YouVersion लोगो
खोज आइकन

यहोशू 14

14
यर्दनका पश्‍चिमको देश
1अब लेखिएका कुरामा यर्दनको पश्‍चिममा रहेको कनान देश इस्राएलका मानिसहरूका बीचमा बाँडिएको वर्णन पाइन्‍छ। एलाजार पूजाहारी, नूनको छोरो यहोशू र इस्राएली कुलका परिवार-परिवारका अगुवाहरूले त्‍यो देश जनसाधारणका बीचमा बाँडिदिएका थिए। 2#गन्ती 26:52-56; 34:13परमप्रभुले मोशालाई आज्ञा गर्नुभएअनुसार यर्दनको पश्‍चिममा रहेको देश बाँकी रहेका ती नौ र आधा कुलहरूका बीचमा गोला हालेर बाँडियो। 3-4#गन्ती 32:33; 34:14,15; व्यवस्था 3:12-17यर्दनको पूर्वपट्टिको देश मोशाले अघिबाटै अढाई कुलहरूका बीचमा बाँडिसकेका थिए। (योसेफका सन्‍तान दुई कुल मनश्‍शे र एफ्राइममा बाँडिदिएका थिए।) तब मोशाले लेवीहरूलाई त्‍यो देशको कुनै पनि भाग दिएनन्। त्‍यसका सट्टामा तिनीहरूलाई बस्‍नको लागि सहरहरू र तिनका गाई-गोरु र भेडाहरूको लागि चरन दिए। 5परमप्रभुले मोशालाई आज्ञा दिनुभएझैँ इस्राएलका मानिसहरूले देश बण्‍डा लगाए।
कालेबले हेब्रोन पाउँछन्
6 # गन्ती 14:30 एक दिन यहूदा कुलका केही मानिसहरू गिलगालमा यहोशूकहाँ आए। तिनका बीचबाट एक जना कनज्‍जी यपुन्‍नेको छोरो कालेबले उनलाई भने, “परमेश्‍वरका भक्त जन मोशालाई परमप्रभुले कादेश-बर्नेमा म र तपाईंबारे के भन्‍नुभयो, सो तपाईं जान्‍नुहुन्‍छ। 7#गन्ती 13:1-30परमप्रभुको सेवक मोशाले मलाई कादेश-बर्नेबाट यस देशको भेद लिन पठाउँदा मेरो उमेर चालीस वर्ष थियो। मैले तिनलाई आफ्‍नो सत्‍य बयान ल्‍याइदिएँ। 8तरै पनि मसँग जाने मानिसहरूले हाम्रा मानिसहरूलाई डरमा पारे। तर मैले विश्‍वाससाथ परमप्रभु मेरा परमेश्‍वरको आज्ञा मानें। 9#गन्ती 14:24मैले त्‍यसो गरेको हुनाले मोशाले मलाई प्रतिज्ञा गरेका थिए कि मैले पाइला टेकेको देश निश्‍चय म र मेरा सन्‍तानले सम्‍पत्तिका रूपमा पाउनेछौं। 10तर अहिले हेर्नुहोस्, परमप्रभुले मोशालाई त्‍यसो भन्‍नुभएको पैँतालीस वर्ष भइसक्‍यो। त्‍यो बेला इस्राएलीहरू उजाड-स्‍थानका बीच नै घुमफिर गरिरहेका थिए। त्‍यसपछि आजसम्‍म परमप्रभुले आफ्‍नो प्रतिज्ञाअनुसार मलाई जिउँदै राख्‍नुभएको छ। मलाई हेर्नुहोस्! म पचासी वर्ष पुगिसकें 11अनि मोशाले पठाउँदा जति बलियो थिएँ, आज म उत्तिकै बलियो छु। लडाइँको निम्‍ति बाहिर जानलाई मेरो ताकत त्‍यस बेला जति थियो, अहिले पनि त्‍यतिकै छ 12र अब मलाई त्‍यो पहाडी देश दिनुहोस्, जुन परमप्रभुले म र मेरा मानिसहरूले आफ्‍नो बयान दिएको दिन मलाई दिने प्रतिज्ञा गर्नुभएको थियो। हामीले त्‍यस बेला तपाईंहरूलाई भनेका थियौं कि अनाकी भनिने दैँत्‍यहरू जस्‍ता त्‍यहाँ ठूल्‍ठूला पर्खाल लाएका सहरहरूमा बस्‍दथे। हुन सक्‍छ परमप्रभु मसँग रहनुहुनेछ र उहाँको वचनअनुसार म तिनीहरूलाई धपाउनेछु।”
13यहोशूले यपुन्‍नेको छोरो कालेबलाई आशीर्वाद दिए र हेब्रोन सहर उनको सम्‍पत्तिको रूपमा दिइहाले। 14हेब्रोन अझ पनि कनज्‍जी यपुन्‍नेको छोरा कालेबका सन्‍तानका हातमा छ किनकि उनले विश्‍वासयोग्‍यसाथ परमप्रभु इस्राएलका परमेश्‍वरको आज्ञापालन गरेका थिए। 15त्‍यसअघि हेब्रोनलाई किर्यत-अर्बाको सहर भनिन्‍थ्‍यो। (अर्बा अनाकीहरूमध्‍ये सबैभन्दा महान् थियो।) त्‍यसपछि देशमा शान्‍ति भयो।

अहिले सेलेक्ट गरिएको:

यहोशू 14: सरल नेपाली

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्