अय्यूब 4:3-8
अय्यूब 4:3-8 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
सम्झनुहोस्, तपाईंले कसरी धेरैलाई शिक्षा दिनुभयो, निर्बल हातलाई तपाईंले कसरी बलिया पार्नुभएको छ। ठक्कर खानेहरू तपाईंका वचनले सम्हालिए, र तपाईंले निर्बल घुँड़ाहरूलाई बल दिनुभयो। तर अब सङ्कष्ट तपाईंमाथि आइलाग्यो र तपाईं निरुत्साहित हुनुहुन्छ। यसले प्रहार गर्दा तपाईं हरेस खानुहुन्छ। के तपाईंको धर्म नै तपाईंको निम्ति भरोसा र तपाईंको निर्दोष जीवन तपाईंको निम्ति आशा हुनुपर्दैन र?” “किनभने सोच्नुहोस्: कुनै निर्दोष मानिस कहिल्यै नाश भएको छ? सोझो मानिसले कहाँ कष्ट पाएको तपाईंले देख्नुभएको छ? मैले देखेको छु, कि अधर्म जोत्ने र दु:ख छर्नेहरूले, आफैले छरेको कुराको कटनी गर्छन्।
अय्यूब 4:3-8 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हेर्नुहोस्, तपाईंले धेरैलाई शिक्षा दिनुभएको छ; अनि तपाईंले लुला हातहरूलाई बलियो पार्नुभएको छ। ठक्कर खानेहरूलाई तपाईंका वचनहरूले सम्हाल्नुभएको छ; निर्बल घुँडाहरूलाई तपाईंले बलियो पार्नुभएको। तर अहिले तपाईंलाई सङ्कष्ट आइपरेको छ, र तपाईं निरुत्साहित हुनुभएको छ; यसले तपाईंलाई प्रहार गरेको छ, त्यसैले तपाईं भयभीत हुनुभएको छ। के तपाईंको भक्तिभाव नै तपाईंको निम्ति आत्मविश्वास र तपाईंको निर्दोष जीवन नै तपाईंको निम्ति आशा हुनुपर्ने होइन र? “अब विचार गर्नुहोस्: कुनै निर्दोष मानिस, कहिल्यै नाश भएको छ? धर्मी मानिसलाई कहाँ नष्ट पारिएको छ र? दुष्टता जोत्ने र सङ्कट छर्नेहरूले त्यही अनुसारको कटनी गरेको मैले देखेको छु।
अय्यूब 4:3-8 पवित्र बाइबल (NERV)
अय्यूब तिमीले धेरैजना मानिसहरूलाई शिक्षा दियौ। तिमीले कमजोर हातहरूलाई बलवान बनायौ। तिम्रो वचनहरूले मानिसहरूलाई मद्दत गर्यो जो पतन हुनलाई तयार थिए। तिमीले मानिसहरूलाई बल दियौ जो स्वयं उभिन सक्तैन थिए। तर अहिले तिमीमाथि कष्टहरू आए अनि तिमी हतास भयौ। कष्टले तिमीलाई छुन्छ अनि तिमी हतास हुन्छौ। तिमीले परमेश्वरलाई आराधना गर्छौ। तिमीले उहाँमाथि भरोसा गर्दछौ। तिमी एकजना असल मानिस हौ। यसकारण ती तिम्रा आशा बनोस्। अय्यूब यस विषयमा सोचः निर्दोष मानिसहरू कहिल्यै पनि ध्वंश भएका छैनन्। असल मानिसहरू कहिल्यै ध्वंश हुँदैनन्। मैले कतिपय सङ्कटकारीहरूलाई देखेको छु अनि तिनीहरू जसले जीवन कष्टमय पार्दछ। तर तिनीहरू नै सधैँ दण्डित हुन्छन्।
अय्यूब 4:3-8 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तपाईंले धेरै मानिसहरूलाई शिक्षा दिनुभयो र दुर्बल मानिसहरूलाई बल दिनुभयो। दुर्बल भई ठोकर खानेहरू र थाकेकाहरूलाई तपाईंको वचनले साहस दिन्छ। यस घडी सङ्कष्टमा पर्ने तपाईंको पालो आयो। तपाईं व्याकुल हुनुहुन्छ र तिनको सामना गर्ने धैर्यता तपाईंसित छैन। तपाईंले परमेश्वरलाई पुज्नुहुन्छ र तपाईंको जीवन निर्दोष छ। यसकारण तपाईंले आशा र भरोसा गुमाउनुहुन्न। अब सोच्नुहोस्, देखाउनुहोस्, धर्मी मानिस कहिले विनाश भएको छ? मैले मानिसहरूलाई दुष्ट्याइँको बारी जोत्दैगरेको र कुकर्मको बिउ रोप्दैगरेको देखेको छु। अहिले तिनीहरूले ती दुष्ट्याइँ र कुकर्मका फल भोगिरहेका छन्।