अय्यूब 1:9-10
अय्यूब 1:9-10 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
शैतानले परमप्रभुलाई यसो भनेर जवाफ दियो, “अय्यूबले त्यसै परमेश्वरको डर राखेका हुन् त?” के तिनलाई, तिनका घराना र तिनका सबै धन-सम्पत्तिलाई तपाईंले चारैतिरबाट बार हालेर रक्षा गर्नुभएको छैन? तिनका सबै काममा तपाईंले आशिष् दिनुभएको छ, अनि तिनका गाईबस्तुहरू देशभरि अनगन्ती बढ़ेका छन्।
अय्यूब 1:9-10 पवित्र बाइबल (NERV)
शैतानले जवाफ दियो, “निश्चय! तर परमेश्वरलाई आराधना गर्न अय्यूबसँग एक खास कारण छ। तपाईंले सधैँ उसको परिवार, उसलाई र उसँग भएका चीजहरूको रक्षा गर्नुहुन्छ। उसले गरेका सबै कार्यहरू तपाईंले सफल पार्नुहुन्छ। हो, ऊमाथि तपाईंको आशिष रहेको छ। उ यति सम्पन्न छ कि सारा मुलुकभरि उसको आफ्नै साँढे, ऊँट, र भेंडाका बथानहरू फैलिएका छन्।
अय्यूब 1:9-10 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
शैतानले जवाफ दियो, “के त्यसलाई खास लाभ नभए अय्यूबले तपाईंलाई पुज्दथ्यो र? सधैँ तपाईंले त्यसका जहान परिवार र धन-सम्पत्तिको रक्षा गर्नुभएको छ। त्यसका सबै काममा तपाईंले आशीर्वाद दिनुहुन्छ र सारा देश भरिने गरी त्यसलाई गाई-वस्तु दिनुभएको छ।