लेवीहरू 19:17-18
लेवीहरू 19:17-18 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“‘आफ्नो भाइबन्धुसित दुश्मनी नराख। आफ्नो छिमेकीलाई खुल्लमखुल्ला हप्काओ, नत्रता तँ पनि त्यसको अपराधमा साझेदारी होलास्। “‘आफ्ना आफन्तहरूसित बदला लिन नखोज र इबी नराख, तर आफ्नो छिमेकीलाई आफैलाई झैँ प्रेम गर। म परमप्रभु हुँ।
शेयर गर्नुहोस्
लेवीहरू 19 पढ्नुहोस्लेवीहरू 19:17-18 पवित्र बाइबल (NERV)
“तिमीले हृदयबाट आफ्ना इस्राएली मित्रलाई घृणा गर्नु हुँदैन। यदि तिम्रो छिमेकीले केही अनिष्ट गरेको छ भने उसलाई जानकारी देऊ, तिमीहरू उसले गर्दा पापको दोषी हुने छैनौ। मानिसहरूले तिमीप्रति गरेका अनिष्ट कामहरू बिर्सिदेऊ। तिम्रा छिमेकीहरूलाई आफूलाई झैं माया गर। म परमप्रभु हुँ।
शेयर गर्नुहोस्
लेवीहरू 19 पढ्नुहोस्लेवीहरू 19:17-18 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
“कसैको विरुद्धमा वैरभाव नराख तर ऊसँगको तिम्रो नमिल्ने कुरा छिनोफानो गरिहाल र त्यस मानिसको कारणले तिमीले पाप गर्नेछैनौ। कसैसँग बदला नलेऊ वा कसैलाई घृणा गरी नबस तर आफ्ना छिमेकीलाई आफैंलाई झैँ प्रेम गर। म परमप्रभु हुँ।
शेयर गर्नुहोस्
लेवीहरू 19 पढ्नुहोस्