लूका 19:38-40
लूका 19:38-40 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“परमप्रभुको नाउँमा आउने राजा धन्य हुन्। स्वर्गमा शान्ति र परमधाममा महिमा।” अनि भीड़का कुनै-कुनै फरिसीहरूले उहाँलाई भने, “हे गुरु, तपाईंका चेलाहरूलाई हप्काउनुहोस्।” तर उहाँले भन्नुभयो, “म तिमीहरूलाई भन्दछु, यिनीहरू चूप लागे भने ढुङ्गाहरू नै कराउनेछन्।”
लूका 19:38-40 नेपाली समकालीन संस्करण (NCV)
“प्रभुको नाउँमा जो राजा आउनुहुन्छ धन्य हुनुहुन्छ!” “स्वर्गमा शान्ति र सर्वोच्चमा महिमा।” भीडमध्येका कोही फरिसीहरूले येशूलाई भने, “गुरुज्यू, तपाईंका चेलाहरूलाई हप्काउनुहोस्!” उहाँले भन्नुभयो, “म तिमीहरूलाई भन्दछु, यिनीहरू चूप लागे भने डुङ्गाहरू कराएर उठ्नेछन्।”
लूका 19:38-40 पवित्र बाइबल (NERV)
तिनीहरूले भने, “‘धन्य हुन, ती राजा जो परमप्रभुको नाउँमा आउँछन्।’ स्वर्गमा शान्ति होस् अनि परमेश्वरलाई महिमा होस्।” भीडमा उभिएर कोही फरिसीहरूले येशूलाई भने, “गुरूज्यू! यस्तो कुराहरू नभन्नु भनेर तपाईंका चेलाहरूलाई भन्नुहोस्।” तर उहाँले भन्नुयो, “म तिमीहरूलाई भन्छु, यी कुराहरू भन्नै पर्छ। यदि मेरा चेलाहरूले यी कुराहरू भनेनन् भने, यी ढुङ्गाहरू यसको लागि चिच्याउनेछन्।”
लूका 19:38-40 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
“प्रभु परमेश्वरको नाउँमा आउनुहुने महाराजा कति धन्य हुनुहुन्छ! स्वर्गमा शान्ति होस्! परमेश्वरको महिमा होस्!” मानिसको घुइँचोबाट फरिसीहरूले येशूलाई भने, “गुरुज्यू, तपाईंका चेलाहरूलाई चुप गराउनुहोस्।” येशूले जवाफ दिनुभयो, “म तिमीहरूलाई भन्छु, यिनीहरू चुप लागे भने त ढुङ्गाहरू पो कराउनेछन्।”