YouVersion लोगो
खोज आइकन

लेवीहरू 16:15-34

लेवीहरू 16:15-34 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

“त्यसपछि त्यसले मानिसहरूका निम्ति पाप शुद्धीकरण बलिको बोकालाई मारोस्। अनि त्यसको रगत पर्दाको पछिल्तिर लगेर त्यसलाई साँढेको रगतलाई गरेझैँ गरोस्, अर्थात् पाप समाधान-स्थानको सामु त्यसले बोकाको रगतलाई साँढेको रगतमाथि छर्कोस्। यसरी त्यसले इस्राएलीहरूका जस्तोसुकै पाप भए तापनि तिनीहरूका अशुद्धता र विद्रोहको लागि महा-पवित्रस्थानका निम्ति प्रायश्‍चित गर्नेछ। त्यसले भेट हुने पालको निम्ति पनि त्यस्तै गर्नुपर्छ, जुन तिनीहरूको माझ छाउनीमा भएको अशुद्धताको बीचमा छ। हारून महा-पवित्रस्थानभित्र प्रायश्‍चित गर्न गएको बेलादेखि त्यसले आफू, आफ्ना घराना र इस्राएलका सारा समुदायका निम्ति प्रायश्‍चित गरेर बाहिर नआएसम्म कोही पनि भेट हुने पालभित्र हुनुहुँदैन। “त्यसपछि त्यो निस्केर याहवेहको सामु भएको वेदीमा आओस्। अनि त्यसको निम्ति प्रायश्‍चित गरोस्। त्यसले साँढेको रगत र बोकाको रगतबाट केही लिएर त्यसलाई वेदीका सिङहरूमाथि लगाओस्। त्यसले केही रगत आफ्नो औँलाले त्यसमाथि सात चोटि छर्कोस्, र त्यसलाई शुद्ध पारोस्। अनि त्यसलाई इस्राएलीहरूको अशुद्धताबाट पवित्र गरोस्। “हारूनले महा-पवित्रस्थान, भेट हुने पाल र वेदीका निम्ति प्रायश्‍चित गरिसकेपछि त्यसले जिउँदो बोका ल्याओस्। त्यसले दुवै हात त्यस जिउँदो बोकाको शिरमाथि राखेर त्यसमाथि इस्राएलका सबै दुष्‍टता र विद्रोह—तिनीहरूका सबै पाप स्वीकार गरोस्। अनि ती त्यस बोकाको टाउकोमाथि राखिदेओस्। त्यसले त्यस बोकालाई त्यस कामको लागि खटाइएको मानिसको जिम्मामा टाढा मरुभूमिमा पठाइदेओस्। त्यस बोकाले तिनीहरूका सारा पाप निर्जन ठाउँमा बोकेर लैजानेछ। अनि त्यस मानिसले त्यस बोकालाई उजाडस्थानमा छोडिदेओस्। “त्यसपछि हारून भेट हुने पालभित्र जाओस्, र त्यसले महा-पवित्रस्थानभित्र जानुअगि लगाएका सुती पोशाकहरू फुकाएर तिनलाई त्यहीँ छोडिदेओस्। त्यसले आफूलाई एउटा पवित्र ठाउँमा पानीले नुहाओस्। अनि आफ्नो नियमित पोशाक लगाओस्। त्यसपछि बाहिर निस्केर त्यसले आफू र मानिसहरूका निम्ति प्रायश्‍चित गर्नलाई, आफ्नै निम्ति होमबलि र मानिसहरूका निम्ति होमबलि चढाओस्। त्यसले पाप शुद्धीकरण बलिको बोसो पनि वेदीमाथि जलाओस्। “त्यस बोकालाई छाडा छोडिदिने मानिसले आफ्ना लुगाहरू धोएर आफूलाई पानीले नुहाओस्। त्यसपछि त्यो छाउनीभित्र आओस्। प्रायश्‍चितको लागि महा-पवित्रस्थानभित्र जसको रगत ल्याइएको थियो; पाप शुद्धीकरण बलिको त्यो साँढे र बोकालाई छाउनीबाहिर लगेर तिनीहरूका छाला, मासु र गोबर जलाइयोस्। तिनीहरूलाई जलाउने मानिसले आफ्ना लुगा धोएर पानीले नुहाओस्; र त्यसपछि त्यो छाउनीभित्र आओस्। “तिमीहरूका लागि यो एउटा रहिरहने विधि ठहरियोस्ः सातौँ महिनाको दशौँ दिनमा तिमीहरूले आफैँलाई इन्कार गर्नू। अनि तिमीहरूले चाहे घरमा जन्मेको होस् अथवा तिमीहरूका बीचमा बस्‍ने परदेशी होस्, कसैले पनि कुनै किसिमको काम नगर्नू। किनकि यही दिन तिमीहरूलाई शुद्ध पार्नलाई तिमीहरूका निम्ति प्रायश्‍चित गरिनेछ। त्यसपछि तिमीहरू याहवेहको सामु तिमीहरूका सबै पापहरूबाट शुद्ध हुनेछौ। यो शब्बाथ विश्रामदिन हो; अनि तिमीहरूले आफूलाई इन्कार गर्नू, यो एउटा रहिरहने विधि हो। प्रधान पुजारीको रूपमा आफ्नो बुबाको सट्टामा अभिषेक भई नियुक्त भएका पुजारीले प्रायश्‍चित गर्नुपर्छ। उसले पवित्र सुती कपडा लगाउनुपर्छ। अनि महा-पवित्रस्थानको निम्ति, भेट हुने पाल र वेदीको निम्ति; अनि सबै पुजारीहरू र समुदायका सबै सदस्यहरूका निम्ति प्रायश्‍चित गरोस्। “यो तिमीहरूका निम्ति रहिरहने विधि होस्: इस्राएलीहरूका सबै पापहरूका निम्ति वर्षमा एक पल्ट प्रायश्‍चित गरियोस्।” अनि याहवेहले आज्ञा गर्नुभएबमोजिम नै मोशाले गरे।

शेयर गर्नुहोस्
लेवीहरू 16 पढ्नुहोस्

लेवीहरू 16:15-34 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

“तब त्‍यसले मानिसहरूका निम्‍ति पापबलिको बोका मारोस्, र त्‍यसको रगत पर्दाभित्र ल्‍याएर साँढ़ेको रगतजस्‍तै कृपा-आसनमाथि र कृपा-आसनको सामुन्‍ने छर्कोस्‌। यसरी इस्राएलीहरूका अशुद्धि, अपराध र तिनीहरूका जम्‍मै पापको कारणले महा-पवित्रस्‍थानका निम्‍ति त्‍यसले प्रायश्‍चित गरोस्‌। तिनीहरूका अशुद्धिको बीचमा भएको भेट हुने पालको निम्‍ति पनि त्‍यसले त्‍यसै गरोस्‌। जब हारून प्रायश्‍चित गर्नलाई महा-पवित्रस्‍थानमा पस्‍छ, त्‍यसले आफ्‍नो निम्‍ति, आफ्‍नो घरानाको निम्‍ति र इस्राएलको जम्‍मै समुदायको निम्‍ति प्रायश्‍चित गरेर नफर्कुञ्‍जेल भेट हुने पालमा कुनै मानिस पनि नरहोस्‌। “तब त्‍यसले बाहिर वेदीमा गएर परमप्रभुको सामुन्‍ने त्‍यसको निम्‍ति प्रायश्‍चित गरोस्‌। अनि साँढ़े र बोकाको रगतबाट केही लिएर वेदीका चारैतिरका सीङहरूमा लगाओस्‌। रगतबाट आफ्‍नो औँलाले सात पल्‍ट त्‍यसमाथि छर्केर इस्राएलीहरूको अशुद्धिबाट वेदीलाई शुद्ध र पवित्र गरोस्‌। “जब हारूनले महा-पवित्रस्‍थान, भेट हुने पाल र वेदीको निम्‍ति प्रायश्‍चित गरिसकेको छ, तब त्‍यसले जिउँदो बोकाचाहिँ ल्‍याओस्‌। अनि हारूनले आफ्‍ना दुवै हात जिउँदो बोकाको टाउकोमा राखोस्, र इस्राएलीहरूका सारा अधर्म, अपराध र पाप स्‍वीकार गरेर बोकाको टाउकोमाथि राखिदेओस्‌। त्‍यसले ती पापहरू बोकाको टाउकोमा राखेर त्‍यसलाई अघिबाट खटाइराखेको मानिसको साथ उजाड़-स्‍थानमा पठाइदेओस्‌। यसरी त्‍यस बोकाले तिनीहरूका सारा अधर्म एकलास ठाउँमा बोकेर लैजाओस्, र त्‍यस मानिसले त्‍यस बोकालाई उजाड़-स्‍थानमा छोड़िदेओस्‌। “त्‍यसपछि हारून भेट हुने पालमा गएर महा-पवित्रस्‍थानमा जाँदा त्‍यसले लाएका सूती लुगाहरू फुकालेर त्‍यहीँ छोड़ोस्‌। त्‍यसले आफ्‍नो शरीर कहीँ चोखो ठाउँमा पानीमा नुहाओस्, र आफ्‍ना निज लुगाहरू लाएर आओस्‌। अनि आफ्‍नै लागि र मानिसहरूका लागि होमबलि चढ़ाईकन प्रायश्‍चित गरोस्‌। पापबलिको बोसो पनि त्‍यसले वेदीमा जलाओस्‌। “छाड़ा हुने बोकालाई छोड्‌न जानेले आफ्‍ना लुगा धोएर आफ्‍नो शरीर नुहाओस्, र त्‍यसपछि त्‍यो छाउनीमा आओस्‌। रगतद्वारा प्रायश्‍चित गर्नलाई महा-पवित्रस्‍थानमा ल्‍याइएका पापबलिका साँढ़े र बोका दुवैलाई छाउनीदेखि बाहिर लगेर तिनीहरूका छाला, मासु र गोबर आगोमा जलाइदिनू। ती जलाउनेले आफ्‍नो लुगा धोएर आफ्‍नो शरीर नुहाओस्, र त्‍यसपछि त्‍यो छाउनीमा आओस्‌। “तिमीहरूका निम्‍ति यो अनन्‍तको विधि होस्‌। सातौँ महिनाको दशौँ दिनमा तिमीहरूले आफू-आफूलाई इन्‍कार गर्नू चाहे घरमा जन्‍मेको होस्, चाहे तिमीहरूका बीचमा वास गर्ने परदेशी होस्, कसैले पनि कुनै किसिमको काम नगर्नू, किनभने त्‍यसै दिन तिमीहरूलाई शुद्ध पार्नलाई तिमीहरूका निम्‍ति प्रायश्‍चित गरिन्‍छ। तब परमप्रभुको सामुन्‍ने सबै पापबाट तिमीहरू शुद्ध हुनेछौ। यो तिमीहरूका निम्‍ति विश्रामको शबाथ हो। तिमीहरूले आफू-आफूलाई इन्‍कार गर्नू। यो सदाको लागि एउटा आदेश हो। अभिषेक भएको र बुबाचाहिँको सट्टामा प्रधान पूजाहारी हुनलाई जो नियुक्त भएको छ, त्‍यसैले प्रायश्‍चित गरोस्, र त्‍यसले पवित्र सूती लुगाहरू लगाओस्‌। त्‍यसले महा-पवित्रस्‍थान, भेट हुने पाल र वेदीको निम्‍ति प्रायश्‍चित गरोस्‌। अनि त्‍यसले पूजाहारीहरू र समुदायका सबै मानिसहरूका निम्‍ति पनि प्रायश्‍चित गरोस्‌। “यो तिनीहरूका निम्‍ति अनन्‍तको विधि होस्‌: वर्षको एक पल्‍ट इस्राएलीहरूका सारा पापका निम्‍ति प्रायश्‍चित गरिओस्‌।” अनि परमप्रभुले मोशालाई आज्ञा दिनुभएझैँ त्‍यसरी नै गरियो।

लेवीहरू 16:15-34 पवित्र बाइबल (NERV)

“तब हारूनले मानिसहरूकोलागि पापबलिको बलि दिनेछ। हारूनले पर्दा पछाडीको कोठामा बोकोको रगत ल्याउनु पर्छ। उसले साँढेको रगतले जे गरेको थियो बोकाको रगतले पनि त्यसै गर्नु पर्छ। उसले विशेष आवरणअघि अनि माथि बोकाको रगत छर्कनु पर्छ। यसरी हारूनले महा पवित्रस्थान शुद्ध पार्ने काम गर्छ। इस्राएलका मानिसहरूलाई शुद्ध पार्न हारूनले यी सब कार्य गर्नु पर्छ। तिनीहरूले धेरै पापहरू गर्छन् र तिनले भेट हुने पालको निम्ति पनि यस्तो कार्यहरू गर्नु पर्छ कारण यो धेरै अशुद्ध मानिसहरू माझमा छ। “हारून महा-पवित्रस्थानमा यसलाई अनि मानिसहरूलाई शुद्ध पार्न गएको समयमा भेट हुने पालमा कोही मानिस पनि नहोस्। जबसम्म हारून बाहिर आउँदैन तबसम्म त्यहाँ कोही मानिस नजाऊन्। यसकारण, हारून र उनको परिवार शुद्ध होऊन। अनि इस्राएलका सम्पूर्ण मानिसहरूलाई उनले शुद्ध पार्नेछन्। तब हारून बाहिर परमप्रभुकोअघि वेदी समक्ष यसलाई शुद्ध पार्नु जाने छन्। साँढे अनि बोकाको अलिकति रगत लिने छन् अनि वेदीको सबै कूनाहरूमा घस्ने छन्। तब उनले औंलाले वेदीमा सात पल्ट रगत छर्कने छन्। यसरी उहाँ वेदी शुद्ध पार्ने छन् किनभने इस्राएलका मानिसहरूले यसलाई अशुद्ध बनाएका थिए। “यसर्थ, हारूनले महा-पवित्रस्थान, भेट हुने पाल अनि वेदी शुद्ध पार्नेछन्। त्यसपछि हारूनले परमप्रभुको निम्ति जिउँदो बोका ल्याउनेछन्। जिउँदो बोका माथि हात राखेर उसले सबै पापहरू, सबै अपराधहरू अनि इस्राएली मानिसहरूले गरेको सबै भूल कर्महरू स्वीकार गर्नेछन्। यसरी मानिसहरूको सबै पाप बोकामाथि राखेर उसले त्यसलाई मरुभूमिमा जानु छाडिदिने छन्। एकजना मानिस बोकालाई मरुभूमितिर लिएर जान पर्खिरहेको हुनेछ। यसर्थ बोकाले मानिसहरूको सबै पापहरू एकान्त ठाउँमा बोकेर लैजाने छ। मानिस जसले बोकालाई लिएर जान्छ, उसले यसलाई मरुभूमिमा छोड्ने छ। “त्यसपछि हारून भेट हुने पालमा जान्छन् अनि महा-पवित्रस्थानमा जाँदा लगाएको सूतीको लुगाहरू फूकाल्नु पर्छ। उनले ती लुगाहरू त्यहीं छोड्नु पर्छ। उसले पवित्रस्थानमा आफ्नो शरीर पानीले पखाल्ने छ। तब उसले आफ्नो लुगाहरू लगाउने छ। ऊ बाहिर आउने छ अनि ऊ आफ्नै निम्ति र मानिसहरूको निम्ति होमबलि चढाउने छ। यस तरीकाले ऊ आफैं अनि मानिसहरूको निम्ति उसले प्रयाश्चित बनाउँछ। तब तिनले पापबलिको बोसो वेदीमा जलाउनुपर्छ। “मानिस जसले बोका लिएर जान्छ, पानीमा आफ्नो शरीर पखाल्नु पर्छ अनि आफ्नो लुगा धुनु पर्छ। त्यसपछि छाउनी भित्र आउनेछ। “पवित्र चीजहरू शुद्ध पार्न महा-पवित्रस्थानमा ल्याइएका पापबलिको साँढे र बोकोलाई पाल बाहिर ल्याउनु पर्छ। पूजाहारीले तिनीहरूको छाला, शरीर र गोबर आगोमा जलाउनेछन्। त्यसपछि त्यो जलाउने मानिसले आफ्नो लुगा अनि शरीर पानीमा पखाल्नु पर्छ। त्यसपछि तिनी छाउनीमा आउन सक्छन्। “यो विधि तिमीहरूको निम्ति सदा-सर्वदा चलिरहने छ। सातौं महीनाको दशौं दिन, तिमीहरूले भोजन लिनु हुँदैन। तिमीहरूले कुनै काम गर्नु हुँदैन। तिमीहरूको देशमा बस्ने यात्रीहरू अथवा विदेशीहरू कसैले पनि कुनै काम गर्ने छैन। किनभने, यस दिन पूजाहारीले तिमीहरूलाई नुहाई दिनेछन् अनि पवित्र पार्नेछन्। तब तिमीहरू परमप्रभुको सामुन्ने शुद्ध हुनेछौ। त्यो दिन तिमीहरूको महत्वपूर्ण साबाथ दिन हो। तिमीहरूले कुनै खाद्य खानु हुदैन। यो नियम सधैँ चलिरहने छ। “यसर्थ प्रधान पूजाहारी हुन अभिषेक भएको मानिसले सब चीजहरू पवित्र पार्ने काम गर्नेछन्। आफ्नो बाबुका उत्तराधिकारी तिनै हुन्। ती पूजाहारीले पवित्र सुती लुगा लगाउनु पर्छ। उनले महा-पवित्रस्थान, भेट हुने पाल अनि वेदी शुद्ध पार्नु पर्छ। अनि सबै पूजाहारीहरू र इस्राएलका मानिसहरूलाई शुद्ध पार्नु पर्छ। इस्राएलका मानिसहरूलाई शुद्ध पार्ने विधि सदा सर्वदा चलिरहनेछ। तिमीहरूले बर्षमा एक चोटी यी सबै कार्यहरू गर्नु पर्छ। किनभने इस्राएलका मानिसहरूको पाप कर्मले गरेको थिए।” यसर्थ परमप्रभुले मोशालाई दिनुभएको आज्ञा अनुसार तिनीहरूले कामहरू गरे।

शेयर गर्नुहोस्
लेवीहरू 16 पढ्नुहोस्

लेवीहरू 16:15-34 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

त्‍यसपछि त्‍यसले पापबलिको बोको मानिसहरूका लागि मारोस् र त्‍यसको रगत महा-पवित्रस्‍थानमा ल्‍याओस्। त्‍यो रगत त्‍यसले कृपा-आसनमाथि र करारको सन्‍दुकको अघिपट्टि साँढेको रगत छर्केजस्‍तै गरी छर्कोस्। यस प्रकारले त्‍यसले इस्राएलजातिका अशुद्धता अनि सारा पापदेखि महा-पवित्रस्‍थानलाई चोख्‍याउने विधि पूरा गर्नेछ। त्‍यसले पवित्र पाललाई त्‍यसै गर्नुपर्नेछ किनभने त्‍यो विधिअनुसार अशुद्ध छाउनीका बीचमा रहेको हुन्‍छ। हारून महा-पवित्रस्‍थानमा शुद्धीकरणको विधि पूरा गर्नलाई पसेको समयदेखि बाहिर निस्‍की आउञ्‍जेलसम्‍म पवित्र पालमा कोही पनि मानिसहरू हुनुहुँदैन। जब त्‍यसले आफू, आफ्‍ना परिवार र सारा जन-समूहका निम्‍ति त्‍यो विधि पूरा गरिसक्‍छ, तब त्‍यो होमबलिको वेदीमा राखी त्‍यसलाई पवित्र गरोस्। त्‍यसले साँढे र बोको दुवैको रगत अलि-अलि मिसाएर वेदीको चार कुनाका चोसाहरूमा पूरा खन्‍याइदेओस्। त्‍यसले आफ्‍नो औँलाले केही रगत वेदीमा सातपल्‍ट छर्कनुपर्नेछ। यस प्रकारले त्‍यसले पवित्र वेदीलाई इस्राएलका मानिसहरूका पापबाट चोख्‍याएर पवित्र गर्नुपर्नेछ। जब हारूनले महा-पवित्रस्‍थान, परमप्रभुको पवित्र पालको बाँकी रहेको भाग र वेदीलाई पवित्र गर्ने विधि पूरा गरिसक्‍छ, तब त्‍यसले एजाजेलको निम्‍ति चुनिएको जिउँदो बोको परमप्रभुलाई चढाओस्। त्‍यसले आफ्‍ना दुवै हात बोकाको टाउकोमा राखेर इस्राएलका मानिसहरूका सबै दुष्‍टता, पाप र विद्रोहहरूको लागि कायल होस् र त्‍यसरी ती सबै बोकाको टाउकोमा सर्नेछन्। तब बोकालाई त्‍यस कामको लागि खटाइएको मानिसद्वारा उजाड-भूमिमा धपाई पठाउनुपर्छ। त्‍यस बोकोले मानिसहरूका सारा पाप बोकेर कुनै मानिसले बास नगरेको ठाउँमा लैजानेछ। तब हारून पवित्र पालभित्र जानेछ र महा-पवित्रस्‍थानमा पुग्‍नुभन्दा अघि आफूले लाएको पूजाहारीको वस्‍त्र फुकालेर त्‍यहीँ छोडिराख्‍नेछ। त्‍यसले एउटा चोखो स्‍थानमा स्‍नान गरेर आफ्‍नै वस्‍त्र पहिरनेछ। त्‍यसपछि बाहिर निस्‍केर त्‍यसले आफ्‍ना र मानिसहरूका पाप काट्‍नलाई होमबलि चढाओस्। त्‍यसले वेदीमाथि पापबलिमा चढाएको पशुको बोसो जलाउनेछ। एजाजेलको निम्‍ति उजाड-भूमिमा बोको धपाइलैजाने मानिसले छाउनीमा फर्की आउनुअघि आफ्‍ना कपडा धुनु र स्‍नान गर्नुपर्नेछ। पापबलिको निम्‍ति चढाइएको साँढे र बोका जसका रगत पाप काट्‍न महा-पवित्रस्‍थानमा लगिएको थियो, तिनका सिनु छाउनीबाहिर लगेर जलाइनुपर्नेछ। छाला, मासु र आन्‍द्रा-भुँडी सबै जलाइनुपर्नेछ। ती जलाउने मानिसले छाउनीमा फर्की आउनुअघि आफ्‍ना कपडा धुनु र स्‍नान गर्नुपर्नेछ। आउँदा दिनहरूमा सधैँ यी नियमहरू मानिनुपर्छ। सातौँ महिनाको दशौँ दिनमा इस्राएलीहरू र तिनका बीचमा बस्‍ने विदेशीहरू उपवास बसेर केही काम नगरून्। त्‍यस दिन आफूलाई सारा पापबाट शुद्ध पार्ने विधि पूरा गर्नुपर्छ र तिनीहरू विधिअनुसार शुद्ध हुनेछन्। त्‍यो दिन अति पवित्र दिन हो। तिनीहरू त्‍यो दिन उपवास बस्‍नेछन् र विलकुलै काम गर्नेछैनन्। यी नियमहरू आउँदा दिनहरूमा सधैँ मानिनुपर्नेछ। बुबा मरेपछि बुबाका सट्टामा उचितरूपले नियुक्ति गरिएर अर्पण गरिएका मुख्‍य पूजाहारीले त्‍यो शुद्धीकरणको विधि पूरा गर्नेछ। उसले पूजाहारीका वस्‍त्र लाउनेछ र महा-पवित्रस्‍थान, परमप्रभुको पवित्र पालको बाँकी भाग, वेदी, पूजाहारीहरू र सारा जन-समूहलाई चोख्‍याउने पवित्र विधि पूरा गर्नेछ। यी नियमहरू आउँदा दिनहरूमा सधैँ मानिनुपर्नेछ। यी विधिचाहिँ वर्षेनी एकपल्‍ट इस्राएलीहरूलाई आफ्‍ना सारा पापदेखि शुद्ध पार्नलाई पूरा गरिनुपर्नेछ। मोशाले परमप्रभुले आज्ञा गर्नुभएअनुसार गरे।

शेयर गर्नुहोस्
लेवीहरू 16 पढ्नुहोस्