YouVersion लोगो
खोज आइकन

मत्ती 12:28-31

मत्ती 12:28-31 NCV

तर यदि म परमेश्‍वरको आत्माले भूतहरू निकाल्छु भने परमेश्‍वरको राज्य तिमीहरूमा आइसकेको छ। “अथवा फेरि, कसैले घरको बलियो मानिसलाई पहिला नबाँधि कसरी उसको घरमा पसेर उसका सबै थोकहरू लैजान सक्ला र? तर उसलाई बाँधेपछि मात्र त्यसले उसको घर लुट्न सक्छ। “जो मसँग छैन, त्यो मेरो विरुद्धमा हुन्छ। जसले मसँग बटुल्दैन, त्यसले छरपस्ट पार्दछ। यसकारण म भन्दछु, हरेक किसिमको पाप र निन्दा मानिसलाई क्षमा हुनेछ, तर पवित्र आत्माको विरुद्धमा भएको निन्दा क्षमा हुनेछैन।

मत्ती 12 पढ्नुहोस्