YouVersion लोगो
खोज आइकन

मत्ती 11:7-30

मत्ती 11:7-30 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

अनि तिनीहरू गएपछि येशूले यूहन्‍नाको विषयमा भीड़लाई भन्‍न लाग्‍नुभयो, “तिमीहरू उजाड-स्‍थानमा के हेर्न निस्‍क्‍यौ? के बतासले हल्‍लाइराखेको निगालोलाई? तब तिमीहरू किन निस्‍क्‍यौ? के नरम पोशाक धारण गरेको मानिसलाई हेर्न? नरम पोशाक लाउनेहरू त राजाहरूका भवनमा बस्‍छन्‌। तिमीहरू किन निस्‍क्‍यौ त? के अगमवक्ता हेर्नलाई? हो, म तिमीहरूलाई भन्‍दछु, अगमवक्ताभन्‍दा पनि महान्‌ व्‍यक्तिलाई। यिनी तिनै हुन्‌ जसको विषयमा धर्मशास्‍त्रमा लेखिएको छ, ‘हेर, म आफ्‍नो दूतलाई तिम्रो अगिअगि पठाउँछु, जसले तिम्रो सामुन्‍ने तिम्रो मार्ग तयार गर्नेछ।’ साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, स्‍त्रीबाट जन्‍मेकाहरूमा बप्‍तिस्‍मा-दिने यूहन्‍नाभन्‍दा महान्‌ अरू कोही भएको छैन। तरै पनि स्‍वर्गको राज्‍यमा जो सबैभन्‍दा सानो छ, त्‍यो यिनीभन्‍दा महान्‌ हो। बप्‍तिस्‍मा-दिने यूहन्‍नाको समयदेखि अहिलेसम्‍म स्‍वर्गको राज्‍य जोड़ले अगि बढ़िरहेको छ, अनि शक्तिशाली मानिसहरू बलजफतीसँग यसलाई पक्रन्‍छन्‌। किनकि यूहन्‍नाको समयसम्‍म सबै अगमवक्ताहरू र व्‍यवस्‍थाले अगमवाणी गरे। तिमीहरू ग्रहण गर्न राजी हुन्‍छौ भने, आउनुपर्ने एलिया यिनी नै हुन्‌। जसको सुन्‍ने कान छ, त्‍यसले सुनोस्‌। “अब यस पुस्‍ताको तुलना म केसँग गरूँ? यो त बजारमा खेल्‍ने ससाना केटाकेटीहरूजस्‍तो हो, जसले तिनीहरूका साथीहरूलाई बोलाउँछन्, र भन्‍दछन्, ‘हामीहरूले तिमीहरूका निम्‍ति बाँसुरी बजायौं, तर तिमीहरू नाचेनौ। हामीहरूले विलाप गर्‍यौं, तर तिमीहरूले अफसोस गरेनौ।’ किनभने यूहन्‍ना खाँदै र पिउँदै आएनन्, र तिनीहरू उनलाई भूत लागेको छ भनी भन्‍दछन्‌। मानिसको पुत्र खाँदै र पिउँदै आयो, र तिनीहरू भन्‍दछन्, ‘हेर, घिचुवा, पियक्‍कड़, कर उठाउने र पापीहरूको मित्र!’ बुद्धि ठीक हो भन्‍ने कुरा त्‍यसका कामहरूबाटै प्रमाणित हुन्‍छ।” जुन-जुन सहरमा उहाँका धेरैजसो शक्तिशाली कामहरू गरिएका थिए, उहाँले तिनलाई धिक्‍कार्न लाग्‍नुभयो, कारण तिनीहरूले पश्‍चात्ताप गरेनन्‌। “धिक्‍कार तँलाई, ए खोराजीन! धिक्‍कार तँलाई, ए बेथसेदा! किनकि तिमीहरूमा गरिएका शक्तिशाली कामहरू टुरोस र सीदोनमा गरिएका भए तिनीहरूले उहिले नै भाङ्‌ग्रा लाएर र खरानी धसेर पश्‍चात्ताप गरिसक्‍नेथिए। तर म तिमीहरूलाई भन्‍दछु, न्‍यायको दिनमा तिमीहरूको भन्‍दा त टुरोस र सीदोनको हालत बढ़ी सहनीय हुनेछ। ए कफर्नहुम, के तँ आकाशसम्‍मै उचालिनेछस्‌ र? तँ पातालसम्‍म खसालिनेछस्‌। किनकि तँमा गरिएका शक्तिशाली कामहरू सदोममा गरिएका भएदेखि त्‍यो आजको दिनसम्‍म रहिरहनेथियो। तर म तिमीहरूलाई भन्‍दछु, न्‍यायको दिनमा तेरो भन्‍दा त सदोम मुलुकको हालत बढ़ी सहनीय हुनेछ।” त्‍यस बेला येशूले भन्‍नुभयो, “हे पिता, स्‍वर्ग र पृथ्‍वीका प्रभु, म तपाईंमा धन्‍यवाद चढ़ाउँछु, किनकि तपाईंले यी कुरा बुद्धिमान्‌ र समझदारबाट गुप्‍त राख्‍नुभयो, तर बालकहरूलाई ती प्रकट गर्नुभयो। हो, पिता, किनकि तपाईंलाई यही असल लाग्‍यो। “मेरा पिताले सबै थोक मलाई सुम्‍पिदिनुभएको छ। पिताबाहेक पुत्रलाई कसैले चिन्‍दैन, र पुत्रबाहेक पितालाई कसैले चिन्‍दैन, अनि तिनीहरूले पनि चिन्‍छन्‌ जसलाई पुत्रले पिता प्रकट गरिदिने इच्‍छा गर्दछ। “हे सबै थाकेका र बोझले दबिएका हो, मकहाँ आओ, म तिमीहरूलाई विश्राम दिनेछु। मेरो जुवा आफूमाथि लेओ, र मसँग सिक, किनभने म विनम्र र कोमल हृदयको छु, अनि तिमीहरूले आफ्‍ना आत्‍मामा विश्राम पाउनेछौ। किनकि मेरो जुवा सजिलो छ, र मेरो भारी हलुको छ।”

शेयर गर्नुहोस्
मत्ती 11 पढ्नुहोस्

मत्ती 11:7-30 पवित्र बाइबल (NERV)

यूहन्नाका चेलाहरू आफ्ना मार्गमा जाँदैथिए, येशूले ती मानिसहरूलाई यूहन्नको बारेमा भन्न लाग्नु भयो। उहाँले भन्नुभयो, “तिमीहरू मरुभुमिमा के हेर्न निस्क्यौ? के बतासले हल्लाइराखेको निगालोलाई? वास्तवमा केको निम्ति तिमीहरू मरूभूमिमा गयौ? राम्रो वस्त्र पहिरने मानिसलाई हेर्न? ती राम्रा-राम्रा वस्त्र पहिरिएर राजमहलहरूमा बस्ने मानिसहरूलाई हो। यदि यसो होइन भने के हेर्नलाई तिमीहरू बाहिर निस्केका हौ? कुनै एक अगमवक्तालाई? हो, म भन्दछु, एक आगमवक्ता भन्दा महान यूहन्ना नै हुन्। यूहन्ना नै एकहुन् जसको विषयमा धर्मशास्त्रमा लेखिएको छ: ‘सुन! म आफ्नो दूतलाई तिम्रो अघि-अघि पठाउँनेछु। उसले तिम्रो लागि बाटो तयार गरिदिनेछ।’ “म तिमीहरूलाई साँच्चो भन्दछु बप्तिस्मा दिने यूहन्ना पृथ्वीमा जन्मेका सबै मानिसभन्दा महान छन्। तरैपनि स्वर्गको राज्यमा जो सबैभन्दा सानो छ, त्यो यूहन्नाभन्दा ठूलो हो। बप्तिस्मा दिने यूहन्नाको समयदेखि यसो अहिलेसम्म स्वर्गको राज्यमा बलजफत हुँदैछ र बलजफत गर्नेहरू जबरजस्ती खोस्छन्। सबै अगमवक्ताहरू र मोशाको व्यवस्थाले यूहन्ना समेत को समय नआउन्जेल पछि हुन आउने कुराहरूको विषयमा अगमवाणी गरेका छन्। यदि अगमवक्ता र व्यवस्थाले भनेका कुरामा तिमीहरू विश्वास गर्छौ भने, यूहन्नानै एलिया हो भनेर पनि तिमीहरूले विश्वास गर्नेछौ। व्यवस्था र अगमवक्ताहरूले उहाँ आउँनुहुन्छ भनेका छन्। मेरो कुरा सुन्न सक्ने तिमीहरूले यी कुराहरू सुन। “आजका मानिसहरूको बारेमा मैले के भन्ने? तिनीहरू के जस्ता छन्? आजका मानिसहरू बजारमा खेल्ने स-ससाना केटा-केटीहरू जस्ता छन्। एक दलका केटाकेटीहरूले अर्का दलकाहरूलाई बोलाउँछन्, ‘तिमीहरूको निम्ति मीहरूले संगीत बजायौं, तर तिमीहरू नाचेनौ; हामीहरूले दु:खका गीत गायौं, तर तिमीहरू दुःखी भएनौ।’ मानिसहरू त्यस्तै छन् भनेर मैलै किन भनें? किनभने जब यूहन्ना आए उनले अरूले जस्तै खाएनन् अनि दाखरस पिएनन्। अनि मानिसहरूले, ‘उसलाई भूत लागेको छ भनी भन्छन्।’ मानिसका पुत्र अरू मानिसहरूले जस्तै खाँदै पिउँदै आयो। मानिसहरूले भने ‘उसलाई हेर, उसले अति धेरै खान्छ अनि एउटा पियक्कड हो। उ महसूल उठाउनेहरू र पापीहरूको मित्र हो।’ तर बुद्धि चाहिं उहाँले गरेको कामबाट सिद्ध हुन्छ।” येशूले ती शहरहरूलाई हप्काउनु भयो जहाँ उहाँले धेरै शक्तिशाली कामहरू गर्नु भएको थियो। येशूले ती शहरहरूका बासिन्दाहरूलाई हप्काउनु भयो किनभने तिनीहरू आफ्नो जीवन शैली परिवर्तन गर्न राजी थिएनन्। येशूले भन्नुभयो, “ए कोराजिन! तँलाई धिक्कार छ। ए बेथसेदा! तँलाई धिक्कार छ। मैले तिमीहरूकहाँ धेरै शक्तिशाली कामहरू गरिदिएँ। यदि यस्तै शक्तिशाली कामहरू टायर र सदोममा गरिएको भए त्यहाँका मानिसहरूले पहिले नै भाङरा वस्त्रलाएर र खरानी घसेर पश्चताप गरिसक्ने थिए। तर म भन्दछु, न्यायको दिनमा टायर र सदोमकोभन्दा तिमीहरूको हालत खराब हुनेछ। “तँ कफर्नहुम, के तँ स्वर्गसम्म उचालिनेछस् र? अँहँ! तँलाई तल मृत्युको स्थान सम्म झारिनेछ। तँमाथि मैले धेरै शक्तिशाली कामहरू गरेको छु। यदि त्यस्तै चमत्कारहरू सदोममा भएको भए, त्यहाँका मानिसहरूले सबै पापहरू गर्न छोडिसकेका हुनेथिए अनि त्यो नगर आजसम्म रहि रहनेथियो। तर तिमीलाई भन्छु कि न्यायको दिनमा सदोमको भन्दा तिम्रो हालत अरू नराम्रो हुनेछ।” त्यसपछि येशूले भन्नुभयो, “हे पिता, स्वर्ग र पृथ्वीका परमप्रभु, म तपाईंलाई धन्यवाद चढाउँछु। म तपाईंको प्रशंसा गर्दछु किनकि तपाईंले यी कुराहरू बुद्धिमान र समझदार मानिसहरूबाट लुकाउनुभयो। तर तपाईंले यी तिनीहरूप्रति प्रकट गरिदिनु भयो जो स-साना बालकहरू झैं छन्। हे मेरा पिता, तपाईंले यस्तो गर्नु भयो, जो वास्तवमै तपाईंले गर्न चाहनु भएको थियो। “मेरा पिताले मलाई सबै व्यवस्था गरिदिनु भएको छ। पिताले बाहेक अरू कसैले पुत्रलाई चिन्दैन। पुत्रले बाहेक अरू कसैले पितालाई चिन्दैन। अनि पुत्रले जुन मानिसहरूमा पितालाई प्रकट गर्ने इच्छा गर्नहुन्छ तिनीहरूले मात्र पितालाई चिन्ने छन्। “मकहाँ आऊ। जो थकित औ कष्टले दबिएकाहरू हो! म तिमीहरूलाई आत्माको निम्ति विश्राम दिनेछु। मेरो कामकुरो ग्रहण गर अनि मबाट सिक, म विनयी र विनम्र-हृदयको छु। अनि तिमीहरूले आफ्नो आत्मामा विश्राम पाउनेछौ। हो, मेरो काम ग्रहण गर्न सजिलो छ। तिमीहरूलाई दिइने भार हलुका छ।”

मत्ती 11:7-30 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

जब यूहन्‍नाका चेलाहरू जान लागे, तब येशूले भीडलाई यूहन्‍नाको विषयमा भन्‍न लाग्नुभयो: “तिमीहरू उजाडस्थानमा के हेर्न गयौ? के हावाले हल्‍लाएको निगालोलाई? यदि होइन भने तिमीहरू के हेर्न गयौ त? के महङ्गो लुगा लगाएको मानिसलाई हेर्न? होइन, महङ्गो लुगा लगाउनेहरू त राजाका दरबारमा हुन्छन्। त्यसो भए तिमीहरू के हेर्नलाई गयौ त? के अगमवक्तालाई? हो, म तिमीहरूलाई भन्दछु, एक अगमवक्ताभन्दा पनि महान्‌लाई। यिनी तिनी नै हुन्, जसको विषयमा यसरी लेखिएको छ: “ ‘म मेरो दूतलाई तिम्रो अगि-अगि पठाउनेछु, जसले तिम्रो बाटो तयार पार्नेछन्।’ म तिमीहरूलाई साँच्‍चै भन्दछु, स्त्रीहरूबाट जन्मनेहरूमा बप्‍तिस्मा दिने यूहन्‍नाभन्दा महान् अरू कोही छैन; तापनि स्वर्गको राज्यमा जो सबैभन्दा सानो छ, त्यो यिनीभन्दा पनि महान् हुनेछ। बप्‍तिस्मा दिने यूहन्‍नाको समयदेखि अहिलेसम्म स्वर्गको राज्य बलपूर्वक अगि बढिरहेको छ, र जबरजस्ती गर्नेहरूले यसलाई पक्रिराखेका छन्। किनकि सबै अगमवक्ताहरू र व्यवस्थाले यूहन्‍नाको समयसम्म अगमवाणी गरे। यदि तिमीहरू यसलाई ग्रहण गर्न राजी छौ भने आउनुपर्ने एलिया यिनी नै हुन्। जसको कान छ, उसले सुनोस् र बुझोस्। “यस पुस्तालाई म केसित तुलना गरूँ? तिनीहरू बजारमा बसेर अरूहरूलाई बोलाउँदै यसो भन्‍ने केटाकेटीहरूजस्ता छन्: “ ‘हामीले तिमीहरूका लागि बाँसुरी बजायौँ, अनि तिमीहरू नाचेनौ। हामीले शोकको गीत गायौँ, अनि तिमीहरूले विलाप गरेनौ!’ किनकि यूहन्‍ना न त खाँदै आए, न पिउँदै आए; अनि तिनीहरू भन्छन्, ‘तिनलाई भूत लागेको छ।’ मानिसको पुत्र खाँदै र पिउँदै आयो; अनि तिनीहरू भन्छन्, ‘हेर, यो घिचुवा र पियक्‍कड, र कर उठाउनेहरू र पापीहरूको मित्र।’ तर बुद्धि ठिक छ भन्‍ने त्यसका कामहरूद्वारा नै प्रमाणित हुन्छ।” त्यसपछि येशूले ती सहरहरूलाई धिक्‍कार्न थाल्नुभयो; जहाँ उहाँका धेरैजसो अचम्मका कामहरू गरिएका थिए; किनकि तिनीहरूले पश्‍चात्ताप गरेनन्। “धिक्‍कार तँलाई हे खोराजिन! धिक्‍कार तँलाई हे बेथसेदा! यदि तिमीहरूमा गरिएका अचम्मका कामहरू टायर र सीदोनका मुलुकहरूमा गरिएका भए त्यहाँका मानिसहरूले धेरै पहिले नै भाङ्ग्रा ओढेर र खरानी धसेर पश्‍चात्ताप गर्नेथिए। तर म तिमीहरूलाई भन्दछु, न्यायको दिनमा तिमीहरूको भन्दा त टायर र सीदोनको अवस्था सहन सक्ने हुनेछ। अनि हे कफर्नहुम, के तँ आकाशमा उचालिनेछस्? होइन, तँ पातालमा खसालिनेछस्। यदि तँकहाँ गरिएका अचम्मका कामहरू सदोममा गरिएका भए, त्यो आजसम्म रहिरहनेथियो। तर म तँलाई यो भन्दछु, न्यायको दिनमा तेरोभन्दा त सदोम सहरको अवस्था सहन सक्ने हुनेछ।” त्यस बेला येशूले भन्‍नुभयो, “हे पिता, स्वर्ग र पृथ्वीका प्रभु, म तपाईंको प्रशंसा गर्दछु; किनकि तपाईंले यी कुराहरू बुद्धिमान् र ज्ञानीहरूबाट गुप्‍त राखेर साना बालबालिकाहरूलाई प्रकट गरिदिनुभएको छ। किनकि हे पिता, तपाईंलाई यस्तै गर्न असल लाग्यो। “मेरा पिताले सबै थोकहरू मलाई सुम्पिदिनुभएको छ। पुत्र को हो भनी पिताबाहेक कसैले चिन्दैन; अनि पितालाई पुत्रले बाहेक र पुत्रले प्रकट गर्न चाहनुभएका मानिसहरूबाहेक अरू कसैले चिन्दैन। “हे सबै थाकेका र बोझले दबिएकाहरू हो, मकहाँ आओ, र म तिमीहरूलाई विश्राम दिनेछु। मेरो जुवा आफूमाथि राख, र मबाट सिक; किनकि म नम्र र कोमल हृदयको छु, र तिमीहरूले आफ्ना आत्माको लागि विश्राम पाउनेछौ। किनकि मेरो जुवा सजिलो र मेरो भारी हलुको छ।”

शेयर गर्नुहोस्
मत्ती 11 पढ्नुहोस्

मत्ती 11:7-30 पवित्र बाइबल (NERV)

यूहन्नाका चेलाहरू आफ्ना मार्गमा जाँदैथिए, येशूले ती मानिसहरूलाई यूहन्नको बारेमा भन्न लाग्नु भयो। उहाँले भन्नुभयो, “तिमीहरू मरुभुमिमा के हेर्न निस्क्यौ? के बतासले हल्लाइराखेको निगालोलाई? वास्तवमा केको निम्ति तिमीहरू मरूभूमिमा गयौ? राम्रो वस्त्र पहिरने मानिसलाई हेर्न? ती राम्रा-राम्रा वस्त्र पहिरिएर राजमहलहरूमा बस्ने मानिसहरूलाई हो। यदि यसो होइन भने के हेर्नलाई तिमीहरू बाहिर निस्केका हौ? कुनै एक अगमवक्तालाई? हो, म भन्दछु, एक आगमवक्ता भन्दा महान यूहन्ना नै हुन्। यूहन्ना नै एकहुन् जसको विषयमा धर्मशास्त्रमा लेखिएको छ: ‘सुन! म आफ्नो दूतलाई तिम्रो अघि-अघि पठाउँनेछु। उसले तिम्रो लागि बाटो तयार गरिदिनेछ।’ “म तिमीहरूलाई साँच्चो भन्दछु बप्तिस्मा दिने यूहन्ना पृथ्वीमा जन्मेका सबै मानिसभन्दा महान छन्। तरैपनि स्वर्गको राज्यमा जो सबैभन्दा सानो छ, त्यो यूहन्नाभन्दा ठूलो हो। बप्तिस्मा दिने यूहन्नाको समयदेखि यसो अहिलेसम्म स्वर्गको राज्यमा बलजफत हुँदैछ र बलजफत गर्नेहरू जबरजस्ती खोस्छन्। सबै अगमवक्ताहरू र मोशाको व्यवस्थाले यूहन्ना समेत को समय नआउन्जेल पछि हुन आउने कुराहरूको विषयमा अगमवाणी गरेका छन्। यदि अगमवक्ता र व्यवस्थाले भनेका कुरामा तिमीहरू विश्वास गर्छौ भने, यूहन्नानै एलिया हो भनेर पनि तिमीहरूले विश्वास गर्नेछौ। व्यवस्था र अगमवक्ताहरूले उहाँ आउँनुहुन्छ भनेका छन्। मेरो कुरा सुन्न सक्ने तिमीहरूले यी कुराहरू सुन। “आजका मानिसहरूको बारेमा मैले के भन्ने? तिनीहरू के जस्ता छन्? आजका मानिसहरू बजारमा खेल्ने स-ससाना केटा-केटीहरू जस्ता छन्। एक दलका केटाकेटीहरूले अर्का दलकाहरूलाई बोलाउँछन्, ‘तिमीहरूको निम्ति मीहरूले संगीत बजायौं, तर तिमीहरू नाचेनौ; हामीहरूले दु:खका गीत गायौं, तर तिमीहरू दुःखी भएनौ।’ मानिसहरू त्यस्तै छन् भनेर मैलै किन भनें? किनभने जब यूहन्ना आए उनले अरूले जस्तै खाएनन् अनि दाखरस पिएनन्। अनि मानिसहरूले, ‘उसलाई भूत लागेको छ भनी भन्छन्।’ मानिसका पुत्र अरू मानिसहरूले जस्तै खाँदै पिउँदै आयो। मानिसहरूले भने ‘उसलाई हेर, उसले अति धेरै खान्छ अनि एउटा पियक्कड हो। उ महसूल उठाउनेहरू र पापीहरूको मित्र हो।’ तर बुद्धि चाहिं उहाँले गरेको कामबाट सिद्ध हुन्छ।” येशूले ती शहरहरूलाई हप्काउनु भयो जहाँ उहाँले धेरै शक्तिशाली कामहरू गर्नु भएको थियो। येशूले ती शहरहरूका बासिन्दाहरूलाई हप्काउनु भयो किनभने तिनीहरू आफ्नो जीवन शैली परिवर्तन गर्न राजी थिएनन्। येशूले भन्नुभयो, “ए कोराजिन! तँलाई धिक्कार छ। ए बेथसेदा! तँलाई धिक्कार छ। मैले तिमीहरूकहाँ धेरै शक्तिशाली कामहरू गरिदिएँ। यदि यस्तै शक्तिशाली कामहरू टायर र सदोममा गरिएको भए त्यहाँका मानिसहरूले पहिले नै भाङरा वस्त्रलाएर र खरानी घसेर पश्चताप गरिसक्ने थिए। तर म भन्दछु, न्यायको दिनमा टायर र सदोमकोभन्दा तिमीहरूको हालत खराब हुनेछ। “तँ कफर्नहुम, के तँ स्वर्गसम्म उचालिनेछस् र? अँहँ! तँलाई तल मृत्युको स्थान सम्म झारिनेछ। तँमाथि मैले धेरै शक्तिशाली कामहरू गरेको छु। यदि त्यस्तै चमत्कारहरू सदोममा भएको भए, त्यहाँका मानिसहरूले सबै पापहरू गर्न छोडिसकेका हुनेथिए अनि त्यो नगर आजसम्म रहि रहनेथियो। तर तिमीलाई भन्छु कि न्यायको दिनमा सदोमको भन्दा तिम्रो हालत अरू नराम्रो हुनेछ।” त्यसपछि येशूले भन्नुभयो, “हे पिता, स्वर्ग र पृथ्वीका परमप्रभु, म तपाईंलाई धन्यवाद चढाउँछु। म तपाईंको प्रशंसा गर्दछु किनकि तपाईंले यी कुराहरू बुद्धिमान र समझदार मानिसहरूबाट लुकाउनुभयो। तर तपाईंले यी तिनीहरूप्रति प्रकट गरिदिनु भयो जो स-साना बालकहरू झैं छन्। हे मेरा पिता, तपाईंले यस्तो गर्नु भयो, जो वास्तवमै तपाईंले गर्न चाहनु भएको थियो। “मेरा पिताले मलाई सबै व्यवस्था गरिदिनु भएको छ। पिताले बाहेक अरू कसैले पुत्रलाई चिन्दैन। पुत्रले बाहेक अरू कसैले पितालाई चिन्दैन। अनि पुत्रले जुन मानिसहरूमा पितालाई प्रकट गर्ने इच्छा गर्नहुन्छ तिनीहरूले मात्र पितालाई चिन्ने छन्। “मकहाँ आऊ। जो थकित औ कष्टले दबिएकाहरू हो! म तिमीहरूलाई आत्माको निम्ति विश्राम दिनेछु। मेरो कामकुरो ग्रहण गर अनि मबाट सिक, म विनयी र विनम्र-हृदयको छु। अनि तिमीहरूले आफ्नो आत्मामा विश्राम पाउनेछौ। हो, मेरो काम ग्रहण गर्न सजिलो छ। तिमीहरूलाई दिइने भार हलुका छ।”

शेयर गर्नुहोस्
मत्ती 11 पढ्नुहोस्

मत्ती 11:7-30 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

यूहन्‍नाका चेलाहरू गएपछि येशूले मानिसहरूलाई यूहन्‍नाको बारेमा भन्‍नुभयो, “तिमीहरू उजाड-स्थानमा के हेर्न गएका थियौ? के हावामा हल्‍लिरहेको निगालोलाई? होइन भने के हेर्न गएका थियौ त? के राम्रा-राम्रा लुगा लगाएका मानिसलाई? राम्रा-राम्रा लुगा लगाउने मानिस त राजदरबारमा पो बस्‍छन्। साँच्‍चै भन त तिमीहरू के हेर्न गएका थियौ? के कुनै अगमवक्तालाई? हो, साँच्‍चै भनूँ भने तिमीहरूले अगमवक्ताभन्दा पनि ठूलो एक जनालाई देखेका छौ किनभने धर्मशास्‍त्रमा परमेश्‍वरले यूहन्‍नाकै बारेमा यसरी भन्‍नुभएको छ– ‘हेर, तिम्रो अघि म मेरो दूतलाई पठाउँदै छु अनि उनले तिम्रो बाटो तयार पार्नेछन्।’ “साँच्‍चै म तिमीहरूलाई भन्‍छु, बप्‍तिस्‍मा दिने यूहन्‍नाभन्दा ठूलो मानिस जन्‍मेको छैन। तापनि परमेश्‍वरको राज्‍यमा जो सबैभन्दा सानो छ, ऊ यूहन्‍नाभन्दा पनि ठूलो हुन्‍छ। बप्‍तिस्‍मा दिने यूहन्‍नाले प्रचार गरेदेखि अहिलेसम्‍म परमेश्‍वरको राज्‍य जोडले अघि बढिरहेको छ अनि विरोध गर्नेहरूले चाहिँ त्‍यसमाथि जबरजस्‍तीसँग जित्‍ने प्रयास गर्दै छन्। बप्‍तिस्‍मा दिने यूहन्‍नाको पालोसम्‍म मोशाका व्यवस्था र सबै अगमवक्ताहरूले परमेश्‍वरको राज्‍यकै बारेमा बोलेका थिए। तिनीहरूले भनेका कुरा विश्‍वास गर्छौ भने तिनीहरूले आउनेछन् भनेको एलियाचाहिँ यूहन्‍ना नै हुन्। जसको कान छ त्‍यसले सुनोस्! “हिजो-आजका मानिसहरूलाई म कोसँग तुलना गरूँ? तिनीहरू त बजारमा बसेर आफ्‍ना साथीहरूसँग यसरी कुरा गर्ने केटा-केटीहरूजस्‍ता छन्– ‘हामीले तिमीहरूका लागि खुसीको बाजा बजाइदियौं तैपनि तिमीहरू नाचेनौ। हामीले विलापको गीत गाउँदा पनि तिमीहरू रोएनौ।’ “दाखमद्य नखाने र उपवास बस्‍ने यूहन्‍ना आए, उनलाई तिमीहरूले भूत चढेको मानिस भन्‍यौ। अनि खाने-पिउने म मानव पुत्र पनि आएँ र मलाईचाहिँ ‘हेर, त्‍यो घिचुवा, जँड्याहा, कर उठाउने र पापीहरूको साथी’ भनेर दोष लगाउँदछौ। परमेश्‍वरको बुद्धिलाई त्‍यसका फलले नै ठीक ठहराउँछ।” जुन सहरहरूमा येशूले धेरै अचम्‍मका काम गर्नुभएको थियो, ती सहरहरूका मानिसहरूले आ-आफ्‍ना पापलाई मानिलिएर छोडेका थिएनन्। त्‍यसकारण येशूले ती सहरहरूमाथि कडा बोलीमा यसरी भन्‍नुभयो– “हे खोराजीन र बेथसेदाका मानिसहरू हो, धिक्‍कार तिमीहरूलाई! तिमीहरूका बीचमा गरिएका अचम्‍मका कामहरू टुरोस र सीदोन सहरमा गरिएका भए त्‍यहाँका मानिसहरूले अघि नै पश्‍चात्ताप गरेर पापलाई छोड्‍नेथिए अनि पश्‍चात्ताप गरेको देखाउन बोराका लुगा लगाएर खरानी घस्‍नेथिए। म तिमीहरूलाई भन्‍छु, न्‍यायको दिनमा तिमीहरूलाई भन्दा त परमेश्‍वरले टुरोस र सीदोनका मानिसहरूलाई नै बढी सहनुहुनेछ। “हे कफर्नहुमका मानिसहरू हो, के तिमीहरू स्‍वर्ग पुगौंला भन्‍छौ? तिमीहरू त नरकमै पुग्‍नेछौ किनभने सदोममा पनि तिमीहरूलाई जस्‍तै अचम्‍मका कामहरू देखाएको भए सदोम सहर अहिलेसम्‍म पनि रहिरहने थियो। म तिमीहरूलाई भन्‍छु, न्‍यायको दिनमा तिमीहरूको भन्दा त बरु सदोम सहरका मानिसहरूको दण्‍ड सहन सक्‍नेहुनेछ।” त्‍यतिखेर येशूले भन्‍नुभयो, “हे परमेश्‍वर पिता स्‍वर्ग र पृथ्‍वीका मालिक, म तपाईंलाई धन्‍यवाद दिन्‍छु किनभने बुद्धिमान् र टाठा-बाठाहरूदेखि लुकाएर राख्‍नुभएका कुरा तपाईंले केही नजान्‍नेहरूलाई बुझाइदिनुभएको छ। हो पिता, यसै गर्न तपाईंलाई मन लाग्‍यो। “मेरा पिताले मलाई सबै कुरा जिम्‍मा दिनुभएको छ। पिताले बाहेक पुत्रलाई कसैले चिन्‍दैन र पुत्रले बाहेक पितालाई कसैले चिन्‍दैन। तर पुत्रले चिनाइदिएकाहरूले चाहिँ पितालाई चिन्‍दछन्। “हे गह्रुङ्गो भारी बोकेर थाकेकाहरू हो, तिमीहरू सबै मकहाँ आओ, म तिमीहरूलाई आराम दिन्‍छु। मेरो जुवा बोक र मबाट सिक किनभने म हृदयमा दयालु र नम्र छु अनि तिमीहरूले आफ्‍नो आत्‍मामा आराम पाउनेछौ। हेर, मैले हालिदिने जुवा सजिलो र मैले बोकाइदिने भारी हलुको छ।”

शेयर गर्नुहोस्
मत्ती 11 पढ्नुहोस्