो मेरो साथ छैन, त्यो मेरो विरुद्धमा छ, र जसले मसँग बटुल्दैन, त्यसले छरपष्ट पार्छ। त्यसैकारण म तिमीहरूलाई भन्दछु, मानिसहरूले गरेको हरेक पाप र ईश्वर-निन्दा क्षमा हुनेछ, तर पवित्र आत्माको विरुद्धमा गरिएको निन्दा क्षमा हुनेछैन।
मत्ती 12:28-31 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तर यदि म परमेश्वरको आत्माले भूतहरू निकाल्छु भने परमेश्वरको राज्य तिमीहरूमा आइसकेको छ। “अथवा फेरि, कसैले घरको बलियो मानिसलाई पहिला नबाँधि कसरी उसको घरमा पसेर उसका सबै थोकहरू लैजान सक्ला र? तर उसलाई बाँधेपछि मात्र त्यसले उसको घर लुट्न सक्छ। “जो मसँग छैन, त्यो मेरो विरुद्धमा हुन्छ। जसले मसँग बटुल्दैन, त्यसले छरपस्ट पार्दछ। यसकारण म भन्दछु, हरेक किसिमको पाप र निन्दा मानिसलाई क्षमा हुनेछ, तर पवित्र आत्माको विरुद्धमा भएको निन्दा क्षमा हुनेछैन।
मत्ती 12:28-31 पवित्र बाइबल (NERV)
तर म परमेश्वरका आत्माको शक्तिद्वारा भूतहरू भगाउँछु। यसबाट यो थाहा हुन्छ कि परमेश्वरको राज्य अघि नै तिमीहरूमा आइसकेको छ। यदि कुनै मानिसले कुनै एक बलवान मानिसको घरमा लुटपाट गर्न चाहन्छ भने, सर्वप्रथम उसले त्यो बलवान मानिसलाई साङ्लोले बाँधेर राख्नुपर्छ। त्यसपछि मात्र त्यो मानिसले घर लुट्न सक्दछ। जो मानिस मसित छैन, त्यो मेरो विरुद्धमा छ। मसित काम नर्गेनले मेरो विरूद्धमा काम गरिरहेको हुन्छ। “यसैले म तिमीहरूलाई भन्दछु, तिनीहरूले गरेका हरेक पापका निम्ति मानिसहरूलाई क्षमा प्रदान गर्न सकिन्छ। अनि तिनीहरूले भनेका सबै नराम्रा शब्दहरूको निम्ति मानिसहरूलाई क्षमा प्रदान गर्न सकिन्छ। तर यदि कसैले पवित्र आत्माको विरुद्धमा कुरा गर्छ भने उसलाई क्षमा गरिनेछैन।
मत्ती 12:28-31 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
बालजिबुलको शक्तिले होइन, तर म परमेश्वरको आत्माले भूत निकाल्छु र यसैबाट परमेश्वरको राज्य तिमीहरूको बीचमा आइसकेको छ भन्ने कुरा तिमीहरूले थाहा पाउन सक्छौ। फेरि सुन, बलियो मानिसलाई पहिले नबाँधीकन कुनै मानिसले पनि उसको घरको चीज लैजान सक्दैन। उसलाई बाँधेपछि मात्र घर लुट्न सकिन्छ। “मसँग नलाग्ने मानिस मेरो विरोधी हो। मलाई बटुल्न नसघाउनेले मैले बटुलेको पनि छरपस्ट गरिदिन्छ। यसकारण म तिमीहरूलाई भन्छु, मानिसले गरेको सबै पाप र निन्दाहरू मेटिन सक्छ, तर पवित्र आत्माको निन्दा गर्ने पापचाहिँ मेटिनेछैन।