अय्यूब 1:8-9
अय्यूब 1:8-9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब परमप्रभुले शैतानलाई सोध्नुभयो, “के तैंले मेरो दास अय्यूबलाई याद गरिस्? परमेश्वरको डर राख्ने र दुष्ट कामबाट अलग रहने त्यो जस्तो निर्दोष र सोझो मानिस पृथ्वीमा अरू कोही छैन।” शैतानले परमप्रभुलाई यसो भनेर जवाफ दियो, “अय्यूबले त्यसै परमेश्वरको डर राखेका हुन् त?”
अय्यूब 1:8-9 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तब याहवेहले शैतानलाई सोध्नुभयो, “के तैँले मेरो सेवक इयोबलाई विचार गरिस्? पृथ्वीमा ऊजस्तो अरू कोही पनि छैन; निर्दोष र धर्मी मानिस, परमेश्वरको डर मान्ने र दुष्टतादेखि टाढा रहने अरू मानिस छँदैछैन।” शैतानले याहवेहलाई जवाफ दिएर भन्यो, “के इयोबले कुनै कारणविना नै परमेश्वरको डर राखेको हो र?
अय्यूब 1:8-9 पवित्र बाइबल (NERV)
तब परमप्रभुले शैतानलाई भन्नुभयो, “तैंले मेरो दास अय्यूबलाई देखिस्? यस पृथ्वीमा ऊ जस्तो कुनै मानिस छैन। अय्यूब एक असल र ईमान्दार मानिस छ। ऊ परमेश्वरको आराधना गर्छ र नराम्रा कामहरूदेखि सधैँ टाडो रहन्छन।” शैतानले जवाफ दियो, “निश्चय! तर परमेश्वरलाई आराधना गर्न अय्यूबसँग एक खास कारण छ।
अय्यूब 1:8-9 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
परमेश्वरले सोध्नुभयो, “के तैँले मेरो सेवक अय्यूबलाई देखिस्? पृथ्वीमा त्योजस्तो सोझो र असल मानिस कोही छैन। त्यसले मलाई पुज्दछ र खराब कामबाट होशियारसाथ जोगिएर बस्दछ।” शैतानले जवाफ दियो, “के त्यसलाई खास लाभ नभए अय्यूबले तपाईंलाई पुज्दथ्यो र?