YouVersion लोगो
खोज आइकन

लेवीहरूको पुस्तक 16:15-34

लेवीहरूको पुस्तक 16:15-34 NERV

“तब हारूनले मानिसहरूकोलागि पापबलिको बलि दिनेछ। हारूनले पर्दा पछाडीको कोठामा बोकोको रगत ल्याउनु पर्छ। उसले साँढेको रगतले जे गरेको थियो बोकाको रगतले पनि त्यसै गर्नु पर्छ। उसले विशेष आवरणअघि अनि माथि बोकाको रगत छर्कनु पर्छ। यसरी हारूनले महा पवित्रस्थान शुद्ध पार्ने काम गर्छ। इस्राएलका मानिसहरूलाई शुद्ध पार्न हारूनले यी सब कार्य गर्नु पर्छ। तिनीहरूले धेरै पापहरू गर्छन् र तिनले भेट हुने पालको निम्ति पनि यस्तो कार्यहरू गर्नु पर्छ कारण यो धेरै अशुद्ध मानिसहरू माझमा छ। “हारून महा-पवित्रस्थानमा यसलाई अनि मानिसहरूलाई शुद्ध पार्न गएको समयमा भेट हुने पालमा कोही मानिस पनि नहोस्। जबसम्म हारून बाहिर आउँदैन तबसम्म त्यहाँ कोही मानिस नजाऊन्। यसकारण, हारून र उनको परिवार शुद्ध होऊन। अनि इस्राएलका सम्पूर्ण मानिसहरूलाई उनले शुद्ध पार्नेछन्। तब हारून बाहिर परमप्रभुकोअघि वेदी समक्ष यसलाई शुद्ध पार्नु जाने छन्। साँढे अनि बोकाको अलिकति रगत लिने छन् अनि वेदीको सबै कूनाहरूमा घस्ने छन्। तब उनले औंलाले वेदीमा सात पल्ट रगत छर्कने छन्। यसरी उहाँ वेदी शुद्ध पार्ने छन् किनभने इस्राएलका मानिसहरूले यसलाई अशुद्ध बनाएका थिए। “यसर्थ, हारूनले महा-पवित्रस्थान, भेट हुने पाल अनि वेदी शुद्ध पार्नेछन्। त्यसपछि हारूनले परमप्रभुको निम्ति जिउँदो बोका ल्याउनेछन्। जिउँदो बोका माथि हात राखेर उसले सबै पापहरू, सबै अपराधहरू अनि इस्राएली मानिसहरूले गरेको सबै भूल कर्महरू स्वीकार गर्नेछन्। यसरी मानिसहरूको सबै पाप बोकामाथि राखेर उसले त्यसलाई मरुभूमिमा जानु छाडिदिने छन्। एकजना मानिस बोकालाई मरुभूमितिर लिएर जान पर्खिरहेको हुनेछ। यसर्थ बोकाले मानिसहरूको सबै पापहरू एकान्त ठाउँमा बोकेर लैजाने छ। मानिस जसले बोकालाई लिएर जान्छ, उसले यसलाई मरुभूमिमा छोड्ने छ। “त्यसपछि हारून भेट हुने पालमा जान्छन् अनि महा-पवित्रस्थानमा जाँदा लगाएको सूतीको लुगाहरू फूकाल्नु पर्छ। उनले ती लुगाहरू त्यहीं छोड्नु पर्छ। उसले पवित्रस्थानमा आफ्नो शरीर पानीले पखाल्ने छ। तब उसले आफ्नो लुगाहरू लगाउने छ। ऊ बाहिर आउने छ अनि ऊ आफ्नै निम्ति र मानिसहरूको निम्ति होमबलि चढाउने छ। यस तरीकाले ऊ आफैं अनि मानिसहरूको निम्ति उसले प्रयाश्चित बनाउँछ। तब तिनले पापबलिको बोसो वेदीमा जलाउनुपर्छ। “मानिस जसले बोका लिएर जान्छ, पानीमा आफ्नो शरीर पखाल्नु पर्छ अनि आफ्नो लुगा धुनु पर्छ। त्यसपछि छाउनी भित्र आउनेछ। “पवित्र चीजहरू शुद्ध पार्न महा-पवित्रस्थानमा ल्याइएका पापबलिको साँढे र बोकोलाई पाल बाहिर ल्याउनु पर्छ। पूजाहारीले तिनीहरूको छाला, शरीर र गोबर आगोमा जलाउनेछन्। त्यसपछि त्यो जलाउने मानिसले आफ्नो लुगा अनि शरीर पानीमा पखाल्नु पर्छ। त्यसपछि तिनी छाउनीमा आउन सक्छन्। “यो विधि तिमीहरूको निम्ति सदा-सर्वदा चलिरहने छ। सातौं महीनाको दशौं दिन, तिमीहरूले भोजन लिनु हुँदैन। तिमीहरूले कुनै काम गर्नु हुँदैन। तिमीहरूको देशमा बस्ने यात्रीहरू अथवा विदेशीहरू कसैले पनि कुनै काम गर्ने छैन। किनभने, यस दिन पूजाहारीले तिमीहरूलाई नुहाई दिनेछन् अनि पवित्र पार्नेछन्। तब तिमीहरू परमप्रभुको सामुन्ने शुद्ध हुनेछौ। त्यो दिन तिमीहरूको महत्वपूर्ण साबाथ दिन हो। तिमीहरूले कुनै खाद्य खानु हुदैन। यो नियम सधैँ चलिरहने छ। “यसर्थ प्रधान पूजाहारी हुन अभिषेक भएको मानिसले सब चीजहरू पवित्र पार्ने काम गर्नेछन्। आफ्नो बाबुका उत्तराधिकारी तिनै हुन्। ती पूजाहारीले पवित्र सुती लुगा लगाउनु पर्छ। उनले महा-पवित्रस्थान, भेट हुने पाल अनि वेदी शुद्ध पार्नु पर्छ। अनि सबै पूजाहारीहरू र इस्राएलका मानिसहरूलाई शुद्ध पार्नु पर्छ। इस्राएलका मानिसहरूलाई शुद्ध पार्ने विधि सदा सर्वदा चलिरहनेछ। तिमीहरूले बर्षमा एक चोटी यी सबै कार्यहरू गर्नु पर्छ। किनभने इस्राएलका मानिसहरूको पाप कर्मले गरेको थिए।” यसर्थ परमप्रभुले मोशालाई दिनुभएको आज्ञा अनुसार तिनीहरूले कामहरू गरे।