YouVersion लोगो
खोज आइकन

लूका 1:57-64

लूका 1:57-64 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

जब एलीशिबाको सुत्केरी हुने बेला आयो, तब तिनले एउटा छोरा जन्माइन्। तिनका छिमेकी र नातेदारहरूले प्रभुले तिनीमाथि उहाँको ठूलो कृपा देखाउनुभएको छ भन्‍ने सुने, र तिनको आनन्दमा सँगै रमाए। आठौँ दिनमा तिनीहरू बालकलाई खतना गर्न आए, र तिनीहरूले बालकको नाम उसको बुबाझैँ जकरिया राख्न लागेका थिए। तर बालककी आमाले भनिन्, “होइन! तर त्यसको नाम यूहन्‍ना राखिनेछ।” तिनीहरूले तिनलाई भने, “यस्तो नाम भएको व्यक्ति तिम्रा नातेदारमा कोही पनि छैन।” त्यसपछि तिनीहरूले त्यसका बुबाले बालकलाई के नाम दिन चाहन्छन् भनी जान्‍न उनलाई इशारा गरी सोधे। उनले एउटा लेख्ने पाटी मगाएर “उसको नाम यूहन्‍ना हो” भनी लेखिदिए। यो देखेर सबै छक्‍क परे तुरुन्तै तिनको मुख र जिब्रो खुल्यो, र बोली पनि फुट्यो। अनि उनी परमेश्‍वरको प्रशंसा गर्दै बोल्न थाले।

शेयर गर्नुहोस्
लूका 1 पढ्नुहोस्

लूका 1:57-64 पवित्र बाइबल (NERV)

इलीशिबाको सुत्केरी हुने समय भयो अनि तिनले एउटा छोरो जन्माइन्। तिनका छिमेकीहरू र आफन्तहरूले तिनीप्रति परमप्रभु परमेश्वरले अति नै अनुग्रह देखाएको सुनेका थिए। तिनीहरू मरियमसँग खुशी थिए। बालक आठ दिनको भएपछि तिनीहरू उसको खतना गर्न आए। तिनीहरूले उसको नाउँ जकरिया राख्न चाहान्थे किनभने यो उसकै बाबुको नाउँ थियो। तर उसकी आमाले भनिन्, “होइन, उसको नाउँ यूहन्ना हुनेछ।” मानसहरूले इलीशिबालाई भने, “तर तिमीहरूको परिवारमा यस्तो नाउँ भएको कोही छैन।” त्यसपछि तिनीहरूले तिनका बाबुलाई संकेत गरे, “तिमीले यसको नाउँ के राख्ने इच्छा गरेका छौ?” भनिसोधे। जकरियाले केही लेख्न पाटी माँगे। तब उसले लेखिदिए, “उसको नाउँ यहून्ना हो।” तिनीहरू छक्क परे। त्यही बेला जकरियाको मुख खोलियो। उसको जिब्रो फुट्यो अनि उनी बोल्न थाले। उनले परमेश्वरको प्रशंसा गरे।

शेयर गर्नुहोस्
लूका 1 पढ्नुहोस्

लूका 1:57-64 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

अब एलीशिबाको सुत्‍केरी हुने बेला आयो, र तिनले एउटा छोरो जन्‍माइन्‌। परमप्रभुले तिनीमाथि उहाँको ठूलो अनुग्रह देखाउनुभएको छ भन्‍ने सुनेर तिनका छिमेकीहरू र नातेदारहरू तिनीसँग रमाए। आठौँ दिनमा तिनीहरू बालकलाई खतना गर्न आए, र त्‍यसको नाउँ त्‍यसका बाबुको नाउँजस्‍तै जकरिया राख्‍न लागेका थिए, तर त्‍यसकी आमाले भनिन्, “होइन, त्‍यसको नाउँ यूहन्‍ना राखिनेछ।” तिनीहरूले तिनलाई भने, “तिम्रा नातेदारमा यस्‍तो नाउँ भएको कोही छैन।” तब तिनीहरूले त्‍यसका बाबुलाई इशारा गरी सोधे “तिमी यसको नाउँ के राख्‍न चाहन्‍छौ?” तिनले एउटा लेख्‍ने पाटी मगाएर “त्‍यसको नाउँ यूहन्‍ना हो” भनेर लेखिदिए। तिनीहरू सबै छक्‍क परे। तुरुन्‍तै तिनको मुख खुल्‍यो र तिनको वाक्‍य फुट्यो र तिनी परमेश्‍वरको प्रशंसा गर्न लागे।

शेयर गर्नुहोस्
लूका 1 पढ्नुहोस्

लूका 1:57-64 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

एलीशिबाको सुत्‍केरी हुने समय आयो र तिनले छोरा पाइन्। प्रभु परमेश्‍वरले तिनलाई यति ठूलो दया गर्नुभएको देखेर तिनका आफन्‍त र छरछिमेकीहरू पनि रमाए। बालक आठ दिन पुगेपछि उनको शरीरको खतना गर्न तिनीहरू जम्‍मा भए। तिनीहरूले बुबाको जस्‍तै छोराको नाउँ पनि जकरिया राख्‍न लागेका थिए। तर उनकी आमाले भनिन्, “होइन, यसको नाउँ त यूहन्‍ना राख्‍नुपर्छ।” तिनीहरूले एलीशिबालाई भने, “तिम्रा आफन्‍तहरूमा त यस्‍तो नाउँ भएको कोही पनि छैनन्!” त्‍यसो हुँदा तिनीहरूले बुबालाई छोराको नाउँ के राख्‍ने हो भनी इशारा गरे। जकरियाले लेख्‍ने पाटी मागे र “यसको नाउँ यूहन्‍ना नै हुनुपर्छ,” भनेर लेखिदिए। यो देखेर तिनीहरू सबै छक्‍क परे। त्‍यति नै खेर जकरियाको जिब्रो खुल्‍यो र उनी बोल्‍न सक्‍ने भए अनि उनले परमेश्‍वरको प्रशंसा गर्न लागे।

शेयर गर्नुहोस्
लूका 1 पढ्नुहोस्