लूका 6:12-16
लूका 6:12-16 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
एक दिन येशू डाँडामा गएर रातभरि परमेश्वरसँग प्रार्थना गर्नुभयो। बिहान भएपछि उहाँले चेलाहरूलाई बोलाउनुभयो र तिनीहरूमध्ये बाह्र जनालाई छान्नुभयो अनि तिनीहरूलाई प्रेरित भन्ने उपनाम दिनुभयो। यसरी छानिएका बाह्र जना यिनै हुन्– सिमोन, जसलाई येशूले पत्रुस नाउँ पनि राखिदिनुभयो, सिमोनका भाइ अन्द्रियास, याकूब, यूहन्ना, फिलिप, बारथोलोमाइ, मत्ती, थोमा, अल्फयसका छोरा याकूब, देशभक्त भनिने सिमोन र याकूबका छोरा यहूदा अनि यहूदा इस्करियोत, जसले पछिबाट धोखाबाजी गर्यो।
लूका 6:12-16 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
ती दिनमा उहाँ पहाड़तिर प्रार्थना गर्न जानुभयो, र परमेश्वरसँग प्रार्थना गर्दै पूरै रात बिताउनुभयो। बिहान भएपछि उहाँले आफ्ना चेलाहरूलाई आफूकहाँ बोलाएर तिनीहरूमध्ये बाह्र जनालाई छान्नुभयो, र उहाँले तिनीहरूलाई प्रेरित भन्ने नाउँ दिनुभयो: सिमोन, जसलाई उहाँले पत्रुस नाउँ पनि दिनुभयो, र तिनका भाइ अन्द्रियास, याकूब र यूहन्ना, फिलिप र बारथोलोमाइ, मत्ती र थोमा, अल्फयसका छोरा याकूब, र सिमोन, जो उग्रपन्थी भनिन्थे, याकूबका छोरा यहूदा, र यहूदा इस्करियोत, जो विश्वासघाती भए।
लूका 6:12-16 नेपाली समकालीन संस्करण (NCV)
ती दिनहरूमध्ये एक दिन उहाँ प्रार्थना गर्न डाँडातिर जानुभयो र परमेश्वरमा प्रार्थना चढाउँदै पूरै रात त्यहीं बिताउनुभयो। बिहान भएपछि, उहाँले आफ्ना चेलाहरूलाई आफूसँग बोलाउनुभयो र तिनीहरूबाट उहाँले बाह्र जनालाई छान्नुभयो र तिनीहरूलाई प्रेरित नाउँ दिनुभयो, तिनीहरू यिनै हुन्: सिमोन (जसलाई उहाँले पत्रुस भन्ने नाउँ दिनुभयो), तिनका भाइ अन्द्रियास, याकोब, यूहन्ना, फिलिप, बारथोलोमाइ, मत्ती, थोमा, अल्फयसका छोरा याकोब, सिमोन कनानी, जो उग्रपन्थी भनिन्थे, याकोबका छोरा यहूदा, र यहूदा इस्करियोत, जो विश्वासघाती बन्यो।
लूका 6:12-16 पवित्र बाइबल (NERV)
त्यस समयमा येशू एउटा डाँडामा गएर प्रार्थना गर्ने गर्नु हुन्थ्यो। सारा रात उहाँले प्रार्थना गरेर बिताउनु हुन्थ्यो। भेलिपल्ट बिहान, उहाँले आफ्नो चेलाहरूलाई उहाँले तिनीहरूलाई “प्रेरित” नाउँ दिनु भुयो। तिनीहरू थीएः शिमोन (येशूले तिनलाई पत्रुस नाउँ राख्नु भएको थियो) र आन्द्रियास पत्रुसको भाइ, याकूब, र यूहन्ना, फिलीप बर्थुलमाई, मत्ती, थोमा, याकूब अल्फायासको छोरो, अनि शिमोन, जसलाई जेलोट पनि भनिन्छ, यहूदा, याकूबको छोरो, अनि यहूदा इस्करयोती (यो यहूदा नै तीमध्ये एकजना हो जसले येशूलाई शत्रुहरूको हातमा सुम्पेको थियो)।