यहोशू 14:10-13
यहोशू 14:10-13 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“अब हेर्नुहोस्, इस्राएलीहरू उजाड़स्थानमा घुमफिर गर्दा परमप्रभुले मोशालाई यो कुरा भन्नुभएको बेलादेखि अहिले पैँतालीस वर्ष बितिसक्यो, र आफ्नो वचनअनुसार परमप्रभुले मलाई जीवितै राख्नुभएको छ। अब हेर्नुहोस्, म आज पचासी वर्षको भएको छु। तैपनि मलाई मोशाले पठाएको दिनमा म जति बलियो थिएँ, अहिले पनि उतिकै बलियो छु। लड़ाइँको निम्ति बाहिर जानलाई मेरो ताकत त्यस बेला जति थियो, अहिले पनि त्यत्ति नै छ। यसकारण अब यो पहाड़ी देश मलाई दिनुहोस्, जसको बारेमा परमप्रभुले त्यस दिन भन्नुभएको थियो। त्यहाँ अनाकीहरू रहन्छन्, उनीहरूका ठूला-ठूला गढ़ भएका सहरहरू छन् भन्ने तपाईंले त्यस बेला सुन्नुभएकै थियो। परमप्रभुको सहायताद्वारा उहाँको वचनअनुसार म उनीहरूलाई धपाउनेछु।” तब यहोशूले यपुन्नेका छोरा कालेबलाई आशिष् दिए, र तिनको अधिकारमा हेब्रोन दिए।
यहोशू 14:10-13 पवित्र बाइबल (NERV)
“अहिले, परमप्रभुले भन्नु भए अनुसार पैंतालीस बर्ष सम्म उहाँले मलाई जीवित राख्नु भएको छ। त्यस समयमा हामी सबै मरुभूमिमा बिनाकाम घुमि-हिँड्यौं। अहिले म पचासी बर्ष पुगें। म अझै उतिकै बलियो छु जतिबेला मोशाले मलाई बाहिर पठाएका थिएँ। म त्यसबेला जस्तै आज पनि युद्ध गर्न सक्छु। यसर्थ अब मलाई त्यो पहाडी देश दिनुहोस् जो परमप्रभुले धेरै अघि मलाई वचन दिनु भएको थियो। त्यससमय तपाईंले सुन्नु भयो कि शक्तिशाली अनाकी मानिसहरू त्यहाँ बस्थे। अनि शहरहरू अत्यन्त ठूला र सुरक्षित थिए। तर अब, हुन सक्छ, परमप्रभु मेरो साथ हुनुहुन्छ अनि परमप्रभुले भन्नु भए झैं त्यो भूमि म लिने छु।” यहोशूले यपुन्नेका छोरा कालेबलाई आशीर्वाद दिए। यहोशूले तिनलाई आफ्नै हुने गरी हेब्रोन शहर दिए।
यहोशू 14:10-13 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तर अहिले हेर्नुहोस्, परमप्रभुले मोशालाई त्यसो भन्नुभएको पैँतालीस वर्ष भइसक्यो। त्यो बेला इस्राएलीहरू उजाड-स्थानका बीच नै घुमफिर गरिरहेका थिए। त्यसपछि आजसम्म परमप्रभुले आफ्नो प्रतिज्ञाअनुसार मलाई जिउँदै राख्नुभएको छ। मलाई हेर्नुहोस्! म पचासी वर्ष पुगिसकें अनि मोशाले पठाउँदा जति बलियो थिएँ, आज म उत्तिकै बलियो छु। लडाइँको निम्ति बाहिर जानलाई मेरो ताकत त्यस बेला जति थियो, अहिले पनि त्यतिकै छ र अब मलाई त्यो पहाडी देश दिनुहोस्, जुन परमप्रभुले म र मेरा मानिसहरूले आफ्नो बयान दिएको दिन मलाई दिने प्रतिज्ञा गर्नुभएको थियो। हामीले त्यस बेला तपाईंहरूलाई भनेका थियौं कि अनाकी भनिने दैँत्यहरू जस्ता त्यहाँ ठूल्ठूला पर्खाल लाएका सहरहरूमा बस्दथे। हुन सक्छ परमप्रभु मसँग रहनुहुनेछ र उहाँको वचनअनुसार म तिनीहरूलाई धपाउनेछु।” यहोशूले यपुन्नेको छोरो कालेबलाई आशीर्वाद दिए र हेब्रोन सहर उनको सम्पत्तिको रूपमा दिइहाले।