मत्ती 11:25-27
मत्ती 11:25-27 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
त्यस बेला येशूले भन्नुभयो, “हे पिता, स्वर्ग र पृथ्वीका प्रभु, म तपाईंमा धन्यवाद चढ़ाउँछु, किनकि तपाईंले यी कुरा बुद्धिमान् र समझदारबाट गुप्त राख्नुभयो, तर बालकहरूलाई ती प्रकट गर्नुभयो। हो, पिता, किनकि तपाईंलाई यही असल लाग्यो। “मेरा पिताले सबै थोक मलाई सुम्पिदिनुभएको छ। पिताबाहेक पुत्रलाई कसैले चिन्दैन, र पुत्रबाहेक पितालाई कसैले चिन्दैन, अनि तिनीहरूले पनि चिन्छन् जसलाई पुत्रले पिता प्रकट गरिदिने इच्छा गर्दछ।
मत्ती 11:25-27 नेपाली समकालीन संस्करण (NCV)
त्यस बेला येशूले निरन्तर भन्नुभयो, “हे पिता, स्वर्ग र पृथ्वीका प्रभु, म तपाईंको प्रशंसा गर्दछु, किनकि तपाईंले यी कुराहरू बुद्धिमान् र ज्ञानीहरूबाट गुप्त राखेर साना बालबालिकाहरूलाई प्रकट गरिदिनुभएको छ। किनकि हे पिता, तपाईंलाई यसै गर्न असल लाग्यो। “मेरा पिताले सबै थोकहरू मलाई सुम्पिदिनुभएको छ। पुत्र को हो भनी पिताबाहेक कसैले जान्दैन, अनि पितालाई पुत्रले बाहेक र पुत्रले प्रकट गर्न चाहनुभएकाहरू बाहेक अरू कसैले चिन्दैन।
मत्ती 11:25-27 पवित्र बाइबल (NERV)
त्यसपछि येशूले भन्नुभयो, “हे पिता, स्वर्ग र पृथ्वीका परमप्रभु, म तपाईंलाई धन्यवाद चढाउँछु। म तपाईंको प्रशंसा गर्दछु किनकि तपाईंले यी कुराहरू बुद्धिमान र समझदार मानिसहरूबाट लुकाउनुभयो। तर तपाईंले यी तिनीहरूप्रति प्रकट गरिदिनु भयो जो स-साना बालकहरू झैं छन्। हे मेरा पिता, तपाईंले यस्तो गर्नु भयो, जो वास्तवमै तपाईंले गर्न चाहनु भएको थियो। “मेरा पिताले मलाई सबै व्यवस्था गरिदिनु भएको छ। पिताले बाहेक अरू कसैले पुत्रलाई चिन्दैन। पुत्रले बाहेक अरू कसैले पितालाई चिन्दैन। अनि पुत्रले जुन मानिसहरूमा पितालाई प्रकट गर्ने इच्छा गर्नहुन्छ तिनीहरूले मात्र पितालाई चिन्ने छन्।
मत्ती 11:25-27 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
त्यतिखेर येशूले भन्नुभयो, “हे परमेश्वर पिता स्वर्ग र पृथ्वीका मालिक, म तपाईंलाई धन्यवाद दिन्छु किनभने बुद्धिमान् र टाठा-बाठाहरूदेखि लुकाएर राख्नुभएका कुरा तपाईंले केही नजान्नेहरूलाई बुझाइदिनुभएको छ। हो पिता, यसै गर्न तपाईंलाई मन लाग्यो। “मेरा पिताले मलाई सबै कुरा जिम्मा दिनुभएको छ। पिताले बाहेक पुत्रलाई कसैले चिन्दैन र पुत्रले बाहेक पितालाई कसैले चिन्दैन। तर पुत्रले चिनाइदिएकाहरूले चाहिँ पितालाई चिन्दछन्।