अय्यूब 42:7-16
अय्यूब 42:7-16 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
जब परमप्रभु अय्यूबसित बोलिसक्नुभयो तब उहाँले एलीपज तेमानीलाई भन्नुभयो, “तँ र तेरा दुई मित्रहरूसँग म क्रोधित भएको छु, किनभने मेरो दास अय्यूबले मेरो विषयमा भनेझैँ तिमीहरूले भन्नुपर्ने ठीक कुरा भनेनौ। यसैले अब सात वटा साँढ़े र सात वटा भेड़ा लिएर मेरो दास अय्यूबकहाँ जाऊ, र तिमीहरू आफ्ना निम्ति होमबलि चढ़ाऊ, र त्यसले तिमीहरूका निम्ति अन्तर्बिन्ती चढ़ाउनेछ। म त्यसको प्रार्थना सुन्नेछु अनि तिमीहरूको मूर्खताअनुसार तिमीहरूसित व्यवहार गर्नेछैन, किनभने अय्यूबले झैँ मेरो विषयमा भन्नुपर्ने कुरा तिमीहरूले बोलेनौं।” तब एलीपज तेमानी, बिल्दद शुही र सोपर नमातीले परमप्रभुको आज्ञाअनुसार गरे, र आफ्ना मित्रहरूका निम्ति अय्यूबले अन्तर्बिन्ती गरिदिँदा परमप्रभुले अय्यूबको प्रार्थना ग्रहण गर्नुभयो। यसरी अय्यूबले आफ्ना मित्रहरूका निम्ति प्रार्थना गरेपछि परमप्रभुले अय्यूबको सुदिन फर्काइदिनुभयो, र तिनका सबै धन-सम्पत्ति पहिलेको भन्दा दुई गुणा बढ़ाइदिनुभयो। त्यसपछि अय्यूबका सबै दाजुभाइ, दिदी-बहिनीहरू र तिनका अघिका परिचित मानिसहरू आएर तिनीसित तिनको घरमा भोज गरे, र परमप्रभुले तिनीमाथि ल्याउनुभएका सबै दुर्दशाहरूका निम्ति तिनीहरूले तिनलाई समवेदना र सान्त्वना प्रकट गरे। अनि हरेकले तिनलाई एक-एक टुक्रा चाँदी र एउटा-एउटा सुनको औँठी दिए। त्यसबाहेक परमप्रभुले अय्यूबको जीवनको पछिल्लो समयलाई अघिल्लो समयभन्दा बढ़ी आशिष् दिनुभयो। तिनका चौध हजार भेड़ा, छ हजार ऊँट, हजार हल गोरु र एक हजार गधा थिए। तिनका सात छोरा र तीन छोरी भए। तिनले जेठीको नाउँ यमीमा, माहिलीको नाउँ कसीआ र कान्छीको नाउँ केरेन-हप्पूक राखे। सारा देशमा अय्यूबका छोरीहरू जत्तिकै सुन्दरी अरू कोही थिएनन् अनि तिनका पिताले तिनीहरूलाई तिनीहरूका दाजुभाइसरह पैतृक-अधिकारको हिस्सा दिए। त्यसपछि अय्यूब अरू एक सय चालीस वर्षसम्म बाँचे। तिनले आफ्ना छोराहरू, र चार पुस्ता र खनातिसम्म देखे।
अय्यूब 42:7-16 पवित्र बाइबल (NERV)
अय्यूब सँग बात-चीत गरिसके पछि, परमेश्वर तेमानीबाट आएका एलीपजसँग बोल्नु भयो। परमेश्वरले एलीपजलाई भन्नुभयो, “म तिमी साथै तिम्रो दुइ साथीहरूसँग रिसाएको छु। किनभने तिमीहरूले मेरो विषयमा सही कुरा गरेनौ। तर अय्यूब मेरो सेवक हो। अय्यूबले मेरो विषयमा ठीक कुरा गर्छ। यसकारण अब तिमीहरूले, सातवटा गोरूहरू र सातवटा भेंडाहरू ल्याऊ। ती सब मेरो सेवक अय्यूबलाई देऊ। तिनीहरूलाई मार तिमीहरूका निम्ति होमबलि अर्पण गर। मेरो सेवक अय्यूबले तिमीहरूका लागि प्रार्थना गर्नेछ अनि त्यो प्रार्थनाको उत्तर दिनेछु। त्यसपछि म तिमीहरूलाई दण्ड दिने छैन जसको लागि तिमीहरू योग्य थियौ। तिमीहरूले ठीक कुराहरू मेरो बारेमा बोलेनौ तर मेरो सेवक अय्यूबले मेरो बारेमा ठीक कुराहरू गरे।” यसकारण तेमान बासिन्दा एलीपज अनि शुहबाट आएका बिल्दद साथै नामाहबाट आएका सोपरले परमप्रभुको आज्ञा पालन गरे। त्यसपछि परमप्रभुले अय्यूबको प्रार्थनाको जवाफ दिनुभयो। अय्यूबले आफ्ना मित्रहरूको लागि प्रार्थना गरे। अनि परमप्रभुले अय्यूबलाई फेरि सफल पार्नुभयो। परमेश्वरले उससँग भएको भन्दा दुइगुणा ज्यादा अय्यूबलाई दिनुभयो। तब अय्यूबका सारा दाज्यू-भाइ र दिदी-बहिनीहरू साथै अय्यूबलाई चिन्ने जान्ने सबै मानिसहरू उसको घरमा आए। तिनीहरूले अय्यूबसँग ठूलो भोज खाए तिनीहरूले अय्यूबलाई सान्त्वना दिए कारण परमप्रभुले अय्यूबलाई धेरै कष्ट दिनु भएको थियो। प्रत्येक मानिसले अय्यूबलाई चाँदीको टुक्रा र सुनका औंठी उपहार दिए। परमप्रभुले अय्यूबसँग शुरूमा भएको भन्दा बढी सम्पन्न हुने आशीर्वाद दिनुभयो। अय्यूबले 14,000 भेंडा 6,000 ऊँटहरू, 2,000 गाईहरू अनि 1,000 पोथी गधाहरू पाए। अय्यूबले सात भाइ छोराहरू र तीन बहिनी छोरीहरू पनि पाए। अय्यूबले जेठी छोरीको नाउँ यमीमा माइली छोरीको नाउँ कसीआ र कन्छी छोरीको नाउँ केरेन-हप्पूक राखे। अय्यूबका छोरीहरू त्यस ठाँउका अन्य स्त्रीहरू भन्दा सुन्दरी थिए। अनि अय्यूबले आफ्ना सम्पत्तिका केही अंश आफ्नी छोरीहरूलाई दिए। प्रत्येकले आफ्ना दाज्यू-भाइहरूले जस्तै बराबरीको रूपमा सम्पत्तिहरू पाए। यसकारण अय्यूब अझ एक सय चालीस बर्षसम्म बाँचे। उनले आफ्ना नानीहरू, नाति-नातिनीहरू, पनाति-पनातिनीहरू, खनाति-खनातिनीहरू सबै हेर्न पाए।
अय्यूब 42:7-16 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
अय्यूबसित बोलिसक्नुभएपछि परमप्रभुले एलीपजलाई भन्नुभयो, “तँ र तेरा दुई मित्रहरूसित म रिसाएको छु किनभने मेरो सेवक अय्यूबले जस्तो तिमीहरूले मेरो बारेमा सत्य कुरा भनेनौ। अब सात-सात वटा साँढे र भेडाहरू लिएर मेरो सेवक अय्यूबकहाँ जाओ र ती पशुहरू आफ्ना निम्ति होमबलि चढाओ। तिमीहरूका निम्ति अय्यूबले बिन्ती गर्नेछ र म त्यसको बिन्तीको उत्तर दिनेछु अनि तिमीहरूका मूर्खता सुहाउँदो गरी तिमीहरूसित व्यवहार गर्नेछैनँ। अय्यूबले झैँ तिमीहरूले मेरो बारेमा कुरा बोलेनौ।” तब एलीपज, बिल्दद र सोपरले परमप्रभुले आज्ञा गर्नुभएअनुसार गरे र अय्यूबले बिन्ती गरिदिँदा परमप्रभुले जवाफ दिनुभयो। अय्यूबले आफ्ना तीन मित्रहरूका निम्ति बिन्ती गरिदिएपछि परमप्रभुले उसको सुदिन फर्काइदिनुभयो र त्यसका धन-सम्पत्ति अघिको भन्दा दुई गुणा बढाइदिनुभयो। अय्यूबका सबै दाजुभाइहरू, दिदी-बहिनीहरू र अघिका साथीहरू उनीकहाँ आए र उनको घरमा उनीसित भोज खाए। परमप्रभुले उनीमाथि ल्याउनुभएका सबै कष्टको निम्ति तिनीहरूले उनलाई समवेदना प्रकट गर्दै सान्त्वना दिए। तिनीहरू एकएक जनाले उनलाई केही चाँदीका टुक्रा र एक-एक वटा सुनका औँठी दिए। परमप्रभुले अय्यूबको जीवनको पछिल्लो समयलाई अघिल्लो समय भन्दा बढी आशिष् दिनुभयो। अय्यूबचाहिँ चौध हजार भेडा, छ हजार ऊँट, एक हजार हल गोरु र एक हजार गधाका मालिक भए। उनी सात छोरा र तीन छोरीका बुबा भए। उनले जेठी छोरीको नाम यमीमा, माहिलीको नाम कसीआ र कान्छीको नाम केरेन-हप्पूक राखे। सारा देशमा अय्यूबका छोरीहरूजस्ता सुन्दरी कन्या अरू कोही थिएनन्। बुबाले चाहिँ तिनीहरूलाई आफ्ना सम्पत्तिको हिस्सा दाजुभाइलाई जस्तै गरी बाँडिदिए। त्यसपछि अय्यूब अरू एक सय चालीस वर्ष बाँचे र उनले आफ्ना नाति-पनाति र खनाति देखे।