अय्यूब 38:31-33
अय्यूब 38:31-33 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“के तँ किरकिटी ताराहरूलाई बाँध्न सक्छस्? अथवा मृगशिराको पुञ्जलाई फुकाल्न सक्छस्? के तैंले ग्रह नक्षत्रहरूलाई तिनका ऋतु-ऋतुमा निकाल्न सक्छस्? अथवा सप्तर्षि-तारा र तिनका दललाई डोर्याउन सक्छस्? आकाशको शासन गर्ने नियमहरूलाई के तैंले जानेको छस्? पृथ्वीको प्राकृतिक नियमहरूलाई तैंले ठहराउन सक्छस्?
अय्यूब 38:31-33 पवित्र बाइबल (NERV)
“अय्यूब, के तिमी सप्तऋषि तारालाई बाँध्न सक्छौ? के तिमी मृगशीराको बन्धन खोल्न सक्छौ? के तिमी ठीक समयमा ताराको झुण्डलाई प्रकट गराउन सक्छौ? अथवा के तिमी भालूको बच्चाहरूलाई गुफाबाट निकाल्न सक्छौ? के तिमीले आकाश नियन्त्रण गर्ने नियमहरू जान्दछौ? के तिमीले तिनीहरूलाई पृथ्वी शासन गर्ने बनाउन सक्छौ?
अय्यूब 38:31-33 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
के तैँले मृगशिरा मण्डलका ताराहरूलाई एकसाथ बाँध्न सक्छस्? वा किरकिटी ताराहरू फरक-फरक गरी छुट्याएर फुकाल्न सक्छस्? के तँ ताराहरूलाई तिनका समयअनुसार निकाल्न सक्छस्? र उत्तर ध्रुवका ठूला-साना ताराहरूलाई तिनका मार्गमा हिँडाउन सक्छस्? आकाश शासन गर्ने प्रकृतिका नियमहरू के तैँले चालु गरेको होस्? के ती नियमहरू तैँले पृथ्वीमा चलाउन सक्छस्?