एलीशिबाको सुत्केरी हुने समय आयो र तिनले छोरा पाइन्। प्रभु परमेश्वरले तिनलाई यति ठूलो दया गर्नुभएको देखेर तिनका आफन्त र छरछिमेकीहरू पनि रमाए। बालक आठ दिन पुगेपछि उनको शरीरको खतना गर्न तिनीहरू जम्मा भए। तिनीहरूले बुबाको जस्तै छोराको नाउँ पनि जकरिया राख्न लागेका थिए। तर उनकी आमाले भनिन्, “होइन, यसको नाउँ त यूहन्ना राख्नुपर्छ।” तिनीहरूले एलीशिबालाई भने, “तिम्रा आफन्तहरूमा त यस्तो नाउँ भएको कोही पनि छैनन्!” त्यसो हुँदा तिनीहरूले बुबालाई छोराको नाउँ के राख्ने हो भनी इशारा गरे। जकरियाले लेख्ने पाटी मागे र “यसको नाउँ यूहन्ना नै हुनुपर्छ,” भनेर लेखिदिए। यो देखेर तिनीहरू सबै छक्क परे। त्यति नै खेर जकरियाको जिब्रो खुल्यो र उनी बोल्न सक्ने भए अनि उनले परमेश्वरको प्रशंसा गर्न लागे।
लूका 1 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: लूका 1:57-64
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू