लूका 15:22-24
लूका 15:22-24 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“तर बाबुचाहिँले आफ्ना कमाराहरूलाई भने, ‘झट्टै सबैभन्दा असल वस्त्र ल्याएर यसलाई पहिराइदेओ। यसको हातमा औँठी, र खुट्टामा जुत्ता लगाइदेओ, र पुस्टाइराखेको पशु मार, र हामी खाएर आनन्द मनाऔं। किनकि यो मेरो छोरो मरेको थियो, फेरि जीवित भएको छ, हराएको थियो, र पाइएको छ।’ तब तिनीहरू आनन्द मनाउन लागे।

लूका 15:22-24 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“तर बुबाले आफ्ना सेवकहरूलाई भने, ‘छिटो गर! सबैभन्दा असल लुगा ल्याएर यसलाई पहिराइदेओ। यसको हातमा औँठी र खुट्टामा जुत्ता लगाइदेओ। पोसिराखेको मोटो पशु ल्याएर मार। हामी भोज गरौँ, र आनन्द मनाऔँ। किनकि मेरो यो छोरो मरेको थियो, अब फेरि जीवित भएको छ; यो हराएको थियो, र भेट्टाइएको छ।’ अनि तिनीहरूले आनन्द मनाउन थाले।
लूका 15:22-24 पवित्र बाइबल (NERV)
“तर उसको बाबुले उसको नोकरहरूलाई अह्राए, ‘चाँडो राम्रा-राम्रा लुगाफाटा ल्याऊ अनि यसलाई लगाई देऊ। हातमा औंठी पनि लगाईदेऊ अनि खुट्टामा जुत्ता पनि लगाईदेऊ। त्यो मोटो बाछा ल्याऊ, त्यसलाई मार अनि हामी खाएर भोज मनाउँछौं। किनभने यो मेरो छोरो मरेको थियो, तर अहिले ऊ जीवित फर्की आएको छ। ऊ हराएको थियो, तर उसलाई अहिले पाइएको छ।’ त्यपछि तिनीहरूले भोजको व्यवस्था गरे।
लूका 15:22-24 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तर बुबाचाहिँले नोकरहरूलाई बोलाएर भने, ‘झट्टै सबभन्दा राम्रो लुगा, औँठी र जुत्ता ल्याएर यसलाई लगाइदेओ। अनि भोजको लागि सबै कुरो ठीकठाक पार। मोटो बहर काट र खाएर खुसी मनाऔं। मरेको यो मेरो छोरा बाँचेर आयो, ऊ हराएको थियो अब भेटियो!’ तब खुसीयालीको साथमा भोज सुरु भयो।