लूका 2:36-52
लूका 2:36-52 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
त्यहाँ आशेरका कुलका फनुएलकी छोरी हन्ना नाम गरेकी एउटी अगमवादिनी थिइन्। तिनी साह्रै वृद्ध थिइन्; र तिनी विवाहपछि सात वर्ष मात्र पतिसँग बसेकी थिइन्। तिनी लगभग चौरासी वर्षकी विधवा थिइन्; तिनले कहिल्यै मन्दिर छोड्दैनथिइन्, तर दिनरात उपवास र प्रार्थनासाथ आराधनामा समय बिताउँथिन्। त्यही बेला तिनीहरूकहाँ आएर तिनले परमेश्वरलाई धन्यवाद दिइन्, र यरूशलेमको उद्धारको प्रतीक्षा गर्दै बस्नेहरू सबैलाई बालकको बारेमा बताइन्। प्रभुको व्यवस्थाले बताएका सम्पूर्ण काम गरेर सिद्ध्याएपछि योसेफ र मरियम गालील प्रदेशको आफ्नै सहर नासरतमा फर्के। बालक बढ्दै र बलियो हुँदै जानुभयो; उहाँ बुद्धिले भरिनुभयो र परमेश्वरको अनुग्रह उहाँमाथि थियो। येशूका आमाबुबा निस्तार चाडको निम्ति वर्षेनी यरूशलेम जाने गर्दथे। जब उहाँ बाह्र वर्षको हुनुभयो, तब उहाँहरू चाडको रीतिअनुसार जानुभयो। चाड सकिएपछि उहाँका आमाबुबा घर फर्कंदै गर्दा बालक येशू यरूशलेममै रहनुभयो। तर उहाँका आमाबुबाले यो थाहा पाएनन्। उहाँ तिनीहरूकै यात्रीदलमा हुनुहुन्छ होला भन्ने ठानी तिनीहरू एक दिनभरिको बाटो गए। तब तिनीहरूले उहाँलाई आफ्ना नातेदारहरू र मित्रहरूका बीचमा खोज्न थाले। उहाँलाई त्यहाँ नभेट्टाउँदा, तिनीहरू उहाँलाई खोज्न यरूशलेम नै फर्के। तीन दिनपछि तिनीहरूले उहाँलाई मन्दिरको चोकमा शिक्षकहरूसँग बसेर तिनीहरूका कुरा सुन्दै र तिनीहरूलाई प्रश्न गर्दै रहनुभएको भेट्टाए। उहाँका कुरा सुन्नेहरू सबै जना उहाँको समझ र उत्तरहरूमा छक्क परेका थिए। जब उहाँका आमाबुबा उहाँलाई देखेर चकित भए; तब उहाँकी आमाले उहाँलाई भनिन्, “छोरा, तिमीले हामीलाई किन यस्तो व्यवहार गर्यौ? तिम्रा बुबा र म चिन्तित भएर तिमीलाई खोजिरहेका थियौँ।” उहाँले भन्नुभयो, “तपाईंहरूले मलाई किन खोज्नुभयो? म मेरा पिताको घरमा हुनुपर्छ भन्ने कुरा के तपाईंहरूलाई थाहा थिएन?” तर उहाँले तिनीहरूलाई के भन्दैहुनुहुन्थ्यो, त्यो तिनीहरूले बुझेनन्। त्यसपछि उहाँ तिनीहरूसँग नासरत जानुभयो, र तिनीहरूप्रति आज्ञाकारी बन्नुभयो। उहाँकी आमाले यी सबै कुरा आफ्नो मनैमा राखिन्। अनि येशू बुद्धिमा, कदमा अनि परमेश्वर र मानिसहरूको कृपादृष्टिमा बढ्दै जानुभयो।
लूका 2:36-52 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
आशेरको कुलमा फनुएलकी छोरी हन्ना नाउँकी एउटी वृद्ध अगमवादिनी थिइन्, जो कुमारी अवस्थामा विवाह गरेर सातै वर्ष मात्र श्रीमान्सँग बसेकी थिइन्। अनि विधवा रहेर तिनी चौरासी वर्ष पुगेकी थिइन्। तिनले मन्दिर छोड्दैनथिइन्, तर उपवास र प्रार्थनासाथ रातदिन उपासना गर्दथिइन्। त्यही बेला तिनले आएर परमेश्वरलाई धन्यवाद दिइन्, र यरूशलेमका उद्धारको प्रतीक्षा गर्ने सबैलाई बालकको विषयमा भनिन्। जब तिनीहरूले परमप्रभुको व्यवस्थाअनुसार सबै काम गरी सिद्ध्याए, तब तिनीहरू गालीलको आफ्नै सहर नासरतमा फर्के। बालक बुद्धिले भरिपूर्ण भएर बढ्दै र बलियो हुँदैजानुभयो, र परमेश्वरको अनुग्रह उहाँमाथि थियो। उहाँका आमा-बुबा निस्तारचाड़मा प्रतिवर्ष यरूशलेम जाने गर्थे। जब येशू बाह्र वर्षका हुनुभयो, तब उहाँहरू चाड़को रीतिअनुसार यरूशलेममा जानुभयो। चाड़का दिन सिद्धिएपछि तिनीहरू फर्कंदा बालक येशू यरूशलेममै रहनुभयो। योचाहिँ उहाँका आमा-बुबाले थाहा पाएनन्। उहाँ यात्रीहरूको दलमा हुनुहुन्छ भनी ठानेर तिनीहरू एक दिनको बाटो गए। उहाँलाई तिनीहरूले नातेदार र चिनाजानाहरूका बीचमा खोजे, तर नभेट्टाउँदा तिनीहरू उहाँलाई खोज्दै फेरि यरूशलेममा फर्के। तीन दिनपछि तिनीहरूले उहाँलाई मन्दिरमा शिक्षकहरूका बीचमा बसेर तिनीहरूका कुरा सुन्दै तिनीहरूलाई प्रश्न गरिरहनुभएको भेट्टाए। सुन्नेहरू सबै उहाँको समझ-शक्ति र उहाँका उत्तरहरूमा छक्क पर्दथे। उहाँलाई देखेर उहाँका आमा-बुबा चकित भए, र उहाँकी आमाले भनिन्, “छोरो, तिमीले हामीलाई यो के गरेको? हेर, तिम्रा बुबा र म हैरान भएर तिमीलाई खोजिरहेका थियौं।” उहाँले तिनीहरूलाई भन्नुभयो, “तपाईंहरूले मलाई किन खोज्नुभएको? के म आफ्ना पिताको घरमा हुनुपर्छ भन्ने तपाईंहरूलाई थाहा थिएन?” तर उहाँले तिनीहरूलाई भन्नुभएको कुरा तिनीहरूले बुझेनन्। तब उहाँ तिनीहरूसँग नासरत जानुभयो, र तिनीहरूका आज्ञाकारी भई बस्नुभयो। उहाँकी आमाले यी सबै कुरा आफ्नो मनमा राखिन् अनि येशू बुद्धिमा, कदमा र परमेश्वर र मानिसहरूको अनुग्रहमा बढ्दैजानुभयो।

लूका 2:36-52 पवित्र बाइबल (NERV)
हन्ना, एकजना अगमवादिनी स्त्री पनि त्यहीं मन्दिरमा थिईन्। तिनी आशेर कुलको फनुएलकी छोरी थिईन। हन्ना धेरै बुढी भइसकेकी थिइन्। विवाह गरेर तिनले दाम्पत्य जीवन खालि सात वर्ष मात्र बिताइन। त्यसपछि तिनको लोग्ने मरेको थियो अनि तिनी विधवा भएकी थिइन् औ अहिले तिनी चौरासी वर्ष पुगेकी थिइन्। हन्ना सधैँ मन्दिरमा रहन्थिन्। उनी कहीं जाँदैन थिइन्। रात दिन उपावास र प्रार्थना गर्दै मन्दिरमा परमेश्वरको आराधाना गर्थिन्। ठीक समयमा तिनी त्यो बालकको आमा बाबुकहाँ आई पुगिन् औ परमेश्वरलाई धन्यवाद दिन थालिन्। ती जम्मै ज-जसले यरूशलेमको उद्धारको निम्ति अपेक्षा गरिरहेका थिए तिनीहरूसँग उनको विषयमा बात गरिन्। यूसुफ र मरियमले परमप्रभुको व्यवस्था अनुसार सबै काम सिद्धाए अनि तिनीहरू गालीलको आफ्नै शहर नासरतमा गए। सानो बालक दिनप्रति दिन बढ्दै गए। उनी बलियो हुँदै गए अनि ज्ञानले भरिए। परमेश्वरको अनुग्रह तिनको साथ थियो। निस्तार चाडको बेला प्रत्येक वर्ष नै येशूको आमा बाबु यरूशलेम जाने गर्थे। जब येशू बाह्र वर्ष को हुनुभयो, सधैँ झैं उहाँका माता पिता उहाँको साथमा त्यो भोजमा सामेल भए। जब भोज सिद्धियो तिनीहरू घर फर्किरहेका थिए। तर बालक येशू यरूशलेममा नै बस्नु भयो। उहाँको विषयमा आमा-बाबुलाई केही थाहा भएन। तिनीहरूले सोचे कि उहाँ अन्य यात्रीहरूसँग हुनुहुन्छ, यसकारण तिनीहरू दिनभरी हिंडीरहे। तब उहाँलाई आफ्नो साथी तथा आफन्तहरू माझ तिनीहरूले खोज्न लागे तर यूसुफ र मरियमले उहाँलाई तिनीहरू बीचमा नदेख्ता तिनीहरू उहाँलाई खोज्न यरूशलेम फर्के। तीन दिनपछि तिनीहरूले उहाँलाई मन्दिरमा भेटे। येशू मन्दिरमा धार्मिक शिक्षकहरूसँग तिनीहरूका कुराहरू सुन्दै र तिनीहरूलाई प्रश्न गर्दै बसिहनु भएको थियो। ज-जसले उहाँलाई सुने उहाँको समझ र उत्तरहरूमा छक्क परिरहेका थिए। जब उहाँका आमा-बाबुले उहाँलाई भेटे तिनीहरू आश्चर्य चकित भए। उहाँकी आमाले उहाँलाई भनिन्, “पुत्र, तिमीले हामीलाई किन यसो गर्यौ? तिम्रो बाबु अनि म तिमीलाई खोज्दा साह्रै चिन्तित थियौं।” तब येशूले तिनीहरूलाई भन्नुभयो, “तपाईंहरूले मलाई किन खोजिरहनु भएको? के तपाईंहरू जान्नु हुन्न कि मेरा पिताको कार्य जहाँ हुन्छ म त्यहीं रहनु पर्छ?” तर तिनीहरूले येशूले उनीहरूलाई दिनु भएको उत्तरको अर्थ बुझ्न सकेनन्। तब येशू तिनीहरूसँगै नासरत जानु भयो। उहाँले आफ्ना आमाबाबुले भनेका सबै कुराहरू मान्नु भयो। तर उहाँकी आमाले भने अझै त्यही कुराहरूनै मनमा राखिरहेकी थिइन्। येशू शारीरिक रूपमा र बुद्धिमा बढ्दै हुनुहुन्थ्यो अनि परमेश्वर र मानिसहरूबाट अनुग्रह पाइरहनु भएको थियो।
लूका 2:36-52 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
मन्दिरमा हन्ना भन्ने एक जना बुढी अगमवादिनी थिइन्। उनी आशेर कुलका फनुएलकी छोरी थिइन्। विवाह भएको सात वर्षपछि नै उनी विधवा भएकी थिइन् र अब उनी चौरासी वर्ष जति भएकी थिइन्। तिनले मन्दिर छोड्दैनथिइनन, उपवास र प्रार्थनासाथ रातदिन तिनी परमेश्वरलाई पुज्थिन्। उनले पनि मरियम र योसेफको छेउमा आएर परमेश्वरलाई धन्यवाद चढाइन् र यरूशलेमको छुट्काराको बाटो हेर्नेहरूलाई येशूको बारेमा बताइन्। प्रभु परमेश्वरको व्यवस्थाले भनेअनुसार गर्नुपर्ने जति सबै काम गरिसकेर योसेफ र मरियम बालक येशूलाई लिएर आफ्नै सहर नासरतमा फर्के। बालक येशू बढ्दै बल, बुद्धि र ज्ञानले भरिंदै जानुभयो र परमेश्वरको आशीर्वाद उहाँमाथि रहेको थियो। येशूका आमा-बुबा वर्षेनी मुक्ति-दिवस भनिने चाड मनाउन यरूशलेममा जाने गर्थे। येशू बाह्र वर्षको हुनुहुँदा उनीहरूले येशूलाई सँगै लिएर चाड मनाउन गए। चाड मानिसकेपछि उनीहरू घर फर्के। येशूचाहिँ यरूशलेममा नै बस्नुभयो। तर उहाँका आमा-बुबालाई यो कुरा थाहै भएन। येशू अरू साथीहरूसँगै हुनुहुन्छ भन्ने सम्झेर उनीहरू दिनभरि हिँडे। साँझ परेपछि साथी-सङ्गीको बीचमा उहाँलाई खोज्न लागे। छोरालाई कहीँ पनि नपाउँदा उनीहरू येशूलाई खोज्न यरूशलेमतिर फर्के। खोज्दाखोज्दै तीन दिन बितेपछि बल्ल उनीहरूले छोरालाई मन्दिरमा भेट्टाए। उहाँ धर्म-गुरुहरूसँग बसेर तिनीहरूको कुरा सुन्दै र प्रश्न गर्दै हुनुहुन्थ्यो। उहाँको ज्ञान-बुद्धि र उत्तर देखेर सबै छक्क परे। त्यसरी छोरालाई त्यहाँ देख्दा उहाँका आमा-बुबाले अचम्म पनि माने। मरियमले सोधिन्, “बाबु, तिमीले यो के गरेको? हेर, तिम्रा बुबा र म आत्तिएर तिमीलाई खोजिरहेका थियौं!” “तपाईंहरूले मलाई किन खोज्नुभएको? म आफ्ना पिताको घरमा रहनुपर्छ भन्ने कुरा के तपाईंहरूलाई थाहा थिएन?” येशूले जवाफ दिनुभयो। तर उहाँले भन्नुभएका कुरा मरियम र योसेफले बुझ्नै सकेनन्। त्यसपछि येशू आमा-बुबासँग नासरतमा फर्किनुभयो र उनीहरूको आज्ञा मानेर बस्नुभयो। उहाँकी आमा मरियमले चाहिँ यी सबै कुराहरू नबिर्सीकन मनैमा राखिन्। येशू भने परमेश्वर र मानिस दुवैको अनुग्रह पाएर शरीर र बुद्धिमा बढ्दै-बढ्दै जानुभयो।