अय्यूब 11:2-4
अय्यूब 11:2-4 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“के यो कुराको जवाफ नदिने? के यो बकबकेलाई समर्थन गर्ने? के तपाईंको नटुँङ्गिने कुराले मानिसलाई मौन बनाउँछ? के तपाईंले ठट्टा गर्दा कसैले तपाईंलाई नहप्काउने? ‘मेरा विचार ठीकै छन् र तपाईंको दृष्टिमा म चोखो छु’ भनी तपाईं परमेश्वरलाई भन्नुहुन्छ।
अय्यूब 11:2-4 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“के यी सबै कुराहरूका जवाफ छैन र? के धेरै बोल्ने मानिस निर्दोष प्रमाणित हुन सक्छ र? के तपाईंका व्यर्थका कुराहरूले अरूलाई चुप गराउँछ र? के तपाईंले गिल्ला गर्दा कसैले तपाईंलाई नहप्काउनु र? तपाईंले परमेश्वरलाई भन्नुहुन्छ, ‘मेरो शिक्षा दोषरहित छ, र तपाईंको दृष्टिमा म शुद्ध छु।’
अय्यूब 11:2-4 पवित्र बाइबल (NERV)
“यी शब्दहरूको प्रवाहलाई उत्तर दिनुपर्छ। के यी कुराहरूले अय्यूबलाई ठीक गराउँछ? अँह। अय्यूब के तिमी सम्झन्छौ कि तिमीलाई जवाफ दिने हामीसँग शब्दहरू छैनन्? जब तिमी परमेश्वरलाई खिसी गर्छौ, तिमी सोच्छौ तिमीलाई चेतावनी दिने कोही छैन? अय्यूब तिमीले परमेश्वरलाई भन्छौ, ‘मेरो तर्कहरू यथार्थ छन् अनि तपाईंले मलाई चोखो देख्न सक्नु हुन्छ।’
अय्यूब 11:1-4 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
के कसैले यी सबै अनर्थका कुराको जवाफ नदिने? के धेरै कुरा गरेर मानिस ठीक साबित हुन्छ र? अय्यूब, के हामी तपाईंलाई जवाफ दिन सक्दैनौं? के तपाईंको हाँसोउठ्दो कुराले हाम्रो मुख थुन्छ र? तपाईं आफ्ना कुरा सत्य हुन् र म परमेश्वरको नजरमा पवित्र हुँ भनी भन्नुहुन्छ।