YouVersion लोगो
खोज आइकन

लूका 6:37-49

लूका 6:37-49 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

“अरूको न्‍याय नगर र तिमीहरूको पनि न्‍याय गरिनेछैन। अरूलाई दोषी नठहराओ, र तिमीहरू दोषी ठहराइनेछैनौ। क्षमा गर, र तिमीहरूलाई पनि क्षमा गरिनेछ। देओ, र तिमीहरूलाई पनि दिइनेछ। मानिसहरूले प्रशस्‍त परिमाणमा खाँदीखाँदी बेसरी हल्‍लाएर, पोखिने गरी तिमीहरूको पोल्‍टामा राखिदिनेछन्‌। किनकि जुन नापले तिमीहरू दिन्‍छौ, त्‍यही नापमा तिमीहरूले पनि फिर्ता पाउनेछौ।” अनि उहाँले तिनीहरूलाई एउटा दृष्‍टान्‍त पनि भन्‍नुभयो: “के अन्‍धाले अन्‍धालाई डोर्‍याउन सक्‍छ? के तिनीहरू दुवै खाड़लमा पर्दैनन्‌ र? चेला आफ्‍ना गुरुभन्‍दा श्रेष्‍ठ हुँदैन, तर पूरा शिक्षा पाएपछि ऊ आफ्‍ना गुरुजस्‍तै हुनेछ। “आफ्‍नो भाइको आँखामा भएको छेस्‍को तिमी किन देख्‍तछौ, तर आफ्‍नै आँखामा भएको मूढ़ाचाहिँ थाहा पाउँदैनौ? तिमी आफ्‍नो आँखामा भएको मूढ़ा देख्‍दैनौ भने, आफ्‍नो भाइलाई ‘ए भाइ, तिम्रो आँखामा भएको छेस्‍को मलाई निकाल्‍न देऊ’ भनी तिमी कसरी भन्‍न सक्‍छौ? ए कपटी, पहिला आफ्‍नै आँखाबाट मूढ़ा निकाल, र तब तिमीले भाइको आँखामा भएको छेस्‍को निकाल्‍नलाई छर्लङ्गै देख्‍न सक्‍छौ। “कुनै असल रूखले खराब फल फलाउँदैन, न त खराब रूखले असल फल फलाउँछ। हरेक रूख त्‍यसको फलैबाट चिनिन्‍छ। किनभने काँढ़ाका झाँगबाट कसैले अञ्‍जीर बटुल्‍दैन, न त पोथ्राबाट अंगूर बटुल्‍दछ। असल मानिसले आफ्‍नो हृदयको असल भण्‍डारबाट असलै थोक निकाल्‍दछ, र दुष्‍ट मानिसले आफ्‍नो हृदयको दुष्‍ट भण्‍डारबाट दुष्‍ट थोक नै निकाल्‍दछ। किनकि जुन कुराले हृदय भरिएको हुन्‍छ, मानिसको मुखबाट त्‍यही निस्‍कन्‍छ। “मैले भनेका कुरा गर्दैनौ भने किन मलाई ‘प्रभु, प्रभु,’ भन्‍दछौ? जो मकहाँ आउँछ, मेरा वचन सुन्‍छ र तीअनुसार गर्छ, त्‍यो कस्‍तो मानिस हो, म तिमीहरूलाई बताउनेछु। त्‍यो एक जना घर बनाउने मानिसजस्‍तो हो, जसले गहिरो खनेर चट्टानमाथि जग बसाल्‍यो। अनि जब भल चल्‍यो, र जलप्रवाह उर्लिआएर त्‍यस घरमा ठोकियो, तब त्‍यस घरलाई हल्‍लाउन सकेन, किनकि त्‍यो पक्‍का बनाइएको थियो। तर जसले सुन्‍छ र पनि त्‍यसअनुसार गर्दैन, त्‍यो एक जना यस्‍तो मानिस हो, जसले जमिनमाथि जगविनाको घर बनायो। जब त्‍यस घरमाथि भल आएर ठोकियो, तब त्‍यो घर तुरुन्‍तै ढल्‍यो, र त्‍यस घरको ठूलो सर्वनाश भयो।”

शेयर गर्नुहोस्
लूका 6 पढ्नुहोस्

लूका 6:37-49 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

“न्याय नगर, र तिमीहरूको पनि न्याय गरिनेछैन। अरूलाई दोषी नठहराओ, र तिमीहरू पनि दोषी ठहराइने छैनौ। क्षमा गर, तब तिमीहरूलाई पनि क्षमा गरिनेछ। देओ, र तिमीहरूलाई पनि दिइनेछ। प्रशस्त मात्रामा खाँदी-खाँदी, हल्‍लाएर, पोखिने गरी तिमीहरूको पोल्टामा खन्याइनेछ। किनकि जुन नापले तिमीहरू दिँदछौ, त्यही नापमा तिमीहरूलाई पनि दिइनेछ।” उहाँले तिनीहरूलाई यो दृष्‍टान्त पनि भन्‍नुभयो: “के कुनै दृष्‍टिविहीनले अर्को दृष्‍टिविहीनलाई डोर्‍याउन सक्छ र? के ती दुवै खाडलमा पर्दैनन् र? चेला गुरुभन्दा श्रेष्‍ठ हुँदैन, तर पूरा शिक्षा पाएपछि ऊ गुरुजस्तै हुनेछ। “तिमीले किन आफ्नो भाइको आँखामा भएको छेस्को देख्छौ, तर तिम्रो आफ्नै आँखाभित्र भएको मुढालाई चाहिँ ध्यानै दिँदैनौ? तिमीले आफ्नो भाइलाई कसरी ‘ए भाइ, तिम्रो आँखामा भएको छेस्को म निकालिदिन्छु’ भन्‍न सक्छौ, जब तिम्रो आफ्नै आँखामा भएको मुढोचाहिँ देख्दैनौ? ए कपटी, पहिले आफ्नै आँखाबाट मुढो निकाल, र पो आफ्नो भाइको आँखाबाट छेस्को निकाल्नलाई तिमीले छर्लङ्ग देख्नेछौ। “कुनै असल रूखले खराब फल फलाउँदैन, न त खराब रूखले असल फल फलाउँछ। हरेक रूख त्यसको आफ्नो फलबाटै चिनिन्छ। मानिसहरूले काँडाका झाँगबाट अञ्जीर टिप्दैनन्, न त ऐँसेलुको झाँगबाट अङ्‌गुर बटुल्छन्। असल मानिसले आफ्नो हृदयमा थुपारेको असल भण्डारबाट असल कुराहरू बाहिर निकाल्छ र दुष्‍ट मानिसले आफ्नो हृदयमा थुपारेको दुष्‍ट भण्डारबाट दुष्‍ट कुराहरू नै निकाल्दछ। किनकि जुन कुराले हृदय भरिएको हुन्छ, आफ्नो मुखबाट त्यही नै बोल्दछ। “मैले भनेका कुरा गर्दैनौ भने मलाई किन ‘प्रभु, प्रभु’ भन्दछौ? जो मकहाँ आउँछ, मेरा वचन सुन्छ र तिनलाई पालन गर्छ, त्यो कस्तो मानिस हो, म तिमीहरूलाई भन्छु। त्यो एउटा घर बनाउने मानिसजस्तै हो, जसले गहिरो खनेर चट्टानमाथि घरको जग बसाल्यो। जब बाढी आयो, र पानीको भल त्यस घरमा ठोक्‍कियो, त्यसले त्यो घरलाई हल्‍लाउन सकेन; किनकि त्यो राम्रोसँग बनाइएको थियो। तर मेरो वचन सुनेर त्यसअनुसार काम नगर्नेचाहिँ जग नहाली जमिनमाथि मात्र घर बनाउने मानिसजस्तै हुन्छ। भल आएर त्यस घरमा ठोक्‍किने बित्तिकै त्यो भत्कियो र पूर्ण रूपले नाश भयो।”

लूका 6:37-49 पवित्र बाइबल (NERV)

“अरूको न्याय नगर, अनि अरूले पनि तिम्रो न्याय गर्ने छैन। अरूलाई भर्त्सना नगर, अनि अरूले पनि तिम्रो भर्त्सना गर्दैन। अरूलाई क्षमा गर, अनि तिमीले पनि क्षमा पाउनेछौ। अरूलाई दिने गर अनि तिमीले पनि पाउनेछौ। तिमीहरूले राम्रो ओजनमा पाउनेछौं, तिमीहरूलाई खाँदी खाँदी हल्लाँउदै काखमा पोखिने गरी पाउनेछौ जुन नापले तिमी अरूलाई दिंदछौ परमेश्वरले पनि तिमीहरूलाई त्यही नापले दिनु हुनेछ।” येशूले तिनीहरूलाई यो दृष्टान्त भन्नु भयोः “के एउटा अन्धाले अर्को अन्धालाई डोर्याउन सक्छ? अँहँ! दुवै नै खाडलमा पर्नेछन्। एउटा शिष्य आफ्नो गुरूभन्दा माथि हुन सक्तैन। तर प्रत्येक मानिस जसले पूर्णरूपले सिकिसक्छ तब मात्र उ गुरू झैं बन्नसक्छ। “जब तिमी आफ्नो आँखमा सानो छेस्का पसेको थाहा पाउदैनौ, भाइको आँखमा परेको धुलो किन देख्छौ? तिमीहरूले कसरी आफ्नो भाइलाई भन्न सक्छौ, ए भाइ मलाई तिम्रो आँखामा भएको धुलो निकाल्न देऊ। जब तिमीहरूले आफ्नो आँखामा परेको ठूलो छेस्कालाई पनि देख्न सक्तैनौ। तिमीहरू कपटी छौ। पहिले, तिमीहरू आफैंले आफ्नो आँखबाट ठूलो छेस्का निकाल। त्यसपछि तिमीहरूले स्पष्टसँग तिमीहरूको भाइको आँखामा परेको धुलो निकाल्न सक्नेछौ। “एउटा असल बोटले खराब फल कहिल्यै दिँदैन। त्यसरी नै एउटा नराम्रो बोटले राम्रो फल दिनु सक्तैन। हरेक बौट त्यसले दिएको फलबाट चिन्न सकिन्छ। मानिसहरूले काँडे पोथ्राबाट नेभारा बटुल्न सक्तैनन्। अनि तिनीहरूले काँडे पोथ्राबाट अंङ्गुर बटुल्न सक्तैनन्। एउटा असल मानिसले आफ्नो हृदयमा असल कुरा नै राख्छ। अनि उसले आफ्नो हृदयबाट असल कुरा बाहिर निकाल्दछ। तर एउटा दुष्ट मानिसले आफ्नो हृदयमा दुष्ट कुराहरू नै राखेको हुन्छ। अनि उसले नराम्रा कुराहरू नै बाहिर निकाल्दछ। जुन कुरो हृदयमा परिपूर्ण छ त्यही नै मुखबाट निस्कन्छ। “जब मैले भनेको मान्दैनौ भने किन मलाई प्रभु, भन्दछै? हरेक मानिस जब मकहाँ आउँदछ अनि मेरो वचनहरू सुन्दछ र पालन गर्छ, म तिमीहरूलाई ऊ कस्तो हो देखाउनेछु। ऊ एकजना घर बनाउने मानिस जस्तै नै हो। उसले गहिरो खनेर बलियो चट्टानमाथि जग बसाल्न सक्नेछ। जति बेला नदीमा बाढी आँउछ पानीले घरलाई धक्का दिन्छ तर त्यसले घरलाई हल्लाउन सक्तैन कारण त्यो घर राम्ररी बनिएको हुन्छ। “तर जो मानिस मेरो वचन सुन्छ तर पालन गर्दैन भने त्यो मानिस राम्ररी आधार नबसाई घर बनाउने मानिस जस्तै हो जसको घर नदीको बाढीको झोंक्का लाग्दा नै झट्टै पल्टिन्छ र सम्पूर्ण रूपले ध्वंश हुन्छ।”

शेयर गर्नुहोस्
लूका 6 पढ्नुहोस्

लूका 6:37-49 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

“अरूलाई दोष नलगाओ अनि परमेश्‍वरले पनि तिमीहरूलाई दोष लगाउनुहुनेछैन। अरूको गल्‍ती खोज्‍ने नगर अनि परमेश्‍वरले पनि तिमीहरूको गल्‍ती खोज्‍नुहुनेछैन। अरूलाई माफ देओ अनि परमेश्‍वरले पनि तिमीहरूलाई माफ दिनुहुनेछ। अरूलाई देओ अनि परमेश्‍वरले पनि तिमीहरूलाई दिनुहुनेछ। उहाँले त खाँदीखाँदी झुसी पारेर दिनुहुनेछ। जुन नापले तिमीहरू अरूहरूलाई दिन्‍छौ, त्‍यही नापले तिमीहरूले पनि पाउनेछौ।” येशूले तिनीहरूलाई उदाहरण दिँदै यसरी भन्‍नुभयो, “के अन्‍धाले अन्‍धालाई डोर्‍याउन सक्‍छ? यदि डोर्‍यायो भने ती दुवै खाडलमापर्नेछन्? कुनै पनि चेला आफ्‍नो गुरुभन्दा ठूलो हुँदैन, तर सिकिसकेपछि भने ऊ गुरुजस्‍तै हुन्‍छ। “अर्काको आँखाको सिन्‍का देख्‍नेले आफ्‍नो आँखाको मुढो किन देख्‍दैनौ? आफ्‍नो आँखाको मुढो पनि नदेख्‍नेले आफ्‍नो दाजुभाइलाई कसरी भन्‍न सक्‍छौ, ‘खै-खै, तिम्रो आँखाको सिन्‍का निकालिदिऊँ।’ ए कपटीहरू हो! पहिले आफ्‍नो आँखाको मुढो निकाल अनि पो अर्काको आँखाको सिन्‍का निकाल्‍न छर्लङ्गै देख्‍न सक्‍नेछौ। “असल रूखमा खराब फल फल्‍दैन नता खराब रूखमा असल फल फल्‍न सक्‍छ। कुनै पनि रूख त्‍यसको फलबाट चिनिन्‍छ। काँडाका झ्‍याङबाट नेभारा टिपिंदैन नता अङ्‌गुर नै बटुलिन्‍छ। असल मानिसले आफ्‍नो मनमा भएको असल कुराको ढुकुटीबाट असल कुरा नै निकाल्‍छ। खराब मानिसले आफ्‍नो मनमा भएको खराब कुराको ढुकुटीबाट खराब कुरा नै निकाल्‍छ किनभने जे मनमा छ, त्‍यही कुरा मानिसले बोल्‍दछ। “मैले भनेका कुरा मान्‍दैनौ भने तिमीहरू किन मलाई प्रभु भन्‍छौ? मकहाँ आएर मेरा कुरा सुन्‍ने र मैले भनेको मान्‍ने मानिसचाहिँ कस्‍तो हुन्‍छ, म तिमीहरूलाई भन्‍छु। ऊ एउटा घर बनाउने मानिसजस्‍तै हुन्‍छ, जसले गहिरो गरी खनेर आफ्‍नो घरको जग चट्टानमाथि बनायो। पानी उर्लेर बाढी आउँदा पनि त्‍यो घर पक्‍का गरी बनाइएको हुनाले बाढीले त्‍यसलाई भत्‍काउन सकेन। तर मेरो कुरा सुनेर नमान्‍नेचाहिँ जग नहाली घर बनाउने मानिसजस्‍तै हुन्‍छ। बाढी आउँदा त्‍यसको घर ढलेर भताभुङ्गै भयो।”

शेयर गर्नुहोस्
लूका 6 पढ्नुहोस्

लूका 6:37-49

लूका 6:37-49 NNRV
शेयर गर्नुहोस्
पुरै अध्याय पढ्नुहोस्