अय्यूब 38:1-4
अय्यूब 38:1-4 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब परमप्रभुले अय्यूबलाई आँधीबेहरीबाट यसरी जवाफ दिनुभयो: “यो को हो जसले मूर्ख कुराहरू गरेर मेरो सल्लाहलाई धमिल्याउन खोज्छ? तेरो कम्मर कसेर मर्दझैँ खड़ा हो, म तँलाई सवाल गर्छु, र तैंले मलाई जवाफ दे। पृथ्वीको जग मैले बसाल्दा तँ कहाँ थिइस्? तैंले बुझ्छस् भने मलाई बता।
अय्यूब 38:1-4 पवित्र बाइबल (NERV)
तब परमेश्वर भुँवरीबाट अय्यूबसित बोल्नु भयो। परमेश्वरले भन्नुभयोः “त्यो अज्ञानी मानिस को हो? जसले यस्ता मूर्ख कुराहरू गरिरहेको छ।” अय्यूब, कम्मर कस, मेरो प्रश्नको उत्तर दिनलाई तैयार बस। “तिमी कहाँ थियौ जब मैले पृथ्वी सृष्टि गरें? यदि तिमी यो जान्दछौ भने मलाई जवाफ देऊ।
अय्यूब 38:1-4 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
आँधीको बीचबाट परमप्रभुले अय्यूबलाई जवाफ दिनुभयो। मूर्ख कुरा गरेर मेरो योजनालाई अस्पष्ट पार्न खोज्ने तँ को होस्? अब मर्द भएर खडा हो, म प्रश्न गर्छु, तँ जवाफ दे। मैले पृथ्वीको जग बसाल्दा के तँ त्यहाँ थिइस्? तँ यति धेरै कुरा बुझ्छस् भने लौ मलाई भन्।